बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भोलि राष्ट्रिय शोकको घोषणा, सार्वजनिक बिदा दिने निर्णय

भोलि राष्ट्रिय शोकको घोषणा, सार्वजनिक बिदा दिने निर्णय


  • Dhorpatan News
  • फाल्गुन १५ २०७५, बुधबार

पोखरा, १५ फागुन – सरकारले बिहीबार एक दिनलाई राष्ट्रिय शोकको घोषणा गरेको छ । ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । मन्तिपरिषद् बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ। निर्णयअनुसार स्वदेशका सरकारी एवं सार्वजनिक कार्यालयहरु, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइने छ। मन्त्रि अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय गरिएको छ। उक्त अकल्पनीय, अप्रत्यासित र दु:खद घटनाबाट राष्ट्रलाई अपुरणय क्षति पुगेको ठहर गरिएको छ । यस घडीमा गहिरो दु:ख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै सरकारले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गर्दछ, मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->