पोखरा,२७ पुस – मिस तामाङको ट्यालेन्ट राउण्ड सम्पन्न भएके छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा मञ्जुश्री संवत २८५६ औं सोनाम ल्होसारको अवसरमा ७ औं ल्होसार महोत्सब तथा चौंथो मिस तामाङ पोखरा आयोजना गर्दैछ ।
शनिबार सम्पन्न ट्यालेण्ट राउण्डमा प्रतियोगिहरुले कविता, गायन, नृत्य तथा भाषणकलामार्फत आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रममा बोल्दै बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखराका प्रतियोगीहरुले तालीम अवधिमा तामाङ समुदायको भाषा, धर्म र संस्कारका साथै व्यक्तित्व र नेतृत्व सम्बन्धि जीवनोपयोगी ज्ञान हासिल गरेको बताए । कार्यक्रम संयोजक तथा मिस तामाङ पोखरा २०१८ कविता योञ्जनका अनुसार पोखरा सभागृहमा माघ ४ गते शनिवार हुने प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन ।





