बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहूँ र गोरखामा प्रकृति मानव अभियान गठन

तनहूँ र गोरखामा प्रकृति मानव अभियान गठन


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७६, शुक्रबार

पोखरा, २७ भदौ – प्रकृति मानव केन्द्रित जनअभियानले संगठन विस्तार अगाडि बढाएको जनाएको छ । विभिन्न जिल्लामा कार्यसमिति गठन गर्ने क्रममा गण्डकी प्रदेशका तनहूँ र गोर्खामा संस्थाको नयाँ तर्दथ समिति गठन भएका छन् ।
तनहूँको पूरानो व्यापारिक केन्द्र विमलनगरमा हालै सम्पन्न एक भेलाले प्रेम दरैको अध्यक्षतामाा एघार सदस्यीय जिल्ला सम्मेलन तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सीता थापा, सचिवमा दल बहादुर पुन, सहसचिवमा सीता गुरुङ, कोषाध्यक्षमा सुभद्रा श्रेष्ठ चयन भएका छन् । त्यसैगरी तदर्थ समितिको सदस्यहरुमा नर बहादुर पुन, डिल कुमारी पुन, लिल गुरुङ, अमर शाही, बासना कुमारी थापा चयन भएका छन् । भेलाको उद्दघाटन गर्दै बन्दीपुर गाउँ पालिकाका अध्यक्ष पूर्ण सिंह थापाले आफ्ना भान्छा कोठाबाट नै अग्र्यानिक खाना पकाएर अभियानमा सरिक हुनु पर्ने बताएका थिए । बिषादी खानाले गर्दा नै मानवमा नकारात्मक प्रवृति हाबी भएको भन्दै अध्यक्ष थापाले चिन्ता समेत प्रकट गरेका थिए । सो भेलालाई संस्थाका निवर्तमान महासचिव शिवराज आचार्यले सहजीकरण गरेका थिए । भेलालाई सोही संस्थाका कास्की अध्यक्ष एवम् केन्द्रीय कला, संस्कृति विभाग प्रमुख तिलक पुन, पुन मगर समाजका केन्द्रीय सदस्य दल बहादुर पुन, होम स्टे महासंघकी केन्द्रीय उपाध्यक्ष दिलमाया राना लगायतले सम्बोधन गरेका थिए । संस्थाका निर्वतमान केन्द्रीय अध्यक्ष सन्त बहादुर घिसिङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बबिता थापा र स्वागत सीता थापाले गरेका थिए ।
त्यसैगरी जनअभियानको गोर्खामा सम्पन्न जिल्ला भेलाले प्रेम ध्वज थापा मगरको संयोजकत्वमा सात सदस्यीय जिल्ला सम्मेलन संयोजन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा नारायणकाजी थापा, सुनीता थापा, रबिता बराम, गोपाल गुरुङ, राजेस श्रेष्ठ, एम बहादुर बसेल छन् । गोर्खाको जिल्ला भेलालाई संस्थाका पूर्वकेन्द्रीय अध्यक्ष उत्तम कंडेल, निवर्तमान महासचिब शिवराज आचार्य, केन्द्रीय कला संस्कृति विभाग प्रमुख तथा कास्की अध्यक्ष तिलक पुन समेतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->