आदिमकालिनदेखि नै विभिन्न चरणहरु पार गर्दै मानिस सामाजिक रुपमा रुपान्तरण भएको हो, किनकि आदिमकालमा समाजको विकास भएको थिएन मानिस वन जंगलमा नै बस्दथे, जंगलमा नै जिवन यापन गर्दथे विस्तारै हातहतियारको आविष्कारसंगै मानिस एक स्थानबाट अर्को स्थानमा स्थानतिर नभई एकै स्थानमा बसोबास गर्ने थाले त्यसरी नै विस्तारै–विस्तारै समाजको विकास भयो । व्यक्ति व्यक्ति मिलेर परिवार र समाज निर्माण भएको हो, समाजमा विभिन्न जातजाति भाषाभाषी, फरक धर्म सँस्कृति भएका मानिस बसोबास गर्न थालेसंगै मानिसको सामाजिक हैसियत कायम भयो फरक पहिचान, फरक पेशा आदिले गर्दा सामाजिक स्तरिकरण भयो । त्यस्तै समाज विविधतामा एकता कायम भयो, समाजमा रहेर फरक जात, फरक भाषा, संस्कृति परम्परागत कार्यहरुमा मानिसहरू संलग्न हुन थाले र भइरहेका पनि छन् । साँच्चै हामी मानव समाजविना कल्पना पनि गर्न सक्दैनौं किनकि मानिस समाजसँग जोडिएको हुन्छ समाजमा भइरहेका अनेकौं क्रियाकलापहरुमा मानिस सहभागी हुन्छ, कुनै समस्या आयो भन्ने समाजद्वारा समाधान गर्ने सशक्त भुमिका खेल्दछ ।
त्यसैगरी समाजमा मानिसहरूले हरेक बिmयाकलाप गरेका हुन्छन् जस्तै आमा समूह, बाल क्लब , युवा क्लब जस्ता विभिन्न कार्यहरुमा जोडिएर व्यक्ति तथा समाजको हितको लागि काम गर्दै आएका हुन्छन् । तर पनि समाजमा जातिय असमानता लैङ्गिक विभेद जस्ता समस्याहरुले जरा गाडेको अवस्था छ आजको २१ औं शताब्दीमा पनि समाजमा असमानता व्याप्त छ । जसले गर्दा द्वन्द, हिंसात्मक क्रियाकलाप श्रृजना भएको छ । साँच्चै गम्भीर विषय पनि हो आज समाज कतातिर जाँदै छ समाजमा दिनप्रतिदिन नकारात्मक घटना भएको पाइरहेको छ, हत्याहिंसा, बलात्कार, जातीय छुवाछूत, लैंगिक हिंसा जस्ता असमानताले आज समाज ग्रशीत छ ।
विभिन्न भाषा संस्कृति ,विभिन्न जातजाति भएको हाम्रो देश नेपाल, परापुर्वककालदेखि नै जातिय असामनता रहदै आएको छ । म एक समाजशास्त्रको विद्यार्थी भएको नाताले आफुले अध्ययन गरे अनुसार इतिहासको कुरा जोड्न चाहे नेपालमा जातिय छुवाछूत र अस्पश्यतामा आधारित भेदभावहरु २५०० वर्ष अघिदेखि हुन थालेको पाइन्छ त्यस्तै हिन्दु धार्मिक ग्रन्थहरु विशेषगरि ’मनुस्मृति’ ले मानव जातिलाई ’बाह्मण, क्षेत्री, वैश्य र शु्त्र गरि ४ वर्णमा विभाजन गरेको थियो ।
विभिन्न भाषा संस्कृति ,विभिन्न जातजाति भएको हाम्रो देश नेपाल, परापुर्वककालदेखि नै जातिय असामनता रहदै आएको छ । म एक समाजशास्त्रको विद्यार्थी भएको नाताले आफुले अध्ययन गरे अनुसार इतिहासको कुरा जोड्न चाहे, नेपालमा जातिय छुवाछूत र अस्पश्यतामा आधारित भेदभावहरु २५०० वर्ष अघिदेखि हुन थालेको पाइन्छ । त्यस्तै हिन्दु धार्मिक ग्रन्थहरु विशेषगरि ‘मनुस्मृति’ ले मानव जातिलाई बाह्मण, क्षेत्री, वैश्य र शु्त्र गरि ४ वर्णमा विभाजन गरेको थियो । त्यसैगरी चौधौं शताब्दीमा गरिएको नेवार जातिको जातिय पुनसंरचना नै नेपालको विभिन्न भागमा हुने गरेको थियोे र विस्तारै परिवर्तित हुन थाले संगै हिन्दुकरण र संस्कृतिकरणको प्रत्रियाले तिनीहरुलाई वर्णाश्रममा परिवर्तन गरिदियो ।
त्यसैगरी राजा महेन्द्रको शासनकालमा जारी गरिएको मुलुकि ऐन २०२० ले छुवाछूत प्रथाको अन्तगरि जात व्यवस्थामा केही परिवर्तन ल्यायो, पहिलो प्रजातान्त्रिक संविधान २०४७,२०६२र२०६३को जनआन्दोलन पछि बनेको अन्तरिम संविधान २०७२ले समेत छुवाछूत तथा जातिय भेदभाव अन्त्यको घोषणा गरे पनि नेपालमा जातिय विभेद पूर्णतया अन्त्य भएको छैन, किनकि यस्ता हिंसात्मक क्रियाकलाप पटक–पटक घटेका छन् । सामान्यतया आम मानिसदेखि राष्ट्रका गहनाहरु पनि हिंसाको सिकार बनेको सुन्दैर देख्दै आएका छौं । केही विघट जिल्लाहरुमा जातिय भेदभावको कारणले गर्दा हत्या, हिंसाको घटना घटिरहेको र कतिपय अवस्थामा बसाइँसराइ गर्दा समेत समस्या भएको अवस्था छ आजको विज्ञान र प्रविधिको जमानामा पनि जातीय विभेदको कुरा सुन्दा अचम्म लाग्छ र समाज अझै पनि माथि उठ्न सकेको छैन किन ? जातिय विभेद मात्र होइन सामाजिक असमानता पनि व्यापक छ मानव भएर पशुसरह व्यवहार भइरहेको छ हत्या हिंसा, चोरीडकैती, बलात्कार, ठगी जस्मा विभिन्न क्रियाकलापहरुले हाम्रो समाजको वातावरण खल्वलाई रहेको छ । तसर्थ, समाजमा भएका यस्ता घटनालाई हामीले जरैदेखि निराकरण गर्नुपर्छ र सुन्दर शान्त देश बनाउन अग्रसर बढ्नुपर्छ राज्यले पनि यसबारे गम्भीर चासो लिइ सामाजिक असमानता र जातिय विभेदको अन्त्य गर्नुपर्छ भन्ने यशको प्रमुख उद्देश रहेको छ ।




