सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०८३, बुधबार

पोखरा/इन्जिनियरिङतर्फ स्नातक तह अध्ययनका लागि विभिन्न विश्वविद्यालयले लिएका प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई पोखराको प्रतिभा माविले मंगलबार सम्मान गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान, पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्ट परिणाम ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गरिएको हो । कार्यक्रममा विद्यालयका निर्देशक राकेश जोशीले विद्यार्थीको यो सफलतामा सबैभन्दा बढी योगदान विद्यार्थीकै रहेको र त्यसमा अरुले साथ दिएको सुनाए । ‘विद्यार्थीको आफ्नै मेहनत बिना परिणाम राम्रो आउँदैन, विद्यार्थीकै मेहनतमा विद्यालय, शिक्षक र अभिभावकको पहल पनि थपिन्छ,’ जोशीले भने ।

प्रतिभाका प्राचार्य किरण सापकोटाले विद्यार्थीले आफ्नो मेहनत, समर्पण र दृढ संकल्पका कारण सफलता प्राप्त भएको जनाए । इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा अत्यन्तै प्रतिस्पर्धात्मक हुने र त्यसमा उत्कृष्ट स्थान हाँसिल गर्नु र छात्रवृत्ति प्राप्त गर्नु निकै ठूलो उपलब्धि रहेको उनले औंल्याए ।

प्रतिभाका ५२ विद्यार्थीले संस्थानको प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । तीमध्ये २२ जनाले छात्रवृत्ति पाउने भएका छन् । विद्यालय सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद पौडेलले पनि सबैको मेहनतको कारण यो सफलता हात परेको बताए । ‘बिना मेहनत सफलता हात पर्दैन । अध्ययनका क्रममा आइपर्ने सबैखालका चुनौतीलाई लिएर अघि बढ्नु पर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->