७
भौगोलिक कठिनाईका कारण बस्तीबस्तीका दुरीहरु अनायास सकसका पाटो बन्न पुगेका परिप्रेक्ष्यमा बढी समयको समस्या पनि एउटा पाटो हुन गएको रहेछ । गाउँमा यातायातको सहजताको कमी र गरिवीको हिसावले भाडाको जोहो गर्न नसकी संक्रमितहरुवाट उपचार नै छाडी हिडने भएको अवस्थाले जीवनवाट हरेस खाई बरु मृत्यु वरण नै उपयुक्त रहेको बुझाइ पनि नसुनिएको हैन । साथै समाजवाट दुरदुर र तिरस्कारको भयवाट उनीहरु समाजिक बन्न नसकी एकान्त जस्तै भएकाहरुबारे मेरा मित्रहरुवाट गरेका तथ्याङक वाट विकराल रुप भएको सरकारले के बुझोस् ? । यसरी अराजकताको प्रपञ्चको खुल्ला मानसिकतामा बलात्कारको खेल भएको सिधासाधाले बुभ्mन कुनै कठिनाई रहेन ।
बारम्बार एउटा कुराको हेक्का राख्ने गरेकी छु , जसले मलाई जहिले नि अभिप्रेरित गराइराखेको हुन्छ र मेरा तीन मित्र एलिना , विष्णु र चन्द्रालाई पनि भनिसकेकी छु । मेरो क्लासमेट मित्र नमिता म सँंग अति मिल्ने थिई ,अब्बलकी ,साह्रै मेहेनती, आफनो स्वाभिमानको ठूलै खातिर राख्दथिई । हिङ नभए पनि हिङ वाधेको टालो त छ नि भने जस्तै । बीचमा राम्रो पढाइको सिलसिलामा विदेश गइन् । तर छिटृै फर्केछिन् । एक शनिवार मलाइ लिन गाडी नै लिएर आई । उनको घरमा दिनभर जस्तै बसाइ भो । विदेश वस्दाका कथाहरु सँगै बढी रुष्ट भएर फर्केकी रहिछे । विज्ञानको प्रविधिले धपक्क ढाकेको देश हरेक ठांउँमा यान्त्रिक सञ्चालनबाटै व्यस्त शहर र शहरका वासीहरु । सन्दर्भ गांस्दै उनले भन्थी …उनीहरुले तिम्रो देश साह्रै सानो र मानचित्रमा सानै देखिने । नेपाल भन्ने शब्द र ठाउँ नै थाहा गर्न नखोज्ने अनि विज्ञानको पहल कदमीमा के तिम्रो देशमा यस्ता सुविधाहरु छन ्? ……यस्तै यस्तै ससाना कुराहरुलाई इङ्ंगित गरेर बारबार सोधिरहनुमा म आफूलाईनै ग्लानि महसुस गरिरहेकी हुन्थे …म मेरो स्वाभिमानलाई अग्रभागमा राखेर धक फुकाएर भन्थें .. मेरो देश सानो छ । यो पक्के हो तर सुन्दर छ । तिमीहरुलाई यो मात्र भन्छु कि संसारको अग्लो चुचुरो एभरेष्ट र संसारमा शान्तिको क्र्रान्ति गर्न खोजेको महान मान्छे गौतम बुद्ध मेरैै देशमा छ जस्लाई हामी लर्ड बुद्ध भनेर भन्छौ । मेरो देशका जनताहरु मिलनसार छन् बस यत्तिनै अरु बुभ्mन नेपाल जानु पर्छ । हामी नेपाली महिलाहरु पनि तिम्रो देशमै पढेर सिकेर राम्रो स्तर पनि कायम राखेका छौं । लाग्छ हुन सक्छ अल्लारे वैंशका ती सहमित्रहरुले राम्रै भने पनि परिपरि र कहिकतै होच्याएको सिलसिला ठानें । मेरो स्वाभिमानमाथि ब्रेक लगाएको भान बराबर भैरहन्थ्यो । मेरो उफानमा मेरो देशको गरिबीपनलाई ठाडै हस्तक्षेपको हानथाप लाग्यो । पटक्कै बस्न मन लागेन इच्टाशक्ति वनाउन सके बरु मेरै देशको गाउँंगाउँको बस्ती कन्दराहरुमा नागरिकहरुको लागि कही सेवा गरीे नाम कमाउन त सकिन्छ । त्यसैले यही सोच लिएर नेपाल फर्के । मैले सोधें … बाबा आमाहरुले कही कम्प्लेन त …..उनले.बीचैमा भनिन् … हेर कुमु मेरा दिलमा जुन कुराले घर बनाइसकेको थियो , त्यो मैले स्पष्ट राखे । उहाँहरुले ठीक्कै भन्नु भएको छ । असमञ्जसैमा भने….नमिता …उनको हातमाथि हात राख्दै…..हेर पासा….. जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । जहांँ होस तिमी जति शिक्षित भए पनि आखिर केही गरे पनि नेपाल त हो नि । संघर्ष त जीवनै हो संघर्षमै जीवनत्व खोज्ने हो जो यहां पनि पाइन्छ ।
खोज्छन् सबै सुख भनी ,सुख त्यो कंहां छ
आफू मिटाई अरुलाई दिनु जहां छ ।
कस्तो सचेतना भावना कति भित्री तहसम्म जान्छ पढदामै ।.नमिताले मेरो कांँधमा थपथपाउँदै भनिन्… ..हेर कुमु… तिम्रो भावना मैले बुझिसकेकी छु र तिम्रो अभियान फगत एउटा निस्वार्थ भावनावाट पे्ररित भएको अमरत्वको खोजी । शतप्रतिशत तिमी देशको सबल नागरिक ..उनले.मेरो निधार चुमी ।
धेरै पहिले एउटा बाल कथा पढेकी थिए ….माटोको डल्लो र पातको भ्रमणको कथा झैं म पनि मेरो अभियान र घरको परिवेशलाई सँगसँंगै परिचालित गरिरहेकँी छु । आज रमाइलो परिवेश बनेको छ । हाम्रो भावनासंग जुझ्ने बैनीहरुको राम्रो जमघट छ । केही लक्षित गांउँबस्तीलाई नै हाम्रो मुख्य लक्ष बनाउने सोंच गर्यौ । सैलजा ÷ हिराकासी ÷ धनसरी ÷,नर्मदा जस्ता बैनीहरुको दीर्घ धैर्यता पाएर मन औधी प्रफुल्ल भएको छ । यी मेरा तीन मित्रहरुको निरन्तरताको अदम्य साहसलाई सलाम दिएंँ । चन्द्राले हाम्रो अभियानको अन्त्यताको समय जताउँदै अभियानको वारेमा प्रकाश पार्न आग्रह गरिन् …..अनायासै मन भक्कानिदै थियो ….. सम्हाल्न नै साह्रो कठिन रहँदा रहँदै क्षणिक समय लिइहाल्यो ……..आफूलाई सम्हाल्दै .बोलें….. यस देशका सुदुर. वस्ती र वस्तीवासीहरुका म जस्तै मेरा अग्रज र दिदी बहिनीहरु…. केही दिनहरु तपाईहरुसंँगको सङ्ंगति पश्चात आफूमा ताजगीपन महसुस गरेकी छ ु । एलिना, विष्णु चन्द्रा तीन मित्रहरु र म गरी एउटा रथका चार पाङग्रो जस्तै छौं । यिनीहरुविना म अपाङ्ग छु । मेरो मन बिच रहेको मेरो अभियानको अङ्कुरलाई हुर्काउने पनि यिनीहरुनै हुन । मेरो मनमा सुषुप्त अवस्थामा रहेको भावनालाई एक्कासी एकै मत राखेर हौसला दिने र हराभरा गराउन तत्पर रहनुहुने पनि यहाँंहरुनै हुनुहुन्छ । कताकता मेरो मनले छान मारेको मेरो समर्पित भावनाको न्यायिक पक्ष दिलाउन कदमकदममा लागि परेकोले पनि मलाई साहस वढेको हो । प्रथमतः यसवाट दुईवटा फाइदा देखेको छु । एउटा परम सेवा अर्को आप्mनै ठाउँमा अशिक्षितभै व्यहोर्नु परेका विकराल समस्याको निराकरण गर्न सकिने पहल ।
यस सुदुर क्षेत्रको करिव २५००००० जनसंख्यामा अधिकाश ठाउँमा जे जस्तो अवस्थाको भूमरी मदारिरहेको छ यो तपाईहरुलाई औधी थाहा छ प्रथमतः मेरो अध्ययनको विषयको रुपमा रहेको रोगसन्वन्धी नै मेरो मुख्य समस्या हो यसैलाई मैले प्राथमिकतामा राखेकी छ ु । भन्दै गरें दिदीबहिनी र अग्रज महिलाहरुको मात्रै अधिक पक्षलाई लिनुमा महिलामा वढी अनुसाशित , लगनशीलता, र जिम्मेवारिता बहन हुने भएको हुँदा सबल पक्ष हुन्छ नै । पुरुषको अगुवाई पनि नितान्त ।
८
आवश्यक हुन्छ । यहांँका बस्तीहरुको नै सहभागिता अनिवार्यता हुन्छ । मेरो अभियान त्यति ठूलो होइन सानो तर महत्वको छ । हामीहरु वीच भैरहेको समस्याका छलफल अति महत्वका हुन । यस क्षेत्रमा रहेका स्वास्थ्यका विकृतिहरु दिन प्रतिदिन घट्दो होइन बद्दो छ । यत्रा स्वास्थ उपचार केन्द्र एनजिओ आईएनजिओ संघ संस्थाहरुको ठूलो संञ्जाल भएर पनि किन संक्रमित रोगीहरुको चाप बढिरहेको छ ? बुझिनसक्नु छ । यसबारे म वोल्दिन । सरकारी तथ्याङकमा रोगीहरु घटिरहेको छ भने वास्तविकता भयावह छ , यो बुझने कसले ? । धेरै धेरै धेरै धनराशी वालुवामा खन्याएका पानी झै छ । हामीमा चेतनाको कमी छ । टाँठाबाठाहरु शहर भासिएका छन् । लाटा सोझा बिचरा के गरुन् । स्वास्थ्यकर्मीहरुको न्यून उपस्थिति, संक्रमित उपचार केन्द्र सदर मुकाम र सुविधामुखी केन्द्रित रहेपछि भौगोलिक कठिनाइको सामना गर्न कतिञ्जेल सक्षम हुन सक्छन जनता ? आर्थिक समस्या , कुपोषणवाट ग्रसित बालबालिकाको रेखदेख, दिनदिनको खानेको जोहो ……..। यसरी कागजमा मात्र समस्या समाधानको झूठो प्रचारले हामीहरु धेरै तल तल छौं । अब चेतना जगाउनु पर्छ । हामी साक्षर पनि छौं । न्यायिक आवाज उठाउनु पर्छ ।
देशको इतिहासमा यस सुदुर जिल्लाहरु एच आइ भि संक्रमितको भयावहको रुपमा हेरिएका छन् । सरकारको मुख ताक्ने बानीले हामी कहिल्यै उँभों लाग्दैनौ । यसले हामी धेरै पछाडि जान्छौं । संक्र्रमित पुरुष महिलाको तथ्याङक मात्रै र उपचारमा कमीकमजोरीले गर्दा छाडा रुपमा रहेका यिनीहरुवाट धेरै महिला र पुरुषहरु संक्रमित हुन पुगेको तीतो सत्य हो । यस्ता रोगीहरुको क्याम्पिङको रुप दिनु पर्दछ जहा निरन्तरताको उपचार होस् । सरकारमा कहिले सद्बुिद्ध आउला । परिवार परिवारभित्र स्वास्थ्यको प्रारम्भिक लक्षण र सतर्कताको चेतना आउनुपर्छ । समयमै रोग निदानको पहल हुनु जरुरी हुन्छ र यो हामीहरुबाट मात्रै सम्भव हुन्छ । छाउपदीका समस्या त्यस्तै छन्। यस्तो अमानवीय संस्कारलाई भगवान रिसाउछन् भन्ने संस्कारले ठुलै जग गाडेर बसेका ग्रसित सोंचहरु बोकेका पुरुषवाट थिचिएका छन् । विभिन्न क्षेत्रहरुवाट भएका भैरहेका यावत कार्यहरु असफल भै रहेको बेला बस्तीका मानिसहरुले यी सन्देशहरु किन बुझ्न सकेनन् ? यो कस्तो संस्कार हो ? आखिर मान्छेले नै बनाएको संस्कारलाई हामीले परिमार्जित,सहज र सरल गराउन नसक्ने ?कति दिदी बहिनीको ज्यान गै सकेको परिपेक्षमा यो ेसमस्याको पहलमा हामी आफैले आफुलाइ परिवर्तन गराउन सक्नु पर्दछ र समाजमा सचेतनाको आहवान गर्नु पर्दछ ।
यो अभियानमा अभ्यस्त रहनु भएका हामी महिलाहरुले प्रथमत के बुझन जरुरी छ भनपरीक्षण सेवा र रोगीहरु पत्ता लगाउनु मात्र ठूलो उपलव्धि होइन , रोकथाम र निदानका साथै विदेशवाट बस्ती भित्रिने र रोग लुकाउदै हिडने संक्र्रमित रोगीहरुका सम्पूर्णको अनिवार्य रगत परीक्षण गरी समयमै यसको समाधान गर्दै जाने र विषेशतः महिलाहरुको शारीरिक परीक्षणमा आवश्यक ध्यान दिनुपर्दछ । जन्मदर बृद्धिमा गर्भवाटै संक्र्रमित भैरहेको पनि विद्यमान रहंँदा समय– समयमा यौन परामर्श र परिवार नियोजनको साधन उपयोग वारे अत्यधिक ध्यान जानुपर्ने जरुरी छ ।
रह्यो हक र अधिकारका कुरा । कसैको अधिकार हनन हुनु हुँदैन, यो सही कुरा हो । यसो भन्दै गर्दा कसैको जीवनमा खेलवाड गर्नु त्यो पनि ठीक होइन । स्वास्नीको हकमा लोग्नेले जबरजस्ती पनि गर्न पाउँदैन उनको स्वीकृतिविना । हेर्नुस् त बैंसरी दिदीको अवस्थाले मलाई यहा ल्याइ पुरययो । हामीले अधिकारको वारेमा वोध गरेनौ भने जतिखेर पनि हामी निरही बन्छौं । श्रीमान श्रीमती भनेको खालि रमाइलोको लागि मात्र होइन । एक अर्कोको विश्वासको कसीमा घोटिएर जीवन संसार चलाउने सहमति लिएर जीवनमा आइपरेका सजिला असजिला डोबहरु मेट्दै लाने कर्म लिएर आएका हुन्छन् । लोग्नेले भनेका सवै कुरा बाध्यात्मक भएर सहन अब समय रहेन । नागरिकका हक अधिकारका कुरा गर्ने बुद्धिमानी दलाली अभियन्ताहरु सीमित घेराको पोखरीमा उफ्र्रने प्याङ्गे भ्याकुता सरी भए । तपाई हामीहरुको पहुंँच नपुग्ने प्राणीहरुको ‘काग कराउदै जान्छ पिना सुक्दै जान्छ’ भन्या जस्तो हो ।
मेरो अध्ययन भ्रमणको बेलाको जानकारीभन्दा बैंसरी दिदीको कथाव्यथाले औैधी पोलेको छ । कतिकति बैंसरी दिदीहरु होलान जो यसबाट मुक्त छैनन् । एउटी नारीको हैसियतले पनि यो कहालिदो अवस्था अब नआओस् । मैले भगवानसंग यी हात फैलाएर मागेर पाउने भए मेरो अन्तष्करणले यही व्यथाहरुको अन्त्यको माग गर्थे होला ….वास्तवमा भगवान मैले देखेको छैन तर पूर्वजले सिकाएर, हिडालेर, भनिएर मात्र भगवानप्रति आस्था राखेको छु । त्यसैले कर्मप्रति अभीष्ट भएर जिउनुको साथर्कताको खोजीमा रहेर म जस्तै प्राणीहरुमा केही गर्न सकेको रहेछु , यही मेरो सर्वस्व ठाने र यो क्षेत्रमा सानो भए पनि थोरै चेतनाको प्रवाह बहाउन सकें , मेरा अभिन्न सखाहरुलाई नमन गरें जो मेरो समर्पित मनको भावनामा समर्पित भए । अग्रज दिदिहरु हामी प्राणीहरु शारीरिक, प्राकृतिक रुपमै यौनका भोकलाई बितिरहेको र भोगिरहेको पीडाले पनि संंंयमता अपनाएर मनलाई लान सकिएन भने निदानभन्दा प्रकोपको अवस्थाले ठूलो विडम्वना निम्त्याउनेमा दुई मत छैन । ग्रसित व्यक्तिहरुको निदान नभएसम्म बेग्लाबेग्लै क्याम्पिङको प्रबन्ध भै उपचारको जोहो हुनु पर्ने र त्यस्ता व्यक्तिहरुको उक्त स्थानमा सार्वजनिक हुनु पर्छ अन्यथा इन्द्रको बाउ चन्द्र आए पनि समस्या समाधान हुनेवाला छैन । तपाईहरुलाई भन्न चाहन्छु मान सम्मान सँगको कुनै तुलनामा तपाईहरु रहनु हुन्न किनभने यो सेवानै काफी छ हेर्नुस् …….“. भक्ति गाउने ओंठ भन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन् । ” यस कार्यको लागि स्व. पिताको स्मृतिमा एउटा कोषको थालनी गरेको छु जसको व्याजले यस कार्यमा थोरै भएपनि सहयोग मिल्ने आशा राखेकी मैले मेरो दुवै हातलाई टेबुलमा राखेर समर्पितका हातहरुको समर्पण मागें एक, दुई, तीन चार र पांच हुंदै म भन्दा अग्ला हातहरुको चाङ थपिदै थियो । आमा उत्सुक्ता र भावमा दुव्र्दैै हुनुहुन्थ्यो ।




