बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा दुई जना डेंगुका विरामी 

म्याग्दीमा दुई जना डेंगुका विरामी 


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०७६, शुक्रबार

म्याग्दी, २० भदौ – हिमाली जिल्ला म्याग्दीमा पनि दुई जना डेंगुरोग लागेका विरामी भेटिएका छन् । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना बिरामीहरुमा डेंगुरोग भेटिएको बेनी अस्पताल म्याग्दीले जनाएको छ ।

अहिले डेंगु रोगको संक्रमण भएका ती बिरामीहरुको उपचार भैरहेको बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले बताऐ । डा. घिमिरेका अनुसार डेंगु पहिचान भएका बिरामीहरु पोखरा बसेर आएको हुँदा डेंगु रोगको संक्रमण देखिएको हुन सक्ने अनुमान गरिएको छ ।

एडिज एजिप्टाई नामक लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगुरोग सार्ने काम गर्दछ । दिउँसोको समयमा सक्रिय हुने यो लामखुट्टे सफा पानी जमेको ठाउँमा बस्ने र फुल पार्ने गर्दछ । भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार भने छैन ।
छिमेकी जिल्ला पर्वत र बागलुङमा डेंगु रोगका बिरामीहरु भेटिएपछि म्याग्दीमा उच्च सतर्कता अपनाइएको छ । पछिल्लो समय देशका विभिन्न जिल्लाहरुमा डेंगुका संक्रमित बिरामीहरु दिनहुँजसो भेटिन थालेपछि म्याग्दी जिल्लामा पनि सचेतना अभियान चलाइएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको सरोकारवाला निकायको वैठकले डेंगुरोग विरुद्धमा सचेतनामूलक अभियानसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सदरमुकाम बेनीमा बेनी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय म्याग्दीको संयुक्त आयोजनामा डेंगुरोग विरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको थियो ।
डेंगु रोगबाट बच्न म्याग्दीको बेनीमा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको चोकदेखि सचेतनामूलक ¥यालीसहित कालीपुल बसपार्क क्षेत्रमा सञ्चालित ग्यारेज र बसपार्क क्षेत्रको सरसफाई गरिएको थियो ।
बेनी बजारवासीहरुलाई डेंगुबाट बच्नका लागि उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोधका साथै पानी जम्ने गरी खुल्ला ठाउँमा राखिएका टायरहरु हटाउन सुझाव दिइएको छ । सडक र आसपासका ठाउँमा फालिएका फोहोरहरु सङ्कलन गरी नष्ट गरिएको थियो ।
छिमेकी जिल्ला पर्वत र बागलुङमा डेंगु रोगका बिरामीहरु भेटिएपछि म्याग्दीमा उच्च सतर्कता अपनाउँदा अपनाउँदै डेंगुरोग लागेका बिरामीहरु भेटिएपछि चुनौती थपिएको छ । पछिल्लो समय देशका विभिन्न जिल्लाहरुमा डेंगुका संक्रमित बिरामीहरु दिनहुँजसो भेटिन थालेपछि म्याग्दी जिल्लामा सचेतना अभियान चलाइएको थियो । तर, अभियान चल्दै गर्दा डेंगुरोग लागेका बिरामीको पहिचान भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->