बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गनोरिया वा सुजाक

गनोरिया वा सुजाक


  • कृष्ण कुमार सैजु
  • माघ २४ २०७६, शुक्रबार

अधिकांस बयस्क महिला तथा पुरूषहरूमा देखिने तर प्रायःगोप्य नै राखिने संक्रामक सरूवा रोग हो गनोरिया । गनोरियालाई आयुर्वेदमा धातुरोग भनेर चिनिन्छ । गनोरिया अङ्ग्रेजी शब्द हो । अङ्ग्रेजीमा यसलाई गनोकोक्कल इन्फेक्सन, गनोकोक्कल युरेथ्राइटिसअथवा द क्ल्याप भनेर पनि चिनिन्छ । निसेरिया गनोरी नामक ब्याक्टेरियमका कारणले सर्ने यो रोग यौन सम्पर्कबाट सर्ने सरुवा रोग हो । पुरुषहरूमा यो रोग लागेको बेला पिसाब गर्ने बेलामा पोलेको महशुस हुने तथा लिङ्गबाट थोरै गाढा रंगको झोल पदार्थ निस्कने हुन्छ । त्यस्तै महिलाहरूमा धेरै समयसम्म कुनै लक्षणहरू नदेखिने वा योनीबाट गाढा झोल पदार्थ निस्कने र तल्लो पेट दुख्ने हुन सक्छ । महिला तथा पुरुष दुबैमा लामो समयसम्म गनोरियाको उपचार गरिएन भने शरीरका अन्य भागमा पनि संक्रमण हुन सक्छ । यौनाङ्गको छेंउछाउ ंफैलिएर अण्डकोष पछाडि रहेको नसा (इपिडिडाइमिस) सुन्निने वा तल्लो पेट सुन्निने रोग लाग्ने वा पूरै शरीरभरि फैलिएर जोर्नीहरू तथा मुटुका भल्भहरूमा असर पुर्याउन सक्छ ।
यौन क्रियाकलापमा संलग्न रहंदै आएका २५ वर्षभन्दा मुनिका पुरूष तथा महिलाहरूलाई प्रत्येक वर्ष गनोरियाका लागि परीक्षण गराउन अनिबार्य हुन्छ । कन्डमको प्रयोग गरेर गनोरियाबाट बच्न सकिन्छ । पहिला प्रयोग गरिने एन्टिबायोटिक औषधिहरूको प्रतिरोध विकसित भएको हुनाले हाल यसको उपचारमा सेफ्ट्रियाजोन नामको एन्टिबायोटिक औषधि प्रयोग गरिन्छ । गनोरिया क्लामेडिया ब्याक्टेरियाको संक्रमणको साथमा आउन सक्ने र सेफ्ट्रियाजोनले यस्तो संक्रमण निको पार्न नसक्ने भएकोले साधारणतया सेफ्ट्रियाजोन पनि एजिथ्रोमाइसिन वाडोक्सिसाइक्लिनसँग दिइन्छ । कतैकतै गनोरियाका ब्याक्टेरियाले सेफ्ट्रियाजोनको पनि प्रतिरोध गरेको पाइएको छ । जसले यसको उपचार झनै कठिन भएको छ । यसको पूर्ण निदानका लागि तीन महिनाको उपचारपछि पुनः परीक्षण गर्नपर्छ । अनुमान गरिए अनुसार प्रत्येक वर्ष लाग्ने ४४ करोड ८० लाख उपचार गर्न सकिने यौन रोगहरू (गनोरिया, भिरिङ्गी, क्लामेडिया रट्रिकोमोनियासिस) मध्ये ८ करोड ८० लाख मानिसलाई गनोरिया लाग्ने गरेको पाइन्छ । महिलामा यस्तो संक्रमण भर्खरै वयस्क अवस्था लागेको बेलामा देखा पर्दछ ।
लक्षणः
गनोरिया लागेका लगभग आधा जति महिलाहरूले लक्षण देखाउँदैनन् भने बाँकी महिलाहरूमा योनीबाट तरल पदार्थ निस्कने, तल्लो पेट दुख्ने वा सम्भोग गर्दा पीडा हुने जस्ता लक्षणहरू देखिन्छन् । त्यस्तै यो रोगबाट संक्रमित पुरुषहरूमा वीर्यबाहिनी नली सुन्निने हुनाले पिसाब गर्ने बेलामा पोलेको महशुस हुने तथा लिङ्गबाट तरल पदार्थ निस्कने जस्ता लक्षणहरू देखिन्छ । गनोरिया लागेका आधा जति पुरुषहरूमा पिसाब गर्ने बेलामा पोलेको महशुस भएर वा नभइकन पनि लिङ्गबाट तरल पदार्थ निस्कने लक्षण देखा पर्न सक्छ । योगनोरिया लागेका पुरुषहरूमा सबैभन्दा बढि देखिने साझा समस्या पनि हो । संक्रमित व्यक्तिसँग मुखमैथुन गर्ने पुरुष वा महिलालाई घाँटीको गनोरिया पनि हुन सक्छ । प्रायःजसो यस्तो समस्या पुरुषहरूमा बढि देखिने गर्छ । यस्तो संक्रमण भएका करीब ९०५ ले कुनैपनि लक्षण देखाउँदैनन् भने बाँकी १०५ मा घाँटी दुख्ने समस्या देखा पर्छ । गनोरिया जटिल अवस्थामा पुगेमा यसले अन्य संक्रमणहरूमा जस्तै थकान महशुस गराउँछ । केही संक्रमितहरूले ब्याक्टेरियाप्रति एलर्जीयुक्त प्रतिक्रिया जनाउँछन् । यस्तो अवस्थामा देखिने सबै लक्षणहरू निकै घातक रूपमा देखा पर्छन् ।
गनोरियाका कीटाणु शरीरमा छिरेपछि सक्रिय हुन २ देखि १४ दिनसम्म लाग्छ भने संक्रमणको ४ देखि ६ दिन भित्रमा प्राय लक्षणहरू देखिन थाल्छन् । गनोरियाले कहिलेकाहिँ रक्तसञ्चार प्रणालीमा प्रवेश गरी छालामा प्रभाव देखाएर घाउ पनि बनाउने र जोर्नीको संक्रमण गराउँछ । त्यस्तै एकदमै थोरै अवस्थाहरूमा यो रोगका कीटाणुहरू मुटुमा बसेर यसका भित्री कोठाहरूमा हुने पातलो झिल्ली (इन्डोकार्डियम) सुन्निने समस्या वा मेरुदण्डहुँदै मस्तिष्कसम्म पुगेर मेनिन्जाइटिस पैदा गर्न सक्छ । यद्यपी अहिलेसम्म यी दुवै समस्याहरू रोग प्रतिरोध क्षमता घटाइएका व्यक्तिहरूमा मात्र पाइएको तथ्य छ । पुरुषहरूमा हुने गनोरियाले अण्डकोषको क्यान्सर विकसित हुने जोखिम बढाउँन सक्छ ।
कारणः
गनोरियाको हुनुको मुख्य कारण निसेरिया गनोरी नामक ब्याक्टेरियम हो । गनोरिया प्रायःजसो योनी, मुख वा मलद्वारमा गरिने मैथुनले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । संक्रमित महिलासँग एकपटक यौनसम्पर्क राखेका पुरुषहरूलाई यो रोग सर्ने सम्भावना २०५ हुन्छ । संक्रमित पुरुषसँग सहवास गर्नेहरूलाई गनोरिया सर्ने सम्भावना अझै बढि हुन्छ । संक्रमित पुरुषसँग एकपटक मात्र यौनसम्पर्क राखेका महिलाहरूमा यो रोग सर्ने सम्भावना ६०(८०५ हुन्छ । गर्भवती महिलामा गनोरिया लागेमा गर्भमा रहेको बच्चालाई पनि यसको संक्रमण हुन सक्छ । बच्चा जन्मिने बेलामा यदि आमालाई गनोरिया लागेको छभने उक्त बच्चालाई सर्न पनि सक्छ । यसरी सरेको संक्रमणले शिशुको आँखामा असर पुर्याउँछ । यस्तो संक्रमणलाई अप्थाल्मियी नियोन्याटोरम भनिन्छ । बालबालिकाहरूमा भने यो रोग यौन क्रियाकलापबाट नभएर सक्रमितले प्रयोगमा ल्याएका विभिन्न प्रदुषित वस्तुहरूबाट सरेकोपाइएको छ । त्यस्ता वस्तुहरूमा जस्तैः बाथटप, कपडा तथा तौलियाहरू पर्दछन् । तैपनि यस्तो संक्रमण अत्यन्तै कम हुने गर्दछ ।
कसरी थाहा पाउने ?
परम्परागत रूपमा गनोरियाको पहिचान गर्न ग्राम स्टेन तथा प्रयोगशालामा कल्चर गर्ने गरिन्थ्यो । तर आजभोलि पलिमराज चेन रियाक्सन (पिसिआर) मा आधारित नयाँ प्रविधिहरू प्रचलनमा रहेका छन् । प्रारम्भिक उपचार प्रभावहिन भएकाहरूमा एन्टिबायोटिक औषधिहरूको प्रभावकारिता परीक्षण गर्न प्रयोगशालामा कल्चर गरिनु पर्छ । गनोरियाको परीक्षण गर्दा संक्रमण भएको पाइएकाहरूलाई क्लमिडिया, भिरिंगी तथा एच आई भी जस्ता अन्य यौनरोगका लागि पनि परीक्षण गर्नुपर्छ ।
बचाउ तथा सुरक्षाः
अन्य यौनरोगहरू जस्तै कन्डमको सही तरिकाले प्रयोग गरेर गनोरियाको संक्रमणको जोखिम घटाउन सकिन्छ । त्यस्तै भरपर्दो एक जनासँग मात्र यौन सम्बन्ध राख्नाले यो रोगको संक्रमणको जोखिम पूर्ण रूपमा हटेर जान्छ । पहिला संक्रमित भएर उपचार गराइसकेकाहरूलाई संक्रमण पूर्णरूपमा निदान भए नभएको परीक्षण गर्न जान हौसला प्रदान गरिनु पर्छ । गनोरियाको उपचार तथा समाधान आयुर्बेद तथा होमियोपैथिक बिधिबाट पनि प्रभावकारी छ ।
कसरी व्यवस्थापन गर्ने ?
गनोरियाको उपचारमा प्रभावकारी पाइएका केही एन्टिबायोटिक औषधिहरू मध्येको एक सेफ्ट्रियाजोन सुई लगाएर दिइने औषधि हो । साधारणतया यो औषधि एजिथ्रोमाइसिन वा डोक्सिसाइक्लिनसँग मिलाएर दिइन्छ । बढ्दो एन्टिबायोटिक प्रतिरोधका कारण गनोरियाको उपचारबारे निर्णय गर्नुभन्दा पहिला स्थानीय ब्याक्टेरियाको अवस्थालाई ध्यान दिनु आवस्यक हन्छ ।
उच्च प्रतिरोध दर भएका कारण पहिला प्रभावकारी रहेका पेनिसिलिन, टेट्रासाइक्लिन तथा फ्लुरोक्विनोलोन्स जस्ता एन्टिबायोटिकहरू अहिले गनोरियाको उपचारमा सिफारिस गरिएको पाईन्छ । सेफिजाइम नामको एन्टिबायोटिकको पनि धेरैमात्रामा प्रतिरोध भएको पाइएकोले अमेरिका जस्तो बिकसित राष्ट्रले पनि यसलाई पहिलो स्तरको उपचारमा प्रयोग गर्न सुझाएको छ । यदि कुनै रोगी व्यक्तिमा यसको प्रयोग गरियो भने एक हप्तापछि पुनः परीक्षण गरेर संक्रमण नियन्त्रणमा आए–नआएको पत्ता लगाउनु पर्छ । सेफ्ट्रियाजोनको पनि प्रतिरोध भएको पाइएको छ तर यसको प्रतिरोध बिरलै हुने गरेको पाइन्छ । बर्तमान अवस्थालाई अनुमान लगाएर स्वास्थ्य सेवाका अधिकारीहरूले हाल देखिएको प्रतिरोध जारी रहेमा गनोरियाले विश्वभर महामारीको रूप लिन सक्ने चिन्ता ब्यक्त गरेका छन् ।
गनोरियाको संक्रमण भएका व्यक्तिका यौन सहचारीहरूको पनि उपचार गर्नुपर्छ । यस्ता यौन सहचारीको उपचार गर्न बिरामीले औषधि लगेर आफ्नो सहचारीलाई दिने पिडिपिटी उपचार विधि अपनाउनुपर्छ । यस्तो विधिमा स्वास्थ्य सेवा प्रदायकले परीक्षण नै नगरी बिरामीको यौन सहचारीको लागि औषधि सिफारिस गर्ने गर्दछन् । भिरिङ्गीका ब्याक्टेरिया जस्तै गनोरियाका ब्याक्टेरिया पनि अति कमजोर हुन्छन् । यी ब्याक्टेरिया मानिसको शरीर बाहिरको वातावरणमा घुलमिल हुन सक्दैनन् र केही मिनेटदेखि केही घण्टाभित्र मरिसक्छन् । यी ब्याक्टेरियालाई साबुन पानीले हात धोएर सजिलै हटाउन सकिन्छ । ओच्छ्यान वा कपडामा सरेका ब्याक्टेरिया पनि केही समयमा मरेर जान्छन् । प्रायःजसो पौडी पोखरीहरूमा (स्विमिङपुल) राखिएको क्लोरिनले यी ब्याक्टेरियालाई सजिलै मार्छ । रोग लागेपछि उपचार गराउन भन्दा रोग लाग्नै नदिन बु्द्दीमानी हुन्छ । तसर्थ रोग लाग्नु पुर्बनै सचेतता र समझदारीता अपनाउनु उत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->