बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जलबिन्दु के हो र समाधान कसरी ?

जलबिन्दु के हो र समाधान कसरी ?


  • कृष्ण कुमार सैजु (BHMS)
  • मंसिर २७ २०७६, शुक्रबार

जलबिन्दु यस्तो बिमारी हो जसमा आँखाको ओप्टिक नर्व क्षतिग्रस्त हुन्छ । सामान्यतया आँखाको अगाडीको भागमा अकुएस ह्युमोर नामको पानि संचारित हुन्छ । अकुएस ह्युमोर ज्यादा बन्नु वा कम निकास हुनुको कारण आँखाको प्रेसर घटबढ भई विस्तारै ओप्टिक नर्वमा क्षति पु¥याउँदछ ।
जलबिन्दुको खतरा कसलाई रहन्छ ?
जलबिन्दुको खतरा निम्न मानिसहरुमा बेसी हुन्छन् ।
१) ४० भन्दा बेसी उमेर
२) जलबिन्दुको पारिवारिक इतिहास भएमा
३) परको वा नजिकको दृष्टि कम हुनेहरुमा
४) आँखाको प्रेसर बेसी भएमा
५) आँखामा पुरानो चोट लागेको इतिहास भएमा
६) धेरै पातलो कोर्निया हुनेहरुमा
७) रक्त–प्रवाह सम्बन्धित शारिरिक बिमारी जस्तै मधुमेह, माइग्रेन, कम ब्लड–प्रेसर आदि ।
जलबिन्दुको संकेत वा लक्षण के के हुन् ?
जलबिन्दुका संकेत यिनका प्रकार र स्टेजमा भर पर्छन् । सामान्यतय प्रारम्भिक स्टेजमा यसको कुनै स्पष्ट संकेत हुँदैनन् । बिरामी बढ्दै जाँदा बिस्तारै दृष्टिमा कमि हुँदै जान्छन् र अन्तिम स्टेजमा खाली बीच भाग मात्र देखिने (टनेल भिसन) हुन सक्छ । यसरी जलबिन्दुले बिस्तारै स्थायी रुपमा अन्धोपन गराउने कारण यसलाई ‘दृष्टिको चोर’ पनि भनिन्छ । आँखाको प्रेसर बढेको बेलामा आँखा दुख्ने, प्रकाशको वरपर इन्द्र–धनुष जस्तो रंगहरु देखिने, आँखा रातो हुने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखिन सक्छन् ।
जलबिन्दुका प्रकार
सामान्यतया जलबिन्दु निम्न प्रकारका हुन्छन् ।
१. ओपन – एंगल जलबिन्दुः यो सबै भन्दा सामान्य प्रकारको जलविन्दु हो । आँखामा पानी निकास गर्ने एंगलमा हुने ट्राबेकुलर मेस्वोर्कको असक्षमताले गर्दा यो प्रकारको जलबिन्दु हुन्छ । यसमा बिस्तारै आँखाको दृष्टि कम हुँदै जान्छन् । थाहा नै नपाई आँखाको ओप्टिक नर्वमा क्षति पुगिरहेको हुन्छ । २. क्लोस–एंगल जलबिन्दुः यसप्रकारको जलबिन्दु एंगलमा आइरिसको अबरोधले गर्दा हुने गर्दछ । यसप्रकार आँखामा अचानक प्रेसर बढ्ने, आँखा दुख्ने, रातो हुने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखिन्छन् । ३. कोल्जेनिटल जलबिन्दुः यो एक दुलर्भ प्रकारको जलबिन्दु हो जुन सानो नबजात बच्चामा हुने गर्दछ । यो प्राय बंशानुगत कारणले हुन्छन् । आँखा सामान्य भन्दा ठुलो देखिने, पानी आउने, प्रकाशमा आँखा खोल्न नसक्ने जस्ता लक्ष्णहरु यसमा देखिन्छन् । ४. सेकेन्डरी जलबिन्दुः अरु कारणहरुको परिणामले गर्दा हुने जलबिन्दु । जस्तैः– पुरानो चोट, लामो समयसम्म स्टेरोइड दबाइको प्रयोग, अरु ट्युमर आदि ।
सबै जलबिन्दुका बिरामीमा आँखाको प्रेसर बढी नै हुन्छ भन्ने छैन । आँखाको नर्मल प्रेसर २१ मर्करीभन्दा कम हुन्छ । आँखाको प्रेसर लगातार २१ मर्करीभन्दा कम भए तापनि ओप्टिक नर्व क्षतिग्रस्त हुन सक्छ । यसलाई नोर्मल टेन्सन जलबिन्दु भनिन्छ । कुनै–कुनै व्यक्तिमा आँखाको प्रेसर लगातार २१ मर्करीभन्दा बढी रहेतापनि ओप्टिक नर्व क्षतिग्रस्त नभएको हुन सक्छ जसलाई ओकुलर हाइपरटेन्सन भनिन्छ । तर, यस प्रकारमा ओप्टिक नर्व क्षतिग्रस्त हुने÷ जलबिन्दु हुने सम्भावना धेरै हुन्छ त्येसैले समयमै उपयुक्त उपचार गर्न जरुरी हुन्छ ।
जलबिन्दुका उपचार पद्धतिहरु
जलबिन्दुले गर्दा क्षति भइसकेको दृष्टि फर्काउन सकिँदैन तर नियमित उपचारले जलबिन्दुबाट हुन सम्ने अरु नोक्सानबाट बचाउन सकिन्छ । आँखाको प्रेसर कम राख्ने र ओप्टिकल नर्वलाई अरु क्षतिग्रस्त हुन नदिनु जलबिन्दु उपचारको प्रमुख उद्देश्य हो ।
– मेडिकल ड्रोप्सबाट उपचारः मेडिकल ड्रोप्स सबभन्दा सामान्य उपचार हो । आँखाको अकुएस ह्युमोर बन्न कम गराउने वा यसको निकास बढाउने तरिकाबाट यी दबाइले गर्छन् । यी ड्रोप्सहरु नियमित रुपले डाक्टरको सल्लाह अनुसार प्रतिदिन प्रयोग गर्नु जरुरी छ । डाक्टरको सल्लाह नलिई यी ड्रोप्स बदल्नु वा बन्द गर्नु हुन्न । –शल्यक्रिया तथा लेजर उपचारः केही रोगीहरुमा शल्यिक्रिया (ट्राबेकुलेक्टोमी÷ड्रेनेज डिवाइस) कोे जरुरी हुन सक्छन । क्लोज–एंगल जलबिन्दुमा लेजरबाट आँखाको खैरो भाग (आइरिस) मा सानो दुलो बनाइन्छ (लेजर इरिदोटोमी) । अन्तिम स्टेजमा, दृष्टिको सम्भावना नभएको अनि धेरै दुखेको आँखामा दुखेको कम गर्न दाइवोद लेजर फोटो–कोएगुलेसन गरिन्छ । संक्षेपमा जलबिन्दुले गर्दा हुने अन्धोपनको प्रकोप बढ्दो छ । जलबिन्दु भएर क्षति सकेपछि दृष्टि फर्काउन सकिन्न तर समयमै रोगको पहिचार गरी उपचार सुरु गर्न सकियो भने थप नोक्सान हुनबाट बचाउन सकिन्छ । जलबिन्दुको पारिवारिक इतिहास भएमा जलबिन्दु हुनसक्ने १० गुणा बेसी खतरा हुन्छ, त्यसैले परिवारका अरु सदस्यहरुले पनि आँखा–जाँच गराउनु उपयुक्त हुन्छ । जलबिन्दुबारे सचेत रहौंर यसबारे जानकारी सबैलाई दिउँ ।
शरीरमा पानी कम हुँदा देखिने लक्षण
राम्रैसँग थाहा छ कि हामीले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, तर पनि अनेक कुरामा अल्झेर हामी पानी पिउनुलाई हाम्रो दैनिकीको प्राथमिकतामा पार्न असफल हुन्छौं । यसको परिणाम स्वरूप हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं । एउटा वयस्क मानव शरीर औसत १ तिहाई पानीले बनेको हुन्छ । यसले मानव शरीरमा पानीको कति महत्व छ भन्ने प्रस्ट रूपमा थाहा हुन्छ । त्यसैले इन्जिनमा इन्धन सकिएपछि देखाउने लक्षण जस्तै पानीको कमी हुनासाथ हाम्रो शरीरले पनि त्यस्ता लक्षण देखाउन थाल्छ । यस्ता लक्षण देखिएपछि हामीले शरीरमा तरल पदार्थ खासगरी पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । शरीरमा आवश्यक पानीको मात्रा पुगे र नपुगेको कसरी थाहा पाउने ? तलका लक्षण देखिएमा तपाईंको शरीरमा पानीको मात्रा कम भयो भनेर बुझे हुन्छ ।
छाला सुख्खा हुनु, लोसनले पनि काम नगर्नु
ऋतुअनुसार हाम्रो छालामा परिवर्तन आउनु सामान्य हो । जाडोमा हाम्रो छाला सुख्खा र निर्जीव जस्तै हुन्छ । छाला सुख्खा हुँदा यसमा सिबम (छालामा रहेको ग्रन्थीबाट निस्कने चिल्लो पदार्थ) को कमी हुन्छ र यस्तो अवस्थामा छालाको चिल्लोपना कायम राख्न पर्याप्त मात्रामा मोस्चराइजर लगाउनु पर्छ । यसबाहेक अरु बेला मोस्चराइर लगाइरहँदा पनि तपाईंको छाला सुख्खा हुन्छ र फुट्छ भने तन्तनी पानी खानु भए हुन्छ । जब पानीको कमी भएपछि छालाले स्वाभाविक चमकर सौन्दर्य गुमाउँछ, त्यसबेला छालालाई सबैभन्दा बढी पानी नै चाहिन्छ ।
मुख सुक्नु र धेरै तिर्खा लाग्नु
कतिपयले ख्याल नगर्ने तर शरीरमा पानी कम भएको अर्को लक्षण हो, मुख तथा जिब्रो सुख्खा हुनु र टाँसिनु । साथै यसको अर्को लक्षण धेरै तिर्खा लाग्नु । दुवै अवस्थामा शरीरमा पानीको कमी पूरा गर्न पानी खाइहाल्नुहोस् (किनभने मुख मरुभूमि जस्तो सुख्खा भयो भने मुख नराम्ररी गन्हाउँछ) । यो लक्षण उल्लेख गर्नु किन पनि आवश्यक छ भने मुख सुक्नु र धेरै तिर्खा लाग्नु अर्को कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । केही दिन पर्याप्त पानी पिउँदा पनि यी लक्षण कायम रहे चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
टाउको दुख्नुः टाउको दुख्नु शरीरमा पानीको मात्रा कम भएको अर्को लक्षण हो । चड्किएर दुखेको टाउको मिनेटैपिच्छे झन्झन् फुट्ला जस्तो गरि बढ्छ भने पानीको कमी भएको बुझ्नु पर्छ । यस्तो बेला एकाग्र हुन नसक्ने र धैर्य गुम्दै जान्छ । पर्याप्त पानी पिए यी समस्या हट्ने मात्र होइन उपचार नै हुन्छ । एक अध्यायनको अनुसार टाउको दुखाई कुनै व्यक्तिको शरीरमा पानीको मात्रा कम भइरहेको सामान्य लक्षण हो । साँच्चै भन्ने हो भने शरीरमा पानीको कमीले माइग्रेन पनि निम्त्याउन सक्छ । टाउको दुखेका बेला पानीमात्र पिउने र गुलिया वा नुनिला खानेकुरा नखाने । किनभने यी खानेकुराले पानीको कमी अझ बढाउँछन् ।
सधैं थकितः दैनिक रुपमा नियमित र पर्याप्त सुताइ (निद्रा) सुनिश्चित गर्नुहोस् । सधैं नियमित रुपमा पर्याप्त सुते पनि तपाईं जतिबेला पनि थकित वा अल्छी महसुस गर्नु हुन्छ भने शरीरमा पानीको कमी हुनसक्छ । थकाइले तपाईंका चेतना र एकाग्रतामा असर पार्न सक्छ । थकाइले शरीर आलस्य र असावधान बनाउने भएकाले दुर्घटनाको जोखिम पनि बढ्छ । तर दिनभर बढी मात्रामा पानी पिएर यस्तो अवस्था सुधार गर्न सकिन्छ ।
शरीरको वजन बढ्नुः तपाईं पत्याउनुहोस् नपत्याउनुहोस्, कम्मरको बढ्दो मोटाइले तपाईं पर्याप्त मात्रामा पानी खाइरहनु भएको छैन भन्ने बताउँछ । विभिन्न अध्ययनले दिनमा कम्तीमा पनि ५ सय मिलिलिटर (आधा लिटर) पानी खाँदा पनि यसले पाचन क्रिया ३० प्रतिशत बढाउने देखाएका छन् । र, यसमा कुनै आश्चर्य मान्नु पर्दैन । त्यसैले अधिकांश स्वास्थ्य तथा पोषणविदहरूले शरीरको उपयुक्त वजन बढ्न नदिन वा वजन घटाउन पानीको मात्रा बढाउने सल्लाह दिन्छन् । यतिमात्र होइन उनीहरू शरीरमा पानीको अलिकति पनि कमी हुनासाथ मस्तिष्कमा मिश्रित संकेत पुग्ने र हामीले भोक लागेको अनुभव गर्छौं, जबकि हामीलाई खानेकुराको नभएर पानी चाहिएको हुन्छ भन्छन् । तपाईंले भोजन गर्नु ३० मिनेटअघि एक÷दुई कप पानी पिउनु भयोभने यसले तपाईंको भोजनको मात्रा घटाउँछ, अर्थात तपाईं धेरै खान सक्नुहुन्न ।
अपचको समस्याः यसो भन्नु अलि बढी नै पनि हुन सक्छ कि तपाईंलाई शौचालयमा पेट खाली गर्न धेरै समय लागिरहेको छभने शायद तपाईंले पानीको मात्रा बढाउन आवश्यक छ । तपाईंको शरीरलाई पचिसकेको खानेकुरा पेटबाट बाहिर निकाल्न तरल पदार्थको आवश्यकता परेको कब्जियत भएबाट सहजै बुझ्न सकिन्छ । दीर्घ कब्जियत रअपचको कारण नै पानीको कमी हो । पाचन क्रिया सहज बनाउन र कब्जियत र अपचको समस्या आउन नदिन पर्याप्त पानी पिउनु नै एकमात्र सजिलो उपाय हो । पानीको मात्रा बढाउनासाथ तपाईं आफैं कब्जियत कम हुँदै गएको अनुभव गर्न सक्नु हुन्छ । कब्जियत कम भएन भने चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।
मुत्रनलीको संक्रमणः मुत्रनलीको संक्रमण अत्यधिक कष्टदायक हुन्छ भन्ने एकपल्ट यसको अनुभव गरिसकेका व्यक्तिसँग सोधे प्रष्ट हुन्छ । युटिआई (युरिनरी ट्र्याक्ट इन्फेक्सन) विभिन्न कारणले हुने भए पनि प्रायः हाम्रो शरीरमा सहवास वा यौनांग र मलद्वारको राम्ररी सफाइ नगर्दा ब्याक्टेरिया प्रवेश गरेपछि हुने गर्छ । मुत्रनलीमा संक्रमण हुने अर्को मुख्य कारण पानीको कमी हो । पर्याप्त पानी पिउनाले मुत्रथैलीबाट ब्याक्टेरिया पानीले बगाएर बाहिर निकाल्छ र ब्याक्टेरिया मुत्रथैलीमा फैलन पाउँदैन । शरीरमा पानीको कमी भएको एउटा लक्षण पिसाबको रंग गाढा हुनु वा पिसाब कम लाग्नु वा पिसाब पोल्नु पनि हो । यस्तो लक्षण देखिनासाथ पानीको मात्रा बढाउनुहोस् र यसपछि पनि यी लक्षण कम नभए चिकित्सकसँग परामर्श लिनु जानु पर्छ ।
झर्किने र झन्किनेः तपाईं जतिबेला पनि अप्रसन्न हुन थाल्नुभयो, झर्किन र कसैले केही बोल्नासाथ झनक्क झन्किन थाल्नुभयो भने पनि शरीरमा पानीको कमी भयो भनेर बुझ्नुपर्ने हुन्छ । तपाईंलाई आश्चर्य लाग्ला यस्तो बेला तपाईंलाई अरु केही होइन, एक गिलास पानीको आवश्यकता छ यी समस्याको समाधान गर्न भन्यो भने । केही अध्ययनले सामान्य डिहाइड्रेसनले पनि स्नायविकर मानसिक परिवर्तन हुने र त्यसको प्रभाव हाम्रो मानसिक क्षमता र एकाग्रतामा पर्नुका साथै झर्किने र झनक्क रिसाइहाल्ने जस्ता परिवर्तन हुने देखाएका छन् । यसभन्दा पनि उदेकलाग्दो त के छ भने हाम्रो शरीरमा आवश्यक पानीको मात्राभन्दा १ प्रतिशत मात्र पानीको कमी हुँदा समेत यस्ता नकारात्मक प्रभाव पर्छ । त्यसैले फेरि पनि तपाईं धेरै झर्किन र झनक्क रिसाउन थाल्नुभयो अनि त्यसको कुनै कारण पत्ता लगाउन सक्नु भएन भने थपक्क एकदुई ठूलो गिलास पानी पिइहाल्नुहोस् र आफ्नो मुड ठीक पार्नुहोस् ।
मांसपेशी बाउँडिनेः मांसपेशी एकै ठाउँमा डल्लो पर्नु वा खास गरी पिंडुला बाउँडिनु कष्टदायक हुनुका साथै लाजमर्दो हुन्छ । यस्तो बेला अधिकांश व्यक्ति शरीर तन्काउने वा मालिस गर्ने गर्छन् । तर यसको उपचार अत्यन्त सरल छ, पानी पिउनु । किनभने शरीरमा पानीको कमी भएपछि नै मांसपेशी बाउँडिने गर्छ । कतिपय यसमा असहमत होलान्, तर विभिन्न अध्ययनले पानीको कमी (डिहाइड्रेसन) र मांसपेशी बाउँडिनुबीच सम्बन्ध देखाएका छन् । किनभने हामीले थोरै पानी खाँदा रक्त सञ्चार नै मन्द हुन्छ । डिहाइड्रेसन भएपछि मस्तिषकले महत्वपूर्ण अंग बचाउन शरीरमा भएको तरल पदार्थ, पानी मांसपेशीबाट त्यता पठाउँछ र मांसपेशी बाउँडिन्छ । पानीको कमीले शरीरमा हुनुपर्ने सोडियम र पोटासियमको मात्रा तलमाथि हुन थाले स्थिती अझ बिग्रन्छ । त्यसैले पर्याप्त पानी खान अत्यन्त महत्वपूर्ण छ, खासगरी गर्मीमा र व्यायामका बेला ।
पर्याप्त पानी नपिएको कसरी थाहा पाउने ?
दैनिक कति पानी पिउनु पर्छ भन्ने सम्बन्धमा अनेकौं भनाई छन् । तर अधिकांशको मापदण्ड अनुसार दैनिक ८ औंस (करिब २३० ग्राम) पानी पिउनुपर्छ । तर पछिल्लो समय भएका अध्ययनले भने लिंग र शरीरको आकार–वजन अनुसार पिउन आवश्यक पानीको मात्रा बताउने गरेका छन् । उदाहरणका लागि एक जना साढे ६ फिट अग्लो पुरुषले दैनिक ८ ग्लास पानी पिउनु कम हुनसक्छ भने ४ फिट १० इन्च अग्ली महिलाका लागि यति नै पानी पिउनु धेरै हुन सक्छ । ‘द मायो क्लिनिक’ (नाफा नकमाउने संस्था जसमा चिकित्सक, वैज्ञानिक र शोधकर्ता गरी ३३ सयभन्दा बढी आबद्ध छन्)ले इन्स्टिच्युट अफ मेडिसिनको निर्देशिका उल्लेख गर्दै सामान्य अवस्थामा पुरुषका लागि १२÷१३ कप र महिलाका लागि ९÷१० कप दैनिक पानी पिउनु पर्याप्त हुने जनाएको छ । तर व्यायाम गर्नु हुन्छ वा पसिना आउँछ भने योभन्दा बढी पानी पिउनु आवश्यक छ । त्यसमाथि पनि मानिसको जीवनशैली, खानपान र शारीरिक बनावट अनुसार आफूलाई कति पानी पर्याप्त हुन्छ विचार गर्नु उत्तम हुन्छ । तर सम्झनुहोस्, तिर्खा लागेको महसुस गर्नुहुन्छ भने सम्भवतः तपाईंलाई हल्का पानीको कमी भइसकेको छ । मुख सुक्छ भने पानीको कमी हटाउन तुरुन्तै एकदुई कप पानी पिइहाल्नुहोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->