सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

सातैजनाको शव काठमाडौं ल्याइयो, टिचिङमा पोष्टमार्टम हुँदै

सातैजनाको शव काठमाडौं ल्याइयो, टिचिङमा पोष्टमार्टम हुँदै


  • Dhorpatan News
  • फाल्गुन १६ २०७५, बिहिबार

काठमाडौं, १६ फागुन – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको क्रममा निधन भएका सातैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंका ल्याइएको छ। पर्यटन मन्त्री रविन्द्र अधिकारीसहितको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको हो। खराब मौसमका कारण ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा बिहानैदेखि उचित मौसमको पर्खाइमा रहेको सेनाको टोली काठमाडौंका लागि केही बेरअघि मात्रै प्रस्थान गरेको थियो। बुधबार भएको दुर्घटनास्थलबाट बिहीबार बिहान मात्रै सबै शव ल्याएर बिहानैदेखि विमानस्थलमा राखिएको थियो। शव बाेकेकाे सेनाकाे हेलिकप्टर बिहीबार बिहानै काठमाडाैंका लागि उड्ने तयारीमा रहे पनि बाक्लाे हिमपातका कारण अहिले बल्ल काठमाडाैं प्रस्थान गरेकाे थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->