शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

दुई कबिता : खराब समय

दुई कबिता : खराब समय


  • Dhorpatan News
  • पुष २६ २०७६, शनिबार

खराब समय

खराब समय कहिल्यै एक्लै आउँदैन
त्यसका साथै आउँछ पुलिस
तिनका बुटहरूको रंग कालो छ
खराब समय आउँदा
हाँसो पुछिदिनु पर्छ रूमालले
पातहरू धुलो भएर जान्छ
जुवाको बजार ढाडिएर जान्छ मरेका जनावरहरू जस्तै
प्रेमको गर्दन बाँधेर
डर हल्लिरहन्छ
अभागी मानिस झुन्डिरहन्छन् ल्याम्प पोस्टसँगै
घाँटीमा डोरी हालेर
त्यसको छायाँमा लुकामारी खेल्छन् कालाबजारीहरू
सडकहरूमा यताउता गरिरहन्छन्
वी डी, वेश्याहरूका दलाल र जेम्स बान्ड
भीडमा धकेल्दै साइरन बजाउँदै
पुलिसको गाडी आउँछ
त्यसमा बसेका हुन्छन् पुलिस
तिनका बुटहरूको रंग उनको ओँठजस्तै कालो छ
उनको घडीमा बज्छ
खराब समय ।
० ० ०

मेरो खबर

म त्यही मानिस हुँ
जसको काँधमा डुब्नेछ सूर्य
छातीमा बटन छैन कैयौं रातदेखि
धुलो जमेर उभिएको कलर, झुलिरहेको बाहुला
हावामा उड्दै गरेको केश
गोजीबाट आधा निभाइएको चुरोट निकालेर भन्ने छु
दादा, सलाई दिनुहुन्छ ?
मानिस यदि सज्जन छ भने
हातमा चुरोट लिँदै
सलाई बढाउनेछ अगाडि
म उसको हातको घडीलाई हेर्नेछु
आँखामा चम्किनेछ रेडियम
मैले तिमीसँग प्रेम गरेर मायालु– लेनदेन
अखबारमा होइन
पुलिसको डायरीमा मेरो
दुई तस्विरहरू हुनेछ– एक हाँस्दै गरेको अनुहार, एक साइड फ्रेस
र तल लेखिएको हुनेछ– ‘स्नैच केस’
पेट भरि पेट्रोल पिएर
हल्लागाडी दौडिने छ मेरो खोजीमा
शिर झुकाउँदै खोज्ने छ सहरमा मलाई
म त्यही मानिस हुँ
छातीमा बटन छैन कैयौं रातदेखि
जस्को काँधमा डुब्नेछ सूर्य ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->