आजको २१ औँ युगमा पनि हाम्रो समाजमा पृतिसत्तात्मकले छपक्कै छोपेको छ । अझै पनि देश तथा समाजमा महिलामाथि हिंसात्मक क्रियाकलाप गरिन्छ । जतिसुकै भाषण गरौ, जतिसुकै महिला हिंसाका अभियान ल्याए पनि व्यवहारमा भने उस्तै छ । यहाँ हरेक किसिमले महिलाहरु हिंसाको सिकार भएका छन् । कतिपय महिलाहरुले चुपचाप सहन्छन् त कतिपय महिलाले आवाज उठाउँदा उल्टै उनीहरुमाथि दुव्र्यवहार, अनेक लाञ्छना लाग्छ, जसले गर्दा हिंसाको घटनाहरु अन्त्य हुन सकेको छैन । वास्तवमा सामाजिक मुल्य मान्यता तथा परम्परागत सोचले महिलाहरुलाई बाँधेर राखेको छ । जस्तो कि एउटा परिवारमा पुरुष सर्वेसर्वा हुन्छ किनकी बाबुको नियन्त्रण र अनुशासनमा परिवारका सदस्यहरु बस्नुपर्छ, कारण पुरुषको प्रभुत्व हुन्छ जसले गर्दा सामाजिक, आर्थिक, राजनीति लगायत अन्य क्षेत्रहरुमा पुरुष केन्द्रीय स्थान रहेकोे र महिलाहरु केवल चुलोचौकोमा सिमित हुनुपर्छ भन्ने मान्यताले वा महिलाहरु अरुको घरमा जाने, उनीहरुलाई घरको कामधन्दा सिकाउनुपर्छ भन्ने मान्यता हिजोको पुरानो रित थियोे तर विस्तारै विस्तारै त्यो समयदेखि आजको आधुनिक समय अथवा विज्ञान र प्रविधिको समयमा परिवर्तन त भएको छ ।
आज महिलाहरु साक्षरता प्राप्त गरेका छन्, डाक्टर, पाइलट, इन्जिनियर, शिक्षक तथा सामाजिक संघसंस्था जस्ता विभिन्न क्रियाकलापमा संलग्न भएका छन् । महिलाहरु देशको उच्च पदमा पुगेका छन्भने महिला हिंसाका विभिन्न कार्यक्रम र अभियानहरु सन्चालन पनि भएका छन् तर अझै पनि महिलाहरु शोषित, पिडित भएको अवस्था छ । जुनसुकै ठाउँ, क्षेत्र अथवा जिल्ला नै भनौ न महिला माथि दुव्र्यहारका घटना घटिरहँदा सामान्य आम जनतादेखि केन्द्रीय स्तरसम्म महिलामाथि अझै विभेद गरिन्छ । हाम्रो समाजमा छोरा र छोरीमै विभेद छ । प्रायःजसो अभिभावक छोराको चाहानामा कैंयौ महिलामाथि अत्याचार गरेका छन्, भु्रण हत्या समेत भएको छ । खुलेर बाहिर आउन नसकेका घटनाहरु बढ्दो क्रममा रहेका छन्, हाम्रो देशमा ऐन कानुन नबनेको त होइन तर कानुनी व्यवस्था खुकुलो भएको कारणले गर्दा पनि यी र यस्ता घटनाहरुले प्रोत्साहन पाइरहेका छन् । खै के भनु महिलाहरु अग्रता हासिल गर्न नसकेको प्रमुख कारण पुरुषसरह महिलालाई पनि हकअधिकार दिनुपर्छ भनियो । त्यस्तै महिला पनि स्वतन्त्रपूर्वक बाँच्न पाउनुपर्छ भन्ने हिसाबले पनि महिलाहरुलाई धेरै छुट दिएको कारणले पनि महिलाहरु छाडा बन्दै गएको अवस्था सिर्जना भयो । आफ्नो हकअधिकारलाई सहि ढंगले प्रयोग गर्न नसक्दा हाम्रो समाजमा नकारात्मक घटनाहरु घटेका छन् । यस्ता खालका समस्याले गर्दा आज उच्च पदमा पुगेका व्यक्ति पनि कुनै न कुनै रुपले शोषित छन् । साँच्चै भन्ने हो भने संसारका सबै ठाउँमा हुने प्रकृतिका हिंसामा पुरुषको तुलनामा महिलाहरु नै बढि प्रभावित भएका देखिन्छन् । जस्तो कि कुनै पनि समुदायकै कुरा गर्दा त्यहाँको वातावरण, सामाजिक परम्परागत र अशिक्षित सोचका कारण महिलालाई हेर्ने दृष्टि हिजो पनि उस्तै थियोे र आज पनि उस्तै छ । हिजोको परम्परादेखि चल्दै आएको बोक्सी प्रथा, बहुविवाह, देह व्यापारमा लगाइनु, जर्बजस्ती करणी, कुटपिट, अंगभंग, श्रमशोषण तथा अवसरबाट बञ्चित सबै किसिमका हिंसाहरु आज पनि हट्न सकेको छैन । हामीले दिन प्रतिदिन दुःखद घटनाहरु सुनेका हुन्छौं, समयले फड्को मारिसक्दा पनि यसको निराकरण हुन सकेकै छैन । तपाईं हाम्रो समाजमा मात्र नभई अन्यत्र पनि यस्ता घटना पटकपटक दोहोरिरहेका छन् । आफ्नै परिवारमा महिला सुरक्षित छैन, महिला मात्र होइन कलिला नाबालक समेत शिकार भएका छन् त कतै अफिसका अफिसरबाटै, साथीभाई र ईष्टमित्रबाट पनि महिलाहरु यौन शोषण भएको छभने अर्काेतिर घरेलु हिंसा समेत खेप्न बाध्य छन् । पछिल्लो समयमा अधिकांश महिलाहरु घरेलु हिंसाका सिकार छन्, कारण छोरा जन्माउन नसक्दा अथवा बच्चा जन्माउन नसक्ने, उचित दाइजो लिन नसकेका कारणले अर्को विवाह गर्ने जस्ता समस्या बढिरहेको छ ।
बद्लिँदो समयसंगै नीति नियम, ऐन कानुन त बनेका छन् तर ठूला शक्ति र बलको आडमा शोषित वर्गहरुले न्याय पाउन सकिरहेका छैन । केही हदसम्म त महिलाहरु आफ्नो स्वतन्त्रताको दुरुपयोग गरेका छन् । हामीले सुनिरहेका र प्रत्यक्ष देखिरहेका छौ आजभोलिका महिलाहरु बढि सौखिन भएका कारणले आफ्नो घरवार बिगार्ने, बढि ऋणमा फस्ने अनि तिर्न नसकी गलत बाटो अपनाउने, चोरीडकैती गर्ने, यौन पेशामा लाग्ने गरेको अवस्था छ । यसले गर्दा पनि हाम्रो समाजमा नकारात्मक क्रियाकलापप्रति आकर्षण बढेको छ । फेसनका रुपमा लिने गरिन्छ घरबार, छोराछोरी तथा सम्पत्ति हिनामिना गरेर हिड्ने जसले गर्दा आत्महत्या तथा हत्याको घटना बढेका छन् । यसले भोलिका बालबालिकामा कस्तो प्रभाव पार्छ होला त ? महिला स्वयं आफुलाई शोषित तुलाएका छन् । एकातिर पुरुष सरहको छुट खोज्ने हकअधिकार चाहियो भन्ने अर्काेतिर स्वयं गलत बाटो रोज्ने, कतै अनैतिक त कतै विवेकहिन क्रियाकलापमा संलग्न हुने अनि कसरी महिला हिंसा अन्त्य हुन्छ ? पुरुषप्रधान देशमा महिलाहरुलाई दबाउदै आएको छ । चाहे जुनसुकै क्षेत्रमा होस राज्यको उच्च पदमा रहेता पनि महिलालाई कमजोर ठानिन्छ र त आज सभामुख जस्तो गरिमामय पदमा समेत पुरुषत्व खोजियो ।
चाहे जतिसुकै पढौ, जतिसुकै समाजमा उल्लेखनीय काम गरौ हामीलाई हेर्ने दृष्टि बद्लिन सकेको छैन । सामान्य परिवारमा त विभेद हुन्छ भने राज्यका हरेक निकायमा शोषित के नभएका होलान, कतै इज्जत त कतै मान प्रतिष्ठामाथि आँच पुग्ने एक प्ररकारको डरले गर्दा आज महिलाहरु जस्तोसुकै व्यवहार सहन्छन् । यदि त्यसको विरुद्ध लाग्यो भने त्यहीँ महिला नै गलत बन्न पुग्छे, यो हाम्रो समाजले नै सिकाएको हो । पुरुषले जतिसुकै महिला घरमा ल्याओस त्यसको टीकाटिप्पणी नहुने तर त्यहीँ महिलाले घरमा कुनै पुरुष ल्याहोस् त कुरा काटिहाल्छ, नकारात्मक कुराहरू उत्पन्न हुन्छ । यी र यस्ता कुराहरू तिनै महिलाले सामाजिक भुमिका निभाइरहेका हुन्छन् । आखिर आफुले आफुलाई नै दबाउने काम हामी महिलाले नै गरिरहेका छौ । जबसम्म हामी र हाम्रो सोच परिवर्तन हुँदैन हामी कहिले पनि पुरुष सरह बन्न सक्दैनौं । भनिन्छ केही कार्य गर्नु पहिला त्यो कार्यको लागि आफु सक्षम छु कि छैन त्यो हेर्नुपर्छ । अनि मात्र जुन कार्यको लागि आफु योग्य छौ हामी त्यहीँ कार्य गर्नेुपर्छ किनकी समाज तथा देश परिवर्तन गर्नु छभने पहिला स्वयं परिवर्तित हुनुपर्छ । तसर्थ, वर्तमान परिस्थितीलाई सुधार्न र अहिले विभिन्न घटनात्रमलाई नियन्त्रण गर्न सामान्य आम नागरिकदेखि राज्यले समेत ठोस कदम चाल्नुपर्छ र कानुनी प्रकृया बलियो बन्नु आवश्यक छ ।




