बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आस्था प्रकरण : निहुरोलाई बञ्चरो !

आस्था प्रकरण : निहुरोलाई बञ्चरो !


  • Dhorpatan News
  • माघ १५ २०७६, बुधबार

नेपाली समाजमा उखानै छ,‘निहुरोलाई बञ्चरो लगाउन पर्दैन ।’ तर, प्रहरीले सोमबार यस्तै हर्कत ग¥यो । फेसबुकमार्फत प्रहरीलाई गाली गरेको आरोपमा गायिका आस्था राउतलाई पक्राउ ग¥यो । अनुसन्धानको लागि भन्दै ४ दिनको म्याद थपियो अनि मंगलबार ४ हजार रुपैयाँ धरौटीमा छाडियो । प्रहरीको आँखाबाट हेर्दा मुद्दा परेपछि पक्राउ गर्नु र कानून अनुसार दण्ड दिनु स्वभाविक होला तर आम नागरिकले भने यो घटनालाई प्रहरीको ज्यादतिकै रुपमा अथ्र्याए । सामाजिक सञ्जालमा प्रहरीको कामप्रति अनेकौँ टिकाटिप्पणी भए । आस्थाले आफूमाथि विमानस्थलमा अभद्र व्यवहार भएको भन्दै प्रहरीको आलोचना गरेकी थिइन् । आलोचना गर्ने उनको शैली राम्रो थिएन नै । तर, आस्थाभन्दा प्रहरी एक कदम अघि बढ्यो । सामान्य विषयलाई तन्कायो र आफै प्रहरीकहाँ पुगेकी उनलाई एकरात चिसो ( ?) छिँडीमा सुतायो ।
संयोग कस्तो भने, कुटपीटको आरोपमा पक्राउ परेका गण्डकी प्रदेशका सभासद राजीव गुरुङ ३ दिनपछि साधारण तारेखमा छुटेकै बेला आस्था पक्राउ परिन् । सभासद गुरुङ पनि एउटा प्रक्रियाबाटै छुटेका हुन् तर आस्थालाई पक्राउ गर्ने प्रहरीको कदमलाई आम मानिसले अपराधिसँगको प्ररही साँठगाँठको रुपमा जोडेर हेरे । आस्थामाथि भएको घटनालाई सामाजिक सञ्जालमाथिको सरकारी दृष्टिकोणसँग पनि जोडियो । सरकार सामाजिक सञ्जालमा बोलेकै÷लेखेकै आधारमा ५ वर्ष कैद र १५ लाखसम्म जरिवानाको डर देखाएर नागरिकको मुख बन्द गर्न उद्यत छ । यस मानेमा, प्रहरीले सरकारको त्यही आशयलाई व्यवहारमा उतार्न खोजेको त हैन भन्ने प्रश्न यो प्रकरणले उब्जाउनु अन्यथा पनि हैन ।
नेपाल प्रहरीलाई एसियाकै अब्बल प्रहरी भएको दावी गरिन्छ । नेपाल प्रहरीले चाह्यो भने जस्तोसुकै अनुसन्धान पनि सम्भव छ भन्ने चर्चा चलाइन्छ । तर, व्यवहारमा भने त्यस्तो देखिएको छैन । कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी बालिकाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । अनावश्यक बल प्रयोगको मामलामा पनि प्रहरी आलोचित छ । मुस्कानसहितको सेवा दिने नारा बोकेको प्रहरी व्यवहारमा भने क्रुर देखिन्छ । नागरिकका गुनासा सुन्न र आफूलाई सच्याउन ऊ तयार नभएको आस्था प्रकरणले पनि प्रष्ट पारेको छ । कतिपय अवस्थामा प्रहरीले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गर्दे नागरिकमाथि डण्डा बर्साउने काम पनि गरेको छ । यी र यस्तै गतिविधिले प्रहरीप्रति आम मानिसको धारणा नकारात्मक बन्न पुगेको छ । तर, प्रहरी चेत्दैन । सुध्रिएको ढ्वाङ पिटाए पनि व्यवहारमा उस्तै देखिन्छ । अपराधीहरुसँगको साँठगाठमा पनि प्रहरी अछुतो छैन । यी र यावत कमजोरीलाई नसच्याउने हो भने प्रहरी थप अलोकप्रिय हुने खतरा बढेको छ ।
हो, दिनरात काममा खट्ने प्रहरीहरुमा अन्य व्यक्तिभन्दा बढी तनाव हुन्छ । प्रहरी संगठनले तल्ला जवानहरुको मनोविज्ञान बुझ्दै उनीहरुलाई मनोवैज्ञानिक तवरले नै नम्र बन्न अझै सिकाउन सकेको छैन । मुस्कानसहितको सेवा भन्ने नाराले मात्रै मुहारमा मुस्कान आउने हैन । मुस्कान ल्याउनको लागि विनम्रताको पाठ पढाउनैपर्छ । अर्कोतर्फ कानून पालना गराउने व्यक्तिलाई साह्रै नरम बन्नू भन्न पनि सकिँदैन । कानून पालना गराउनेहरुसँग आम मानिस रुष्ट हुनु अस्वभाविक पनि हैन । तर, यसो भनिरहँदा अहिले आफूलाई अब्बल सावित गर्ने र आफूप्रति श्रद्धा जगाउने दायित्व भने प्रहरीकै काँधमा जान्छ । किनकि, जनताको करले पालिएको सत्यलाई प्रहरीले बिर्सन मिल्दैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->