बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रक्षाबन्धनको आध्यात्मिक र बैज्ञानिक दृष्टिकोण

रक्षाबन्धनको आध्यात्मिक र बैज्ञानिक दृष्टिकोण


  • सीताराम थापा 
  • साउन ३० २०७६, बिहिबार

आज जनैपुर्णिमा अर्थात  रक्षाबन्धन पर्ब हो । चाड पर्वहरुको सम्वन्ध कुनै न कुनै रुपमा परिवार, समाज, राष्ट्र  मानबतासँग  अन्तर सम्बन्धित हुन्छन । यस अर्थमा पनि यो  संस्कृतिले जतिसुकै राजनितिक रुपान्तरण भएपनि समाजले  निरन्तरता दिन्छ। अनन्त किसिमले अथाहा उत्सवका रुपमा मनाइने गरेका यस्ता चाड पर्वहरुमा मानिसको जीबन संस्कृति  अनेक प्रेरक प्रसंगहरु पनि गाँसिएको हुन्छन। अहिले मनाइएको रक्षा बन्धन, राखी, यज्ञोपवित धारण गर्ने , श्रावणी पूर्णिमा त्यसैले निकै महत्वपूर्ण मानिएको छ । यसलाई ऋषि तर्पणी पूर्णिमा भन्ने गरिएको अध्ययनहरुमा देखिन्छ। यसैले बर्तमान यूवा पुस्ताकोलागि यस वारे थाहा पाउनु निकै आवश्यक छ ।

के हो रक्षा बन्धन र जनैपुर्णिमा: 

सामान्यतया: दाजुभाई दिदी बहिनिकाे नता लाई जाेड्न जुन तीनवटा धागोका डोराका बन्धनलाई रक्षा बन्धन भनिन्छ । दाजुभाइको दाहिने पाखुरामा दिदी बहिनीले बाँधिदिने गर्दछन् । ती तीनवटा डोराको अर्थ: आत्मरक्षा, राष्ट्र रक्षा, समग्र मानबाताको रक्षाको निम्ति एउटा  संकल्प गर्ने कुरा निहपत भएर  गांसिएको अध्ययनले बताउछ।   परम्परागत पाैराणिक संस्कृति अनुसार यो पूरोहित समुदायको तिहार हो । यसले रक्षा बन्धलाई पनि समाजलाई सहि दिसानिरेदेश गरेर।समाजिक अस्थित्व लाई निरन्तरता दिएको छ।  दाजु भाइ र दिदी बहिनि, फूपू, ज्वाईको  स्नेह र पबित्र  सम्बन्ध लाई पुजिबादमन समेत निरन्तरता दिई सामाजिक सद्वभाबमा याेगदान गरेको छ।  अनेकानेक पौराणिक पक्ष्यहरु पनि यस पर्व संग जोडिएका छन। यधपि सबैभन्दा बढी घनिष्ठता पारिवारिक तथा सामाजिक मान्यताहरुसँग रहेको गांसिएको विश्लेषण गर्न सकिन्छ। यी मूल्य मान्यतामा मानबिय समबन्ध र प्रेम, आपसि सदाशयता, र शुभ संकल्प जस्ता महत्वपूर्ण पक्ष्य अन्तर समबनणभित छन। यसको रक्षार्थ सदियौ  बर्षदेख एउटा समाजिक सँस्कृति कायम राखिएको छ । धार्मिक अंध बिस्वासकाे जग भनेर जति बिरोध गरेता पनि  पौराणिक काल भन्दा आजको पुजिबादमा यसको महत्व बृद्वि हुने समाज बिज्ञानको नियम रहेछ ।    यसले जसरी  पारिबारिक सामाजिक रक्षा र नाताको  जडसुत्रको  निरन्तरता मात्र हुनुहुदैन।  त्यसै गरि राज्यले नागरिकहरुको रक्षा  गर्ने बचनबद्धता जाहेर गर्ने रुपमा लिईनु पर्ने पौराणिक र आधुनिक  तथा बैज्ञानिक पक्ष्य उतिकै महतणव रुवमा छन। बिश्वब्यापि रुपमा देशको स्वाधीनता, राष्ट्रियता, सार्वभौमिक अखण्डता र जन अधिकारको रक्षा गर्ने किसिमले अर्थयाउने गरिएको छ। नेपालको  सन्धर्मा प्रतिबद्वताको अवसरको रुपमा यसलाई ग्रहण गर्नु  उपयोगी हुने संस्लेषण गर्न सकिन्छ । नेपालमा पनि देश र जनताका लागि  अधिकारहरुको  रक्षा र त्यसको समृद्धिको लागि प्रतिबद्वता गर्नु  वास्तवमा आज यो पर्व मनाएको सार्थकता हुन्छ ।

तसर्थ जनैमा ब्रह्मा, विष्णु र महेश तीनै देवता एवम् गायत्रीमाताको निवास रहन्छ भन्ने शास्त्रीय मान्यता छ । जनैको महत्त्व वेद, उपनिषद्,स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ । ऋग्वेदको मन्त्रलाई शौर्य, बल, बुद्धि र समृद्धि प्राप्तिका लागि जनै लगाऊने स्विकारेक्ति छ । ऋग्वेदले  मानिस लाई सत्कर्मको प्रेरणा, शुद्ध चरित्र, अनुशासन, निष्ठा, कठिन कर्तव्यपालनका लागि महत्व दिएकाे छ।

सदा प्रसन्नता र उच्च मनोवल प्राप्त गर्न सधैं जनै लगाउनुपर्छ भन्ने वेदवाक्यले व्याख्या गरेकाे छ। सदा सत्य बोल्ने प्रेरणा प्राप्तिका लागि पनि जनै लगाउनु पर्ने वेदले  मनो वैज्ञानिक कोणबाट प्रमाणित गरेकाे छ । जो सधै जनै धारण गर्छ, जो सधैं सत्यनिष्ठामा रहन्छ, उसको मनोविज्ञान सधैं उँचो रहने मान्यता र महत्व रहेकाे छ। यसैले रक्षा बन्धन र जनै पुरणिमा लाई पनैराणिक, बैज्ञानिक, समय सापेक्ष र समृद्व नेपाल बनाउन बहस सृजना गरि नया पुस्ता लाई शिक्षित दिक्षित गर्ने दायित्व हामी सबैको हो  ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->