काठमाडौं ,२४ चैत – नेपालमा डिप्रेशन हुनेको संख्या बढ्दै गएको छ । विभिन्न तनावले डिप्रेशन हुनेगर्छ । त्यहीकारणले डिप्रेशन हुनेहरुको संख्या बढ्दै गएको हो ।
मुलुकमा डिप्रेशन भएकाहरु ८ लाख ९० हजार जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले आइतबार सार्वजनिक गरेको तथ्यांकमा डिप्रेशन हुनेहरुको संख्या बढ्दै गएको देखाएको छ ।
संगठनको अनुसार विश्वमा ३० करोड भन्दा बढीलाई डिप्रेशनको समस्या छ । गरिबी बेरोजगारी र अन्य विभिन्न कारणले डिप्रेशन बढ्दै भएको संगठनले उल्लेख गरेको छ ।





