आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मालपोत कार्यालय लेखनाथबाट ५ विचौलिया पक्राउ

पोखरा / लेखनाथस्थित मालपोत कार्यालयमा आअएका सर्वसाधारण सेवाग्राहीलाई हैरानी दिएको आरोपमा प्रहरीले आइतबार ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कार्यालय...

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा/ हावाहुरीका कारण फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । आइतबार दिउँसो फेवातालको बीच भागमा अलपत्र परेका ती व्यक्तिहरुलाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो । अचानक आएको हावाहुरीका...

फिस्टेल युनिभर्सिटी फेयर २०२६ सम्पन्न

पोखरा/ पोखराको तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी स्कुलले ‘फिस्टेल युनिभर्सिटी फेयर २०२६’ सम्पन्न गरेको छ । शनिवार विद्यालयमा आयोजना भएको कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूले उच्च शिक्षा अध्ययनका लागि एकै ठाउँबाट विविध जानकारी प्राप्त गरे...

छोरेपाटन माविमा विद्यार्थीको शुभकामना सहित बिदाइ

पोखरा / पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीलाई शुभकामना सहित विदाइ गरिएको छ । विद्यालयको संयोजन तथा कक्षा ११ व्यवस्थापन, शिक्षा तथा सामाजिक समूहका विद्यार्थीको आयोजनामा शनिबार एक कार्यक्रमका बीच...

फेवा महोत्सवलाई संघसंस्थाको साथ

पोखरा/ यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारमा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सव २०८३ लाई सफल पार्न विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् । महोत्सवको आयोजक संस्था होटल संघ पोखरा...

नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक

पोखरा/ नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज...

फेवाताल किनारका पीडित जग्गाधनीहरू आन्दोलित, संघ सरकारलाई पठाए ज्ञापनपत्र

पोखरा/ फेवाताल मापदण्ड कार्यान्वयन अन्तर्गत शनिबार डोजर चर्लाएर अवैध संरचना भत्काइएपछि पीडित जग्गाधनीहरू आन्दोलित भएका छन् । उनीहरूले आइतबार गैरी चौतारादेखि जिल्ला प्रशासन कार्यालयसम्म शान्ति र्‍याली गर्दै लालपुर्जा भएका जग्गाको मुआब्जा माग गरे...

१२ वर्षदेखि अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

तनहुँ/ १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गरेर सो निर्देशन दिएको हो । घुमाउने...

मिडिया मेलाको सन्देश : रूपान्तरण र विश्वसनीयतामा जोड

पोखरा/१० बुँदे घोषणा पत्र सार्वजानिक गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा बागलुङ मिडिया मेला–२०८२ सम्पन्न भएको छ । बदलिँदो प्रविधि र सामाजिक परिवेशअनुसार पत्रकारितालाई रूपान्तरण गर्दै गुणस्तरीय र विश्वसनीय सामग्री उत्पादनमा जोड दिनुपर्ने...

दिवा सेवा कार्यक्रम चलाउन पितृ सप्ताह शुरु

बागलुङ/जेष्ठ नागरिक र असक्तहरुको लागि दिवा सेवा कार्यक्रम संचालन गर्ने उदेश्यले बागलुङमा श्रीमद भागवत महापुराण पितृ सप्ताह सुरु भएको छ । बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा सामुदायिक सेवा केन्द्रद्वारा आयोजित पितृ सप्ताहको शुभारम्भ गर्दै स्वामी कमलनयनाचार्यले...

-->