बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खेलाडी रहरले होइन, बाध्यताले पुग्छ खाडीमा

खेलाडी रहरले होइन, बाध्यताले पुग्छ खाडीमा


  • कृष्ण प्रसाद शर्मा
  • मंसिर १८ २०७६, बुधबार

गत शनिवार अधिकांश पत्रिकाको शीर्षकमा राष्ट्रिय खेलाडी तुलसा क्षेत्रीको नाम जोडिएको थियो । शीर्षक नै कति नकरात्मक थिएभने कतिपय ठीकै थिए तर ठीक शीर्षक भने कुनैमा पनि थिएन । प्रतिनिधि शीर्षकमा राष्ट्रिय खेलाडी भागीन् र कतार पुगिन, साग खेलको पदक दाबेदार नै कतार भागेपछि आदी इत्यादी । यिनै शीर्षक देखेर राजनैतिक खपतका लागी काँग्रेसका प्रवक्ता विश्व प्रकाशले समेत सरकारलाई गाली गर्दै पोष्ट गरे । सरकारका केहीले गोहीका आँसु पनि चुहाहे । घर नजिकैको उच्च माविमा अँग्रेजी पढाई राखेको एउटा साथी यो पेशा छोडेर तल्लो बाटो अमेरिका पुग्यो । पैसा उसले ४८ लाख तिरेछ । मेक्सिकोको जेलमा केही समय थुनिएपछि बल्लतल्ल घर छोडेको तीन महिनामा अमेरिका पुग्यो र म्यासेज गर्यो बल्ल बाँचेर आईयो भनेर । उ त्यसरी गयो । किन गयो उसका आफ्नै तर्क छन् । उसलाई मास्टरको तलबले पुगेन कि महत्वकांशी भयो त्यो उसैलाई छोड्दिउँ । तर राष्ट्रिय खेलाडी कतार पुग्दा धेरैले उनलाई स्वाभिमान बेची पनि भन्लान् तर उनी पेट पाल्नैका लागी कतार पसेकी हुन् । खेलाडी कतार बिदेशीएको यो पहिलो घटना त होईन तर बाध्य भईयो भनेर अमेरिकामा लुकेर विदेशिएका कुनै कलाकार वा खेलाडीभन्दा तुलसाको कतार छिराई अवश्य फरक छ । अरूको व्यक्तिगत कुरा सामाजिक बनाउनु त हुँदैन पक्कै पनि तर एक कलाकारले अमेरिकामा छिरेपछि पाएको बच्चा अमेरिकन हुन्छ भन्ने सोचले नै अमेरिका छिरेको हो भनेर एक व्यक्तिगत गफगाफमा भनेको आज पनि ताजै छ ।
यदि तपाई अमेरिकामा नेपालका कुनै बेलाका नायक नायिका खोज्नु भयो भने प्रान्तै नछुटाई भेटिन्छन् । खेलाडी एवं पत्रकार पनि छ्यापछ्याप्ती छन् । राजदूत भएर बेलायत आएका मुरारीराज शर्मा जस्ता त बेलायतमै असाईलम गरेर बसे भने कुनै खेलाडी चुलो बाल्न कतार पुग्दा गाली गर्नु आवश्यक छैन । हरेक दिन कतिले राहदानी बनाउँछन् । कति कानुनी रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उड्छन् यो हेर्यो भने नेपालीको अवस्था थाहा लाग्छ । अमेरिका, बेलायत, क्यानडा खेल्न पुगेका खेलाडी लुकेको समाचार धेरै आउँछन् । यो लुक्ने व्यथा आजको पनि होईन । तर ठूला देशमा लुक्ने र साना देशमा श्रमका लागी जाने अन्तर भने आकाश जमीनकै छ । हुन त कतार जाने तुलसा अमेरिका जाने अवसर पाएको भए पनि उतै लुक्थिन समेत भनेर लेखेको पाईयो तर त्यो कल्पनाको कुरा हो । समाचारमा भागिन लेखे, प्रशिक्षकले समेत भागिन भने तर पत्रिका वा अन्य कसैलाई यो कुराको याद भएन भागिन की बाध्यता ? गाउँमा हुने एउटा खेलमा कुनै स्कुल वा क्लबको टिसर्ट लगाएर खेल्दा ठूलो गौरव हुन्छ भनेर अन्तराष्ट्रियस्तरको खेलमा खेल्न छोडेर कोही खाडी पस्छ भने हामीले भागिन् होईन भाग्न बाध्य पारियो भनेर सोच्नु पर्छ । तर ठूला दलका प्रवक्ताले समेत यसैमा टेकेर तुष पोखे तर यो बाध्यतालाई रोक्नु पर्छ भन्न सकेनन् ।
गत साता एक अखबारमा पछिल्ला तीन महिनामा आयात घटेको र निर्यात बढेको भनेर पढ्न मिल्यो तर यो कृषि उत्पादनको कुरो होला तर जबसम्म श्रमको निर्यात घट्दैन तबसम्म मान्छेहरू चाहे उपल्लो बाटो होस् वा तल्लो बाटो बिदेश जान छोड्दैनन् । बिदेशी खेलाडीहरू सँग नेपाली खेलाडीहरूको तुलना हुन त सक्दैन तर पनि राज्यलाई चिनाउने गरी पदक प्राप्त गर्ने बैकुण्ठ मानन्धर जस्ताहरूले देशमै बसेर गाई पाल्छु भन्दा पैसा जोहो गर्न नसकेर ऋण समेत राज्यबाट नपाउँदा तुलसाले लिएको निर्णय गलत पक्कै होईन । खेलाडी भागिन् भनेर ठूला अक्षरमा समाचार छाप्ने पत्रिकाहरूले समेत भागेर होईन् बाध्यताले पुगिन भनेर लेख्न सक्नु पर्छ । राज्य र समाजले खेलाडी र कलाकारहरू गहना हुन भनिराख्छौं तर हामीले ति गहनाको संरक्षणका लागी कुनै सुरक्षित बक्सको व्यवस्था भने गर्न सकेका छैनौं । तुलसा एक दिनको निर्णयले एकै दिनमा कतारको भीषा पाएर गएकी पक्कै होईनन् । उनले यो क्षेत्रमा लागेर अरुको जीवनशैली पनि पक्कै देखेर महिनौं अघि अझ बर्षौं अघि लिएको निर्यणको नतिजा थियो कतार पुग्नु । हाम्रा अझै कतिपय खेलाडीले आफ्नो पासपोर्ट एम्बेसीमा बुझाएर वा दलाललाई दिएर यता खेल खेलीराछन् । पासपोर्ट दलाल कहाँ बुझाएर खेल्ने खेलका सपनामा पदक भन्दा बढी भीषा मात्रै देखिन्छ होला सपनामा ।
राष्ट्रको निम्ति लड्ने सुरक्षाकर्मी विदेशमा लुक्नु पर्ने, गीत गाउने कलाकार, चलचित्रका नायक नायिका वा अन्य जो जीवनको उर्जाशील समय देशका लागी बिताए तिनीहरुबारे एउटा स्पष्ट मापदण्ड बनाएर राज्यले नै भरणपोषण गर्ने गरोस् । कतिपय क्षेत्रमा राज्यले पेन्सन दिएको छ तर खेलाडीहरूलाई मासिक निश्चित भत्ता होस् ताकी उसलाई बिदेशिन बाध्य नहोस् । गत बर्ष सामाजिक संजालमा एउटा भिडियो देखिएको थियो जसको क्याप्सनमा लेखिएको थियो– ‘स्वर्ण पदक दिलाउने फलानो त्रिशुलीको किनारमा बालुवा चाल्दै भन्ने ।’ यो देखेपछि बद्रि पंगेनीको गीतको याद आयो त्रिशुलीको किनारमा बालुवा चाल्नेहरू अझै पनि देशमा गणतन्त्र आको छैन है भन्ने । अवकास पछि के रोज्ने व्यक्तिगत कुरा हो । तर पनि अझ अवकास पछि पनि बिदेश पुग्नु भन्दा स्वदेशमै बसोस् । तर यहाँ खेलाडीले पदक ल्याउँछ भनेर खेल र पद गनी राखेको बेला खेलाडी बिदेशको कुनै ठाउँमा पुगेको खबर आउँछ त्यस पछि हाम्रो कुण्ठा संजाल पोखिन्छ । देशका लागी छाती ठूलो बनाएर खेल्ने खेलाडीलाई चिसोले नसमातोस् भनेर एउटा न्यानो कपडा दिन नसके । चाहे त्यो जो भए पनि न्यानो कपडाको खोजीमा हिड्न बाध्य हुन्छ । नेपालमा खेलमा जति झैझगडा राजनीतिमा पनि हुन्न होला । एन्फाको लफडा हरेक महिना बजारमा आउँछ । खेलका नाम महिनौं बिदेश पुग्ने पदाधिकारीहरूको नामावली देख्न पाईन्छ । गणेश थापाका भष्ट्रचारका कुराहरू हामी सबै माझ स्पष्ट छँदैछ ।
बिकशित देशमा मात्रै होईन हाम्रो जस्तै विकासोन्मुख देशमा पनि खेलाडीहरूले सम्मानित जीवन बिताएका छन् । खेल क्षेत्र उपेक्षित रुपमा पैसा नभए पनि पछिल्ला दिनहरूमा निजी बैंक र अन्य वित्तिय संस्थाहरूले यसमा लगानी गरेका छन् । तर आकर्षणभन्दा बढी मान्छेमा घृणाभाव बढ्दो छ किन कि खेलमा जति चलखेल अरुमा छैन भन्छन् जुन देखिएको पनि छ ।
खेलाडीहरूले देशका लागी दिएको समय पनि पैसा बराबर नै हो । बिकशित देशमा घण्टाका हिसाबले श्रमको मुल्य पाउने हुँदा समय नै पैसा हो भन्छन् हामी कहाँ त्यही हिसाबले पैसा नभए पनि आत्मसम्मान नगुमाई बाँच्ने स्थिती भए राम्रो हुन्थ्यो । एक पटक अन्तराष्ट्रिय खेलमा सहभागी हुँदा जीवन नै कायापलट भएका कतिपय खेलाडीहरू छन् । हामीले यस्ता खेलाडीहरूलाई सम्मान स्वरुपै भए पनि टिकटमा अंकित गर्न सके ठीक हुने थियो । निजी कम्पनिहरूले समेत यस्ता खेलाडीहरूलाई आफ्नो ब्रान्ड एम्बास्डर बनाउने विज्ञापनमा खेल्न दिने गरे बिदेशी डबिङवाला एड सुन्नु पर्ने थिएन । राज्यले बिदेशी बिज्ञापन रहित टिभी प्रसासरण गर्ने भनेको थियो र कानुन समेत बनेको छ । यसको सकरात्मक सन्देश खेल जगतमा सार्न सके पनि हुन्थ्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->