आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

गण्डकीमा ३ सय सहकारी निष्क्रिय, खारेज गर्नुपर्ने

पोखरा/गण्डकी प्रदेशमातहत सञ्चालित ३ सय १८ सहकारी निष्क्रिय (सम्पर्कमा नरहेका) रहेको पाइएको छ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले त्यस्तानिष्क्रिय सहकारीखारेजीगर्नुपर्ने जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५० निष्क्रिय सहकारी खारेज गर्ने लक्ष्य राखेको...

एमालेको प्रस्ट दृष्टिकोणः सर्वपक्षीय सरकार निर्माण

काठमाडौं / नेकपा एमालेले संसद् पुनःस्थापनापछि सर्वपक्षीय सरकार बनाउने प्रस्ट सन्देश दिएको छ। जेनजी आन्दोलनको तीन महिनापछि शनिबार काठमाडौंमा सभा गरेर एमालेले संसद् पुनःस्थापान, पुनःस्थापित संसद्बाट संविधान संशोधन, संविधानको रक्षाका लागि सर्वपक्षीय सरकार निर्माणको...

बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द

म्याग्दी/सदरमुकामस्थित बेनी प्रादेशिक अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ नहुदाँ शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जिल्लाको एक मात्रै सरकारी अस्पतालमा कार्यरत चिकित्सकले कात्तिक महिनामा राजिनामा दिएर गएपछि प्रसुती सेवा लिन बागलुङ...

महाधिवेशनसम्बन्धी निर्णय नगरी सकियो कांग्रेस बैठक

काठमाडौं / नेपाली कांग्रेसको लामो समयसम्म अनिर्णीत बनेको केन्द्रीय समितिको बैठक महाधिवेशन सम्बन्धी निर्णय नगरी सकिएको छ । सानेपामा शनिबार सकिएको बैठकले महाधिवेशन सम्बन्धमा कुनै निर्णय गरेन । बैठकपछि महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन...

सुधन गुरुङले मेरो घरमा पुगेर धम्क्याए – एमाले नेता श्रेष्ठ

काठमाडौं / नेकपा (एमाले)का नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले आफ्नो घरमा प्रवेश गरेर धम्क्याएको आरोप लगाएका छन् । शनिबार (मंसिर ६) बिहान करिब ११ बजे ‘जेनजी’को नेता...

एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत संकलन

पोखरा/एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु,...

कालाञ्जर–हम्पालमा ताल निर्माणका लागि स्थलगत निरीक्षण

पर्वत/गण्डकी प्रदेशको उच्च हिमाली भू–भागमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको कालाञ्जर–हम्पाल क्षेत्रमा ताल निर्माणका स्थलगत निरीक्षण गरिएको छ । तालको निर्माणको अवस्थाका बारेमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी उद्देश्यले स्थलगत निरीक्षण गरिएको हो । जलजला...

निर्वाचन घोषणापछि थपिए ८ लाख ३७ हजार नयाँ मतदाता

काठमाडौं / निर्वाचन घोषणा भएपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे ८ लाख मतदाता थपिएका हुन् ।...

बंगलादेश भूकम्पः ज्यान गुमाउनेको संख्या १० पुग्यो

काठमाडौं / बंगलादेशमा शुक्रबार बिहान १० बजेर ३८ मिनेट (स्थानीय समय) जाँदा नरसिंदी नजिकै केन्द्रबिन्दु भएर गएको ५.७ म्याग्निच्युडको भूकम्पले ठूलो क्षति पुर्‍याएको छ। राजधानी ढाकासहित देशका विभिन्न भागमा भवन हल्लिएका र केही स्थानमा...

पत्रकारलाई दुर्व्यवहार गर्नेमाथि कारवाहीको माग

पोखरा/पोखरामा समाचार संकलनको क्रममा पत्रकार माथि भएको दुर्व्यवहार गर्ने मेन पावर कम्पनीका सञ्चालकसहित घटनामा संलग्नलाई कारवाहि गर्न माग गरिएको छ । पत्रकार सम्बद्ध विभिन्न संगठनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाउँदै दोषी उपर...

-->