बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पृथ्वीनारायण शाहलाई अपमान नगर

पृथ्वीनारायण शाहलाई अपमान नगर


  • कृष्ण प्रसाद शर्मा
  • माघ १ २०७६, बुधबार

लामो समयसम्म पृथ्वी जयन्ती मनाउन बिदा समेत दिईने गरेकोमा केही बर्ष यता बिदा हुन छाडेको छ । गणतन्त्र ल्याउने फालिएका तात्किलन राजा ज्ञानेन्द्रलाई फाल्दा त्यी रिस पृथ्वीनारायण शाह माथि पोखे । उक्त समयमा महेन्द्र, त्रिभुवनदेखी प्रायः राजाका जुनसुकै स्तम्भहरूमाथी ढुङगा र हतौडा बर्सिए । आज पुनः फेरी पृथ्विनारायण शाहको बारेमा कतिपयले दानवीकरण गरेका छन् । उनको एकिकरणलाई कतिपयले शक्ति र सत्ताको फैलावट बाहेक केही थिएन । ठूलो राज्यको नायक हुने महत्वकांक्षी थियो । उनले देशलाई एकतावद्ध गर्ने वा एकिकरण गर्ने धेय थिएन समेत भन्दैछन् । उनले किर्तिपुरका नेवारहरूको नाक काटेर धार्थी पु¥याए, डालोमा हाले, प्लाष्टिकमा राखे, बोरामा राखे आदी ईत्यादी कुराहरू समेत लेखेको पाईन्छ । अझ गत हप्ता एउटा मानवशास्त्रीले लेखेको एउटा लेखमा एकिकरणका बेला सिपाहीले जुत्ता लगाएरै सलाम गरेका कारण तत्कालै मार्न आदेश दिए समेत लेखेका थिए । यसलाई धेरै व्याख्या गरेर विरोध गर्न भन्दा एउटा हरफमा भन्दा उक्त समयमा न जुत्ताको समय थियो न त बोरा न त प्लिस्टिक । धार्नि बनाउन कतिका नाक काट्नु पर्छ होला । अत यि सबै उनको योगदानलाई अपमान गराउने खेल बाहेक केही होईन ।

उनको निन्दा किन गरिएको छ त्यो हेरौं । उनका दिव्य उपदेश मात्रै अध्यान गर्ने हो भने उनको दुरदर्सिता कति थियो थाहा हुन्छ । उनले घुस लिने दिने दुवैलाई शत्रु ठानेका थिए । हाम्रो देशको अहिलेको अवस्था हेर्दा घुसले नै खतम पारेको छ । उनले बिदेशी सगँको संगत कति गर्ने र कसरी गर्ने भन्ने स्पष्ट धारणा बनाएका थिए । यसका साथै उनले नेपालमा मिसिनेरीका रुपमा छिरेका कतिपय पश्चिमाहरुलाई देश निकाला समेत गरेका थियो । त्यो कुरा कति सम्म ठीक थियो आज बुझ्न सकिन्छ । अहिले पहिले जस्तो मिसिनरीहरू फरक रुपमा छन् । अहिले कतिपय राजनैतिक मुद्धा जुन हामी आँफैले ल्याएका हौं भनिरहेका छौं ति मुद्धामा ठूला ठूला गैरसरकारी संस्थाले हामीले ड्राफ्ट गरेका थियौं समेत भनि सकेका छन् । हामी एकातिर कालापानी, लिपुलेक लगायत कतिपय ठाउँहरु भारतले मिचेकोमा गाली पनि गर्छौं भने अर्कोतिर पृथ्वीनारायण शाहलाई महत्वकांक्षी शासक भनेर सरापेको देखेका छौं । यो दोहोरो चरित्र हो । यदि देश गुमेकोमा चिन्ता लाग्छ भने देश एकिकरण गरेकोमा फेरी किन यति रिस ।
पृथ्वीनारायण शाहलाई धुपबत्ती धेरै नबालौं भनेर बाबुराम भट्टराईले भनेका छन् । शाहले देश सबै जातीको फुलबारी रहेको कुरा उ समयमा भनेका थिए । नेपाल एकसय भन्दा बढी भाषा जातजाती भए पनि आजसम्म जातका आधारमा झगडा भएको छैन । यस्तै सौहाद्रपुर्ण वातावरणमा जसले जातीय राज्यको नारा लगाए तिनीहरूले नै बढी शाहको बिरोध गरिरहेका छन् । अहिले संघियता पछि राखिएका नामहरू समेत नदीनालाहरूले पाए मान्छेले पाएनन् भन्नेहरू नै शाहलाई खलनायक बनाउँदैछन् ।

अहिले हामी जहाँ नेपाली र नेपाल भनेर छातीफुलाई रहेका छौं त्यो शाहले एकिकरण नभएको भए आज भारतको ईष्टईण्डियाको गुलामी गरेर बस्न बाध्य हुने थियौं । बेलायतले करीब करीब विश्व खाई सक्दा समेत नेपाललाई बचाईराख्ने पुर्खालाई अहिलेकाले सम्मान दिनुपर्नेमा उल्टै निन्दा गरिएकोछ । आङकाजी शेर्पाहरूले उनको शालिकमा थुक्ने र कालोमोसो दल्ने कार्यक्रम को तालिका नै सामाजिक संजालमा समेत पोष्ट गरेका थिए । हुन त नयाँका नाममा सबै भत्काउने कामलाई प्रगतिशिलको जलप लगाईयो कुनै बेला तर हिजोको ईतिहासको ख्याल नगर्दा आज हाम्रो भुभाग प्रत्येक दिन खुम्चिँदै गएको छ ।
पृथ्वीनारायण शाहले एकिकरण गर्दा केवल कुनै जातीलाई प्राथमिकता दिएनन् । बिसे नगर्चिका सल्लाहलाई उनले राम्रो सगँ पछाए । शाहले कुनै धर्मलाई, जातलाई, थरलाई प्रधान मानेका थिएन । यो कुरा शिलान्यास किताबमा राम्रोसँग उल्लेख गरिएको छ । गोर्खा राज्य अरु राज्यभन्दा गरीब थियो । गरीब राज्यका जनताले गतिलो शासक पाए आफ्नो जीवनस्तर पनि सुध्रिन्छ भन्ने सोचेर शाहको एकिकरणमा सहयोग गरे भनेर कतिपय ईतिहासकारले लेखेका छन् । तर गोर्खा राज्य कब्जा गर्दा त्यति सजिलो भएन जति ईतिहासकारले बताए । शाहले एकिकरण गरेर बाईसे चौबीसे राज्यलाई एक ठाउँमा नल्याएको भए आज हामीले यो देश भारतको कुनै प्रान्तका रुपमा हुने थियो वा नेपालमै आआफ्नो लडाँईले सकिने थिए । देश शाहले बनाएर गए त्यसलाई प्रकृतिले थप सौन्दर्य दियो तर त्यसपछिका शासक र अहिलेसम्म आईपुग्दा केवल गफ मात्रै स्वीजरल्ण्ड जस्तै भए काम भने भएनन् ।
एक ईतिहासकार प्रत्युष वन्तले शाहका दिब्य उपदेश १९९० पछि मात्रै चर्चामा आए त्यो पहिला कहाँ थिए भनेर शंका व्यक्त गरेका छन् । उनको उपदेशलाई सके होईन भन्ने बनाउने हो भने पनि उनले सबै भनेका थिएन भनेर यसको अपव्याख्या गर्ने गरी प्राज्ञिकहरू समेत लागी परेका छन् । शाहलाई बडामहाराज भनियो यो गणतन्त्रमा किन भन्ने ? उनलाई नायक बनाईयो अब पनि किन बनाउने जस्ता तर्क पनि आईरहेका छन् । कुनै पनि कुरालाई त्यो समय अनुसार हेर्दा मात्रै वास्तविकता बुझ्न सकिन्छ ।

जातिय रुपमा कलह चाहने, मानसिक रुपमा बिदेशीको दास बन्न चाहने, भुभागका हिसाबले नेपाल नचाहिने तत्वहरूलाई उनी बिष भएका छन् । युद्धमा कहिँकतै केहि नभएका होईन पक्कै मान्छे मरे तर आफ्नो युद्धलाई जनताले कति मान्यता दिए त्यो नहेरी उनको युद्धमा भएका कुनै निश्चित घटनालाई उछालेर सिङगो योगदानलाई निन्दा गरिँदैछ । कुनै पनि देशलाई आक्रमण गर्नु छभने पहिले त्यहाँको भाषा र संस्कृति माथी प्रहार गर भन्ने पश्चिमाको निती बिपरित जब पृथ्विनारायण शाह लागे त्यसैको बदला अहिले विभिन्न फण्ड दिएर चलाईने प्राज्ञिकदेखी अन्य गोष्ठी एवं छलफलमा यहि अराजकता घुसाईरहेका हुन्छन् । हामी कुनै बिदेशी आउँदा सार्वजनिक बिदा दिन तयार छौं तर नेपाल भन्दा सक्ने र नेपाली लेख्न सक्ने जसले बनायो उसका बारेमा पनि हामीलाई चासो र चिन्ता छैन । सके सम्मान गरौं नभए अपमान त नगरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->