दिन प्रतिदिन असामान्य रूपमा गर्मी घटिरहेको छभने जाडो भने झन्झन् बढिरहेको छ । वातावरण प्रतिकुल मानबिय ब्यबहार अनि बिकास कार्यायोजना, अब्यबस्थित शहरीकरण जस्ता बिबिध कारणले गर्दा वायु प्रदुषण, भुमी प्रदुषण, खाद्य प्रदुशण, जल प्रदुषण जस्ता कारणले गर्दा मानब स्वास्थ्यमा अनेकौं समस्या देखा परिरहेका छन् । त्यस्तै अनेकौं समस्यामध्ये जाडोमा बालक, बृद्वा लगायत वयस्क र युवा युवतीहरूमा पनि छिटो र सजिलै फैलिने समस्याको ‘रूघाखोकी’ जस्को सानो असावधानीले हप्तौँसम्म समस्य बन्न सक्छ । जसलाई समयमै नियन्त्रण नगरे इन्फेक्सन भएर पिनास (Sinusitis) भई जिवनभर सताउन सक्छ ।
१. रुघाखोकी भनेको के हो ?
नाक बन्द हुने, बारम्बार सिगान आउने, नाक–आँखा चिलाउने, हाँच्छ्यु आउने, खोकी लाग्ने, घाँटी खस–खस हुने, कान दुख्ने, टाउको दुख्ने, शरीर गल्ने आदि लक्षणहरु भएको खण्डमा सामान्य बोलीचालीको भाषामा रुघाखोकी भनिन्छ । यी लक्षणहरु धेरै कारणले हुन सक्छन । जस्तैः common cold (virus), flu (virus), allergy (allergic rhinitis), sinusitis (पिनास), bronchitis, vasomotor rhinitis आदि । यहाँ तीन मुख्य कारक तत्वले दिने लक्षणहरुको भिन्नता छुट्याउने प्रयास गर्नेछु ।
‘रुघा’ (allergy) (Allergic Rhinitis) : हाँच्छ्यु (एक चोटीमा लगातार ३ देखि ७ पटकसम्म आउने), सिगान (पानी जस्तै पातलो बगीरहने निरन्तर, जत्तिखेर पनि), नाक बन्द (प्राय हुन्छ), ज्वरो (आउंदैन, आयोभने १००.४ कट्दैन), खोकी (प्रायः लाग्दैन, लाग्यो भने त्यति समस्याको रुप लिदैन), घांटी दुख्ने र निल्न गाह्रो (प्राय हुँदैन), नाक–आँखा चिलाउने (प्रायः हुने गर्छ, बिशेषगरी नाक वरिपरी र भित्री भाग औधी चिलाउँछ) अबधि (२ हप्ताभन्दा लामो समय, फेरी बारम्बार भैरहने वा प्रत्येक साल एकै खाले मौसममा भै छाड्ने) ।
‘रुघा’ (common cold virus) : हाँच्छ्यु (एक चोटीमा १–२ पटक) सिगान (हल्का बाक्लो, सामान्य दिनमा भन्दा अलि धेरै बग्ने), नाक बन्द (प्रायः हुन्छ), ज्वरो (१००.४ कट्दैन), खोकी (प्रायः लाग्छ), घांटी दुख्ने र निल्न गाह्रो भएको जस्तो हुने (सम्भावना धेरै हुन्छ), नाक–आँखा चिलाउने (प्राय हुँदैन, भयोभने निरन्तर चिलाउने हुँदैन), अबधि (२ हप्ताभन्दा कम समय, अर्को ५–६ महिना वा एक सालसम्म कुनै रुघा लाग्दैन)
‘रुघा’ (flu virus) : ‘रुघा’ (common cold virus) मा हुने सबै लक्षणहरुः ज्वरो (१००.४ कटेर १०४ सम्म सजिलै पुग्ने), थकान (उठ्नै नसक्ने, पहिले सजिलै उचाल्न सक्ने ७ केजी जत्तिको सामान अब उचाल्न नसक्ने अवस्था हुने, थला परेर बस्ने), यसबाट बालबच्चा, बुढाबुढी र दिर्घरोगीहरुको ज्यानै पनि जान सक्छ ।
२. ‘रुघा’ (common cold), ‘रुघा’ (flu) र ‘रुघा’ (allergy) कसरी लाग्छ ?
Allergy चाही बोट–बिरुवामा फूल फुल्ने बेलामा निस्कने pollen, कुनै बिरुवा वा झारबाट निस्कने भुँवा, जीव जनवारका (कुकुर, बिरालो, गाई, भैंसी आदिका) रौँ वा चायाँ वा मलमुत्र, घरमा हुने साङ््ला, मुसा लगाएत अन्य स–साना जीवका मलमुत्र, धुँवा–धूलाका मसिना कण, सिरक–डसनामा वा पुराना किताबमा आँखाले देख्न गाह्रो हुने मसिना जीवहरु, घरभित्र वा बाहिरका ढुसी आदिबाट हुने गर्छ । यी चिजहरुले सबैलाई असर गर्दैन तर कसै कसैको रोग प्रतिरक्षा प्रणालीले यी चिजलाई निकै खतरनाक ठान्दिन्छन् । जब यी allergen (allergy बनाउने तत्व) शरीरमा पस्छ तब रोग प्रतिरक्षा प्रणाली (immune system) सक्रिय हुन थाल्छ । ति allergen लाई सिध्याउन भनेर शरीरले immune cells बाट बिभिन्न chemical निक्लीदिन्छ । त्यसपछि नाक र स्वास प्रस्वासको माथिल्लो क्षेत्र चिलाउने, मसिना रक्तनलीहरु leak हुने अनि सुन्निने गर्छ । जबसम्म हामी allergen को नजिक हुन्छौं तबसम्म यो समस्या निरन्तर हुन्छ । त्यसैले पनि मसिना झार र रुख बिरुवाका पालुवा पलाउने बेलामा वा फूल फुल्ने बेलामा निस्कने pollen को कारणले allergy हुनेलाई महिना दिनसम्म समस्या निरन्तर भैराक्छ । जसलाई seasonal allergy भनिन्छ ।
Common cold बिभिन्न किसिमको virus जस्तै rhino virus, corona virus आदिले गर्दा लाग्छ । जब यीvirus हरुले ग्रस्त भएकाहरु हामी नजिक हाँच्छ्यु गर्छन् वा ढोकाको handle वा बेन्च टेबल वा अन्य सामान छुन्छन् अनि हामी ति मानिसका नजिक हुन्छौं वा तिनले छोएका समानहरु छुन्छौं तब हामीलाई पनि ति virus सर्छ । ति virus हाम्रो शरीरमा पुगेपछि हाम्रो रोग प्रतिरक्षा प्रणाली सक्रिय हुन थाल्छ र ति virus लाई मार्ने वा बाहिर धकेल्ने वा लखेट्ने प्रक्रिया सुरु हुन्छ । त्यसैले नाक बन्द हुने, हाँच्छ्यु आउने, खोकी लाग्ने, तापक्रम बढ्ने आदि लक्षण देखा पर्छन । यदि हाम्रो शरीर स्वस्थ छ, सबै अंगहरुले राम्रोसंग काम गर्छन, चुरोट–रक्सि धेरै पिउने जस्ता बानी छैन र रोग प्रतिरक्षा प्रणाली राम्रो छभने common cold virus ले खासै दुख दिदैन ।
Flu चाही Influenza virus को कारणले लाग्छ । यो virus को प्रकारलाई H र N नम्बर दिएर छुट्याइन्छ । जस्तैः Swine Flu (H1N1), Bird Flu (H5N1) आदि । रोग प्रतिरक्षा प्रणाली कम हुनेहरु जस्तै बालबच्चा, बुढाबुढी र दिर्घ रोघीहरुको Flu ले ज्यानै पनि लिन सक्छ ।
३. उपचार कसरी गर्ने ?
Common cold र Flu : यो virus लाई हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीले सजिलै तह लगाउन सक्ने हुनाले उक्त (रोग प्रतिरक्षा) प्रक्रियालाई सजिलो हुने ब्यबहार गर्नु जरुरी हुन्छ । करिब ५ दिन आराम गर्नुेस, तातो पानी, soup, तरकारीको रस आदि प्रसस्त पिउनेस्, तातो बाफ लिनेुस्m सिगान पुच्छ्दा कपडाको रुमाल प्रयोग नगर्ने, नाक पुच्छ्ने paper को प्रयोग गर्ने र trash can मा फाल्ने (रुमालमा ति virus हरु २४–४८ घण्टा वा बढी समय बस्न सक्छन् भने नाक पुछ्ने paper मा १५–३० मिनट मात्रै) प्रत्येक पटक साबुन पानीले धुनुस, towel ितातो पानीमा भिजाएर–निचोरेर गालामा र निधारमा सेक्ने, टाउको दुखे paracetamol (acetaminophen) वा ibuprofen दिनको ३–४ पटकसम्म खाने (१० बर्ष मुनिकाले यस्तो बेलामा ibuprofen खानु हुँदैन) । नाक बन्द भएको छभने (जल नेति) नुन–पानी नाकको एक प्वालमा छिराएर अर्को प्वालबाट निकाल्ने, जल वास्प लिने, नसके नुन–पानीको spray गर्ने, यसो गर्दा पनि भएन भने फार्मेसीमा सजिलै पाइने Phenylephrine, Chlorpheniramine, Phenylpropanolamine प्रयोग गर्दा पनि हुन्छ जुन प्रायः paracetamol अन्य औषधिमा मिसाएर बेचिएको हुन्छ (यो १२ बर्षभन्दा माथि उमेरकोले प्रयोग गर्नुपर्छ), त्यसले पनि नभए decongestant spray -fluticasone, triamcinolone, mometasone आदि) किनेर दिनको २ पटकसम्म प्रयोग गर्ने, घांटीमा खकार जमेको जस्तो भए guaifenesin को प्रयोग गरेर खकारलाई पातलो बनाउने, खोकीले पनि सताउने गरेको छभने dextromethorphan लिने वा guaifenesin र dextromethorphan दुवै भएको औषधि लिने, खोकीको लागि benzonate पनि पाइन्छ तर १० बर्ष माथिको उमेरले मात्र प्रयोग गर्न मिल्छ, यी औषधिहरुले कुनै पनि हालतमा खोकी बन्द नभएको खण्डमा डाक्टरको prescription चाहिने खालको औषधि प्रयोग गर्नुपर्ने पनि हुन सक्छ । ५ दिन कट्दा लक्षणहरु कम भएनन् र झन् शरीर गल्न थाल्यो भने डाक्टरकोमा जानुपर्छ ।
Allergy (Allergic Rhinitis) : यसको लागि पहिला के को allergy हो भनेर पत्ता लगाउने, TB को test जस्तै allergy को skin test गर्न मिल्छ तर नेपालमा सबै ठाँउमा सजिलै उपलब्ध छैन । कुन कुराको allergy हो भनेर पत्ता लगाएपछि सो allergy दिने कुरा (allergen) बाट पर हुन सक्यो भने कहिल्यै दुख पाइदैन र कुनै औषधिको पनि प्रयोग गर्नु पर्दैन । सकिएन भने allergy को लक्षण हुने बित्तिकै औषधिहरु प्रयोग गर्ने । चिलाउन कम गर्न र हाँच्छ्यु कम गर्न फार्मेसीमा पाउने औषधिहरु यस प्रकार हुन्छन्ः diphenhydramine (यसले अलि ज्यादा निन्द्रा जगाउन सक्छ त्यसैले राती सुत्ने बेलामा खाँदा राम्रो), cetrizine, levocetrizine, fexofenadine, loratidine, desloratadine आदि । यी बाहेक अन्य पनि हुन्छन जुन डाक्टरको prescription चाहिन सक्छ । नाक बन्द भए, खोकी लागे वा टाउको दुखे माथि common cold र flu मा लेखिएको औषधि प्रयोग गर्दा हुन्छ । नाकबाट सिगान बगेको बग्यै गरेर हैरान गरेको छभने ipratropium inhaler को स्प्रे दिनको ३/४ पटकसम्म लिने र सोहि बखत घाँटी खस खस गर्ने र खोकी पनि लाग्ने गरेको छ भने azelastine स्प्रे दिनको दुई पटक लिने । कसै–कसैलाई Allergic Rhinitis बनाउने allergen ले Asthma पनि ब्युझाइदिने हुन्छ । यस्ता व्यक्तिले श्वासनली खोल्नेinhaler (जस्तैः albuterol) साथमा राख्नुपर्छ र दिनको ५/६ पटक सम्म प्रयोग गर्नुपर्ने हुन सक्छ ।
४. चिसोको allergy छ, यसबाट कसरी छुटकारा पाउने हो ?
तापक्रम चिसोको allergy निकै भन्दा पनि धेरै कमलाई मात्र हुने गर्छ । चिसोको allergy छ छैन भनेर पत्ता लगाउन एउटा सजिलो उपाय छ । सानो ice को टुक्रा लिनुस र शरीरको कुनै भागमा २ मिनेट राख्नुस । यदि ice राखेको भाग सुन्निएर रातो भएर फुलेर आयो भने तपाईलाई चिसोको allergy छ नत्र छैन । बरु तपाईंलाई चिसो मौसममा मात्र अलि बढी सक्रिय हुने अन्य कुराले दुख दिएको होला वा कुनै खाने कुरा वा चिसो तापक्रम हुने कुरा जस्तैः ice cream आदिको sensitivity मात्र भएको होला जसलाई vasomotor rhinitis भनिन्छ । वा ति खानाहरुले नभई ति खाना राम्रोसंग store गरेर नराख्नाले त्यसमा भएको जिबाणुहरुको आक्रमण भै रोग प्रतिरक्षा प्रणाली अलि असक्रिय हुँदा भएको असर मात्र होला कारण अन्य पनि हुन सक्छन । यदि चिसोको allergy नै हो भने न्यानो कपडा लगाउने, तातोर पानीले मात्र हात मुख धुने नुहाउने । यो समस्या धेरैको केहि सालमा आँफै कम हुदै जान्छ । कारण जे भएपनि यदि निकै समस्यामा पारेको छभने लक्षण अनुसारको allergy को लागि माथि भनिएको जुनसुकै औषधि प्रयोग गर्दा हुन्छ ।
५. रुघा (common cold वा Flu लाग्नै नदिन के गर्ने ?
हातका औंलाले नाक मुखमा वा अनुहारमा नछुने, बरु मुख पुछ्ने paper को प्रयोग गर्ने, बाहिर निस्कदा (खासगरी रुघाखोकी लाग्ने मौसममा) mask लगाएर निक्सने, सार्बजनिक स्थलका सामानहरु जस्तैः ढोका, बेन्च आदि छोएपछि साबुन पानीले हात धुने, फोहोरो र धुँवा धुलो ठाउंबाट पर बस्ने, चुरोट पिउने बानी हटाउने, दैनिक शारीरिक ब्यायाम गर्ने, दिनहुँ प्रसस्त फलफुल र हरियो तरकारी खाने ।
चिसोले छालामा देखिने समस्या
– जाडो महिनामा मौसमको आद्र्रता कम हुने हुँदा छाला सुख्खा हुदै जान्छ, त्यसको फलस्वरुप हातखुट्टा फुट्न, ओठ फुट्ने छाला सुख्खा हुने कपाल सुक्खा भएर फुरुङ्ग देखिने हुन्छ । –जाडोको घाम रापिलो हुने हुँदा छालामा भएको चिल्लोलाई सोचेर छालालाई सुख्खा बनाउँछ । घामले गर्दा अनुहारमा चायाँ बढ्नुको साथसाथै अनुहारमा चाउरीपन बढ्दै जान्छ । त्यसैले जाडोमा घाममा बस्दा वा घरबाहिर निस्कँदा सन्सक्रिममा बढी एसपिएफ भएको प्रयोग गर्नु पर्दछ । –जाडोमा हामीले धेरै साबुन प्रयोग गर्नाले हाम्रो छाला सुख्खा हुदैँ जान्छ, त्यसैले जाडोमा साबुनको सकेसम्म कम प्रयोग गर्दा राम्रो हुन्छ वा बच्चालाई प्रयोग गर्ने साबुन अथवा ग्लिसिरिन भएको साबुनको प्रयोग गर्न सक्छौँ । –जाडोमा हामीले फेसवासको प्रयोग गर्दा पनि माइल्ड खालको फेसवासको प्रयोग गर्ने र तुरुन्तै मोस्चराइज क्रिमको प्रयोग गर्न सक्छौं, त्यसो गर्दा जाडोमा मोस्चराइज हराउन पाउँदैन । –जाडो याममा हिटर ताप्ने, घाममा धेरै बस्दा शरीरमा पानीको मात्रापनि कम हुने हुँदा प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्दछ । किनभने हातखुट्टा धेरै फुट्नुको कारण पनि शरीरमा पानीको मात्रा कम भएकाले हो । –मोस्चराइजजिङ लोसनक्रिम जाडो र गर्मी महिनाको भिन्न हुन्छ । गर्मीमा प्रयोग गर्ने क्रिमले जाडोमा काम नगर्न पनि सक्छ । त्यसैले जाडोमा प्रयोग गर्ने मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ । किनभने जाडोमा प्रयोग गर्ने लोसनमा बढी मोस्चराइज वा चिल्लो खालको हुन्छ ।
– हामीले जाडो महिनाामा धेरै ग्लिसिरिनको प्रयोग गर्ने गर्दछौँ । त्यो राम्रो पनि हो ग्लिसिरिनको प्रयोग गर्दा हामीले ग्लीसिरिन मात्रा प्रयोग गर्नुहुदैँन किनभने ग्लिसिरिनमा पानी सोस्नो शक्ति हुन्छ र ग्लिसिरिनको मात्र प्रयोग गर्नाले शरीरमा भएको चिल्लो पदार्थलाई सोचेर छाला झन् सुख्खा बनाउने गर्दछ, त्यसैले ग्लिसिरिनको प्रयोग गर्दा जहिले पनि एक चम्चा ग्लिसिरिन मा दुईचम्चा पानी वा रोज वटर वा कागती मिसायर प्रयोग गर्दा उपयुक्त हुन्छ । –जाडोमा खुट्टा फुटेर हैरान भइन्छ, त्यो बेलामा खुट्टा फुट्ने समस्या भएकाहरुले खुट्टालाई बनाएको क्रिम लगाउनुपर्छ । त्यसमा धेरै मोच्चराइज केमिकल हालेर बनाइएकोले फुटेको खुट्टा छिटो निको हुन मद्दत गर्छ । –जाडोमा हामीले नुहाउँदा तातो पानीको प्रयोग गर्ने गर्दछौँ तर धेरै तातो पानीको प्रयोग गर्दा शरीर सुख्खा हुन्छ। जाडोमा नुहाँउदा जहिले पनि मनततो पानीले नुहाउने र नुहाउनासाथ अलिअलि पानी पुछेर मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ । त्यसो गर्नले शरीरको चिल्लो कम हुन पाउदैन । –जाडोमा कपाल रुखो हुने हुँदा हप्ताको एकपटक तेल लगाउनु पर्दछ र छिटो–छिटो कपालमा स्याम्फु प्रयोग गर्नु हुँदैन, धेरै स्याम्फुको प्रयोगले कपाल रुखो हुन्छ । –बच्चाहरुलाई जाडो महिनामा चिलाउने समस्या बढ्न सक्छ । त्यसैले राति सुत्नु अगाडि तेल लगाइ दिनुपर्छ बच्चालाई उनीको लुगाभित्र जहिले पनि सुतीको लुगा लगाइ दिनुपर्छ । त्यसो गर्दा चिलाउने समस्या कम हुन्छ ।
जाडोमा चिसोबाट बच्ने केही घरेलु उपाय
सर्वोत्तम पीठो (अन्न तथा गेडागुडीको पीठो) :
विभिन्न किसिमका अन्नहरु जस्तै चामल, गहुँ, जौ मकै, कोदो, फापर, भट्मास, लगायतका विभिन्न अन्नहरुलाई एकै ठाउँमा मिलाएर त्यसको पिठो तथा रोटी तयार गरी खानाले शरीरलाई चाहिने धेरै खालका पोषक तत्वहरु म्याग्नेसियम, क्याल्सियम, म्याग्नेज, ट्रिप्टोफेन, फाइबर, भिटामीन–बि, एण्टिअक्सीड आदि प्रसस्त मात्रामा प्राप्त हुन्छ । जसले स्वास्थ्य मजबूत बनाउँछ । हाडे बदामः बदाम धेरै गुणले भरीपूर्ण हुन्छ । यसको नियमित सेवनले अनेक खालका रोगहरुबाट बचाउँछ । बदामको सेवनले स्मरण शक्ति पनि बढाउँछ । यसको सेवनले कब्जियतबाट पनि बचाउँछ । सबैभन्दा बढी यसले चिसोबाट बचाउँछ । यो हाडे बदाम खानाले सुगरका विरामीलाई समेत फाइदा दिन्छ । यसमा भिटामिन इ पाईन्छ । अदुवाः जानेर या नजानेरै मानिसहरू अदुवालाई विभिन्न रुपमा सेवन गर्छन् । कसैले चियामा हालेर खान्छन् कसैले सुठो बनाएर अझै भनौ हामीले बिहान बेलुका खाने तरकारीमा त अनिवार्य नै राखने गरिन्छ । जे जसरी खाएपनि यसले शरीरलाई चाहिने पोषक तत्व प्रदान गरेकै हुन्छ । विशेष गरी जाडो मौसममा चिसोको कारणले रुघाखोकी लाग्दा यसको रस वा धुलोलाई तातोपानीमा पकाएर महसँग मिलाएर खानाले फाइदा हुन्छ । महः शरीरलाई स्वस्थ र निरोगी राख्न र फुर्तिलो बनाई राख्न सहयोग गर्छ । आयुर्वेदमा त महलाई अमृत नै मानिन्छ । त्यसो त मह जुनसुकै मौसममा पनि लाभदायक मानिन्छ । महले विशेष गरी शरीरमा तापक्रको वृद्धि गर्ने र पाचनशक्तिलाई बलियो बनाउने काम गर्छ ।
ओमेगा–३ एसिडः चिसोमा ओमेगा–३ चिल्लो एसिड सबैभन्दा राम्रो खाना हो । यो मुख्यरूपमा माछामा पाइन्छ । चिसोमौसममा माछा खानाले शरीरमा गर्मी पैदा हुन्छ । यसमा जिंकको मात्र प्रशस्त हुन्छ । यसले शरीरमा आन्तरिक शक्ति बढाउँछ र विभिन्न खालका चिसोका कारण हुने रोगहरुलाग्न बाट बचाउँछ । ज्यादा रसिला फल नखानुहोस्ः ज्यादा रसिला वा गुलियो पदार्थको सेवन कम खाने । यस्ता चिजहरु जस्ले शरीरमा तापक्रमको सट्टा चिसोमात्र बढाउँछ । बरु अमिलो वर्गका फलफूलहरु सेवन गर्नु होस् । जसले चिसोसँग लड्न सक्ने क्षमतामा वृद्धि गर्दछन् । –बदामः १०० ग्राम बदाममा प्रोटीन २५.३ ग्राम, चिल्लो–४०.१, मिनरल–२.४, फाइबर–३.१, कार्वोहाईड्रेड–२६.१, उर्जा–५७६ क्यालोरी, क्याल्मियम ९० मिलिग्राम, फस्फोरस ३५० मिलिग्राम, आइरन–२.५ मिलिग्राम लगायत अन्य विभिन्न प्रकारका तत्वहरु पाइन्छ जसले शरीरलाई मजबुत र रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गर्दछ । तसर्थ चिसो मौसममा बदामको सेवन गर्नुहोस् । सागसब्जीः बिहान बेलुकाको खानामा हरियो सागसब्जी अनिवार्य सेवन गर्नुहोस् । हरियो साग सब्जीले शरीरमा रोगसँग लड्ने क्षमताको बृद्धि गर्दछ । शरीरमा तामक्रम पैदा गर्दछ । तसर्थ चिसो मौसममा मेथी, गाजर, चुकन्दर, पालुङ्गो, लसुन, बेथुवा जस्ता हरियो साग सब्जीको सेवन गर्नुहोस् यसले पाचनप्रक्रिया पनि सहज तुल्याउँछ । तिलः चिसोबाट बच्नको लागि र शरीरलाई उर्जाशिल बनाउन तिलबाट बनाईका खानेकुरा र तिलको तेल ले शरीरलाई मालिश गर्नाले चिसो बाट बचाउँछ । तिल र मिश्रको काँडापानीले रुघा खोकी र छातीमा जमेको कफ बाहिर निस्कन्छ । कारण यसमा विभिन्न खालका पोषकतत्व जस्तै प्रोटिन क्याल्सियम, कार्बोहाईड्रेट आदि प्रशस्त मात्रामा पाइन्छ । प्राचीन समयमा शरीरलाई सुन्दर बनाउन पनि यसको प्रयोग गरिन्थ्यो ।





