बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा विहानैदेखि हावाहुरीसँगै भिषण वर्षा

नवलपुरमा विहानैदेखि हावाहुरीसँगै भिषण वर्षा


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७६, शुक्रबार

कावासोती , बैशाख २० -नवलपुरमा  शुक्रबार विहानैदेखि हावाहुरीसँगै पानी परेकाे छ। बिहान करिब ८ बजे देखि कावासोती सहित नवलपुर,चितवन  जिल्लाको सबै क्षेत्रमा हावा हुरी सहित  पानी परेको छ ।

 

बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नवलपुरको कावासोती सहित नेपालको धेरै जस्तो क्षेत्रमा पनि देखिन थालेको छ । यसकै प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

हावा हुरीले गर्दा नवलपुर क्षेत्रका सम्पूर्ण विधालयको पठनपाठनमा समेत प्रभाव परेको छ ।सम्पूर्ण विधालयले जोखिम न्यूनीकरण कालागि आज एक दिन बिधालय बन्द गर्नु पर्ने अवस्था आएको  जिल्ला शिक्षा समन्व समिति नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->