मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बलराम र सञ्जुको तीजगीत सार्वजनिक

बलराम र सञ्जुको तीजगीत सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८३, बिहिबार

पोखरा/नवोदित गायक बलराम खनाल र सञ्जु खनालले मौलिक तीजगीत सार्वजनिक गरेका छन् । हरितालिका तीजको अवसर पारी उनीहरुले दिदी–भाइको गन्थन भाग–२ बजारमा ल्याएका हुन् ।

गत वर्ष सार्वजनिक भएको भाग १ ले दर्शक स्रोताको मन जित्न सफल भएपछि भाग २ बजारमा ल्याईएको गायक बलरामले बताए । तीज पर्वका नाममा भड्किला गीत आइरहेकाबेला, ग्रामीण परिवेश र आफ्नै पाखा पखेरामा गाइने भाका र शब्दलाई टपक्क टिपेर प्रस्तुत गरिएको गायिका सञ्जुले जानकारी दिईन् ।

भंगरा महेश्वर समूहको प्रस्तुति रहेको गीतलाई मोति डिजिटलले बजारमा ल्याएको हो । गीतमा बलराम खनाल र सञ्जु खनालको स्वर छ भने म्युजिक भिडियोमा लक्ष्मी पौडेलको नृत्य समावेश छ ।
मौलिक भाकाको शब्द रचना बलरामले नै गरेका हुन् । गीतको भिडियोमा तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित एक्लेखेतका दृश्यहरु समावेश गरिएको छ । मोति डिजिटल युट्युब च्यानलमा सोमबार सार्वजनिक भएको गीत र भिडियोले राम्रै भ्युज पाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->