बाल दिवस सन् १९५० देखि जुन १ लाई बाल संरक्षण अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन थालियो । सन् १९५० देखि जुन १ लाई बाल संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन थालियो । राष्ट्रसंघ १९५९ को नोभेम्बर २० का दिन संयुक्त राष्ट्रसंघको महासभाले बाल अधिकारको घोषणा गरेको थियो। विश्वभर बालबालिकाको हितका खातिर अन्तर्राष्ट्रि बाल दिवस मनाउने गरिँदै आएको छ । नेपालमा वि.संं २०२१ देखि २०६२ सम्म राष्ट्रिय बाल दिवस भाद्र ४ गते अर्थात् तत्कालीन रानी रत्नको जन्मदिन अर्थात् नेपाल बाल संगठनको स्थापना भएको दिनमा मनाउने काम भयो । रानीले नै बाल संगठन स्थापना गरेकी थिइन। नेपालमा राजतन्त्रकोे देवसान पछि सन २०६३ बाट भदौ २९ गते मनाउन थालिएको हो। संघिय लोकतान्त्रिक गणतन्त्र आएको यस बर्ष मुल नारा, सुनिश्चित बाल अधिकार, समृद्व नेपालको आधार राष्ट्रले तय गर्यो। नेपालको राष्ट्रिय दिवस बाल अधिकारको लागि बाल दिवस नेपालमा रानीबाट मनाउन थालेको ४२ बर्ष भएछ। ४२ बर्षमा कति खर्च भयो र यहि दिवसको कारण कति बाल अधिकार र शिक्षा प्राप्त गरे भन्ने एकिन विश्लेषण कुनै शिक्षाबिदबाट भएको पाईएको छैन। दुई दशक अधिकारमुखि बिकास अभियानमा ग्रामिण भेगमा शिक्षा सवालमा कार्य अनुभबमा कर्मकाण्डको लागि मनाउदै आएको यस दिवसले अधिकारको लागि खासै ठुलो उपलब्धि नभएपनि प्रभावित भने बनाएको छ। बाल अधिकार दिवस मुलत बालबालिकाको अधिकारको लागि मनाउने दिवस हो।
बाल अधिकार बिश्वब्यापि महासन्धिमा मुख्यत बाल बचाउ गर्ने अधिकार, बांच्न पाउने अधिकार, बाल बिकास गर्ने अधिकार र बाल सहभागिताको अधिकार बिश्वब्यापी रुपमा प्रत्याभुत गरेको छ। उल्लेखित अधिकार भित्र सबै अधिकार बृहतर रुपमा व्याख्या गरि परिभाषित गरेको छ। यस अभिसन्धिमा हस्ताक्षर गरि नेपाल सरकारले समयमै अनुमोदित गरेको छ। यसलाई मुल आधार बनाएर नीति, रणनिति, र तदनरुप योजना बनाई क्रियान्वयन गर्ने उदघोष नेपालले गरेको थियो। यसै अनुरुप संयुक्त राष्ट्र संघ जेनेभामा प्रतिबेदन पनि सरकारले पठाउदा उल्ख्य प्रगति भयको तथ्य दिएको छ। तर नागरिक समाजबाट छांया प्रतिबेदनमा भने महासन्धि अनुरुप प्रभाबकारी काम गर्न कमजोर रहेको र अझै उपलब्धि हांसिल गर्न बाल अधिकारको क्षेत्रमा कार्य गर्न आवश्यक रहेको प्रतिबेदनमा उल्लेख छ। यसो त सरकारले पनि बाल अधिकारको अभिसन्धि अनुरुप सबै काम भैसकेको स्विकारोक्ति पनि गरेको छैन। यधपि, परम्परा बाल अधिकारको उदेश्य अनुरुप प्रभावकारी काम गर्न नेपाल कमजोर रहेको अधिकारकर्मि, शिक्षाबिदहरु बताउछन। यसैले सरकारले शिक्षा,स्वास्थ्य क्षेत्रमा नयाँ नीति नियम ल्याउन तयारी गरिरहेको छ। बालअधिकार र समृद्विको नारा अनुरुप बाल अधिकार दिवस व्यापक र प्रभाबकारीता बनाउन सरकारको ध्यानाकर्षण हुनु पर्ने देखिन्छ। रानीको ईतिहासमा सिमित बाल अधिकार नारामा मात्र कैद हुदाँ उनीहरुको वास्तविक अधिकार स्थापित गर्न राजतन्त्र ढलायर जनताको लोकतन्त्रिक गण राज्य स्थापना भयो।

बाल अधिकारको लागि नयाँ संवैधानिक हक स्थापित भएको छ । जसरी संविधान दिवसको लागि सरकारले तयारी गरि धुमधामले मनाउन खोजिरहेको छ । त्यसैगरी बाल दिवस तीन तहको सरकार,गैसस, बिधालय, सरोकारवाला निकायलाई परिचालन गरि आगामी बर्षहरुमा दिवस मनाईनु राम्रो हुनेछ। दिवसको दिन मात्र नभएर बाल अधिकारको सिद्वान्त अनुरुप मापनिय योजना बनाई बर्षै भरि क्रियान्वयन गरेमा बाल अधिकारले नेपालमा नयाँ आयाम दिन सक्नेछ। यस बर्ष बाल अधिकार दिवसको दिन अध्ययन गर्दा सरकारी, गैसस र अन्तराष्ट्रिय निकायको योजना र तयारी खासै प्रभावकारी देखिएन। बाल दिवसको दिन संचार माध्याममा उल्लेखनिय संचार प्रवाह र लेखन समिक्षाले ब्यापकता पाएन। शिक्षा क्षेत्रका डा. सदानन्द कंडेल लगायतको एकाध लेख बाहेक यो सवालको बहषमा नागरिक समाज र बिज्ञको भुमिका पनि कमजोरी देखियो। उसो त शिक्षाबिद, प्राध्यापक क्षेत्रमा ठुलै पङ्ति भनेर आफुलाई देखाउन र पहिचानको खातिर लामबद्व हुन्छन। किनकि बाल अधिकार भन्ने बितिकै शिक्षा क्षेत्र अग्रपङ्तिमा आउछ । स्वास्थ्य क्षेत्रमा पनि बाल मनोबिद, स्वास्थ्य संस्थाहरुले बाल स्वास्थ्यको बारेमा सार्वजनिक बहस बाहिर ल्याएर गरिनु पर्छ। स्थानिय तहमा पनि तथ्य सुचि र अवस्था संप्रेषण गर्नु आवश्यक छ। किनकी स्थानिय तहमा बिज्ञता र सुचनाको कमिको ग्याभलाई यहि दिवसमा पूरा गर्ने संकल्प हुनु पर्दछ। यसो भयमा स्थानिय तहले बाल अधिकारलाई संबोधन गर्न झक्झक्याउने छ। बाल दिवसको दिन राष्ट्रिय र केही स्थानिय, बिधालय स्तरमा केही सृजनात्मक र औपचारिक कार्यक्रम भए। धेरै बिधालयमा चकलेट बांडेर टीका लगाईदिनेमा सिमित भए। शिक्षा दिवसकै दिन बागलुङ बजारमा २ जना बालवालिका ठेलगाढा लियर बजार चाहरेको भेटियो । करीब १६र१७ बर्षका यी श्रमिक देख्दा अझै बालश्रमको अन्त्य नभएको पुष्टि गर्दछ। लोकतन्त्रको आलोकमा यस्तो अवशेषहरुलाई सम्बोधन गर्ने राज्यको संकल्पमा तदम्यता बढोत्तरी खांँचो भएको महशुस भयो। दुई दशक सामाजिक अभियान्ता भयर निरन्तर काम गरिरहंदा सबै भन्दा बढी बालश्रम र शिक्षा क्षेत्रमा बढी लगानि बिदेसबाट समेत भएको तथ्य हामी सामु छ। यसो त सरकार र बिदेसी सहयोगमा बाल अधिकारमा काम गर्दा आज बावालिकाको हरेक क्षेत्रमा रुपान्तरणको फड्को नै मारेको तथ्य पनि हामी सामु छ। यसको लागि सरकार मात्र नभएर लामो समय स्थानिय गैसस र समाजसेवि संस्थाहरुको देन उल्लेखनिय थियो। बालश्रमको सट्टा बालबालिका बिधालयमा भित्र पठाउने संस्कृतिकै रुपमा बिकास गरेको नेपालको प्रतिबेदनमा उल्लेख छ। यधपि, समृद्वि नेपाल निर्माण गर्ने महान यात्राका लागि बाल अधिकार अन्तरनिहित छ। विश्व स्वास्थ्य संगठनका अनुसार २०१७ मा मात्र ५४ लाख पाँच वर्षमुनिका बालबालिका मृत्यु भएको छ। २०१५ मा दैनिक ८३० जना महिलाहरूले गर्भावस्थाको जटिलता र बच्चा जन्माउदा ज्यान गुमाएका थिए । सन २०१७ मा ६ करोड ४० लाख प्राथमिक विद्यालय जाने उमेरका बालबालिका शिक्षाको अधिकारबाट बन्चित भएका छन। यसैले बाल अधिकार र समृद्विको परिकल्पना साकार पार्न बाल अधिकार दिवसमा यस्ता तथ्य समीक्षा गर्ने परिपाटिको बिकास गर्नु आवशयक छ। बालवलिकाको सामाजिक, शैक्षिक, मनोेबैैज्ञानिक, संबेगात्मक र स्वास्थ्यको बिकासको लागि आगामी बर्षहरुमा वास्तविक र ब्यवहारिक रुपमा योजनाबद्व रणनिति बनाई दिवसलाई सार्थक तुल्याउनु सार्थक हुनेछ। यसले बाल अधिकार सुनिश्चित र समृद्विको दिशालाई सहि गन्तब्यमा लैजान सहयोगी बन्ने र समृद्विको परिकल्पना साकार पार्ने छ।




