बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनप्रतिनिधीलाइ नवराजा बन्ने हुटहुटी

जनप्रतिनिधीलाइ नवराजा बन्ने हुटहुटी


  • सज्जन कुमार सिंह
  • फाल्गुन १३ २०७६, मंगलबार

बागलुङ बजारको हल्लन चोकमा चिया गफ गर्दै बस्दा एकजना मेयर सायबको गाडि हल्लनचोकमा हुइकिदै आयाो उक्त गाडिले साइडबाट हिडिरेहेका पाइन्ट लगाएका दुइजना युवतीको पाइन्ट नै हिलो हुने गरि पानी छ्याप्दै हुइकियो । उनीहरुले कस्तो आँखा नदेख्ने रहेछ बजिया भन्दै धारे हात लगाए । सायद उनीहरुलाइ त्यो पानी छ्याप्दै हुइकिने गाडि मेयरको थियो भन्ने थाहा भएन क्यार । यो कुरा सायद मेयरले पनि थाहा पाउनु भएन होला । उहाँको व्यवस्ताले गर्दा पनि त्यस्तो हुन गएको हुन सक्छ । हामी चोकमा बसेका केहिले भने मज्जाले त्यो दृश्य देखियो अनि त्यी युवतीहरुको भनाइ पनि सुनियो । यो बर्षदिन अघिको घटना हो ।
अहिले रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता चलिरहेको छ बागलुङ नगरपालिकामा यस अघि सबै गाउपालिका र अन्य नगरपालिकामा यो कप सकियो । हिजो राज वीरेन्द्र राजाले चलाएको वीरेन्द्रशिल रास्ट्रपतिमा स¥यो यो सम्म त ठिकै हो तर अहिले उहि विरेन्द्र शिल्ड जस्तै मुख्यमन्त्री कप,मेयर कप,अध्यक्ष कप नामका कपहरु चर्चामा रहे, यो मुख्य मन्त्री कप, मेयर,कप, अध्यक्ष कपको बाटो कुनै दिन मेयरकी श्रीमती कप, अध्यक्षकको जेठो छोरा कप, वडा अध्यक्षको गर्लफे्रण्ड कप र एकदिन वडा सदस्य कप सम्म पुग्ला कि भन्ने पिरले निकै छाति पोल्छ ।
के मेयर,अध्यक्ष, वडा अध्यक्ष कपको सट्टा अझै वृहत ठाउँ, पहिचान बोकेका स्थानको नामका कप राख्दा चाहि के जान्थ्यो ?
गणतन्त्र र सँघिय व्यवस्था स्थापना सँगै रिक्त स्थानीय तहले जनप्रतिनिधी पायो । त्यी जनप्रतिनिधी पाउदा मख्ख भएर नाक फूलाएका नागरिक उनीहरुको कार्यशैली र भड्किलो जीवन देखेर चाहि चकित पर्न थालेका छन् । दुइबर्षमा केन्द्र, प्रदेश हुदै स्थानीय तहले चित्त बुझ्दो गरि काम गर्न नसके पनि चित्त बुझ्दो गाडि चाहि चढेका छन् । धैरै प्रदेशहरुले आफ्नो बजेटको धेरै हिस्सा गाडि खरिदमा खर्च गरे । हाम्रा मुख्य मन्त्रीले त काठमाण्डौ जादा हेपिएका पुराना दिनको स्मरण गर्दै सबैभन्दा धेरै मुल्य पर्ने गाडि किनेर दनक दिनुभयो ।
आफ्ना गाउपालिकामा ट्वाइलेट नभएपनि,एकछाक हातमुख जोर्न सक्ने नागरिकको आर्थिक हैसियत नभएपनि ५० लाख माथिको गाडिमा हुइकिने प्रतिनिधी धेरै छन् । तर बागलुङ जिल्लामा अपवादका रुपमा वडिगार्ड गापाका अध्यक्ष मेहरसिँह पाइजा चाहि एउटा सामान्य गाडि चढ्नुहुन्छ ।
स्वायत्त स्थानिय तहका शाषक मध्ये धेरैमा उहि पुरानै सोच, व्यवहार र कार्यशैलीको धङधङ्ती बाकि रह्यो । त्यसैले भन्न मन लाग्छ नेपाली समाजमा “हिङ सकिए पनि हिङ बानेको टालो” भन्ने शव्द दिन मै जन्मिएको रहेछ । राजा सकिएपनि राजा कै व्यवहार र छनक आजभोली जनप्रतिनिधीमा सरेको छ । केन्द्रमा पुगेका मन्त्री, सासदको काण्ड भाग एक , दुइ आउने क्रम जारी छ ।
बाग्लुङ ढोरपाटनका मेयर देव कुमार नेपाली जिल्लामा सबैभन्दा धेरै माला लगाउने मेयर पर्छन । प्रतिनिधी सभा, प्रदेश सभा सदस्य, मेयर, गाउपालिका अध्यक्ष, वडा अध्यक्ष सबैका गलामा लभभग प्रत्येक दिन झुण्डिन्छन् । उनीहरुलाइ त्यो मालाले जिम्मेवारी भन्दा बढि घमण्डि बनाएको छ । मालाको राजनीति पनि गज्जबको छ । जनप्रतिनिधीहरु माला सम्मान, बाजागाजा सहितको विशेष व्यवस्था अनि धेरै मान्छे जम्मा हुने ठाउँमा जान रहर गर्छन् । त्यी व्यवस्थापन गर्ने झुण्डहरुको आकाँच्छा पनि गज्जबको छ । नेता तथा प्रतिनिधीलाइ विशेष सम्मान गरेअनुसारको फाइदा बार्गेनिङ गर्न पनि माला माध्याम बन्छ । केहि केहिले त बाजा, माला र काधमा हालेर डुलाउने व्यवस्था भए यति पैसा दिन्छु प्रमुख अतिथी बन्छु भन्नै सम्मका माग राख्दा एक जुगमा एक चोटि आउछ दुनिया हल्लाउछ भन्ने सँविधान सभा ताकाको एउटा गित सम्झन्छु ।सम्मान र माला हाम्रो विशिष्ट सस्कृति हो तर जनप्रतिनिधीले आफूले पाएको सम्मानलाइ आफ्नो सफलताको घमण्ड भन्दा बढि आफूलाइ भिराइएको जिम्मेवारी भन्ने सम्झनु पर्ने हो ।
आज भोली, पिर्का, टेबुल, कुर्चि माथी उभिएर सलामी खाएका दृश्यले पनि खुब चकित खाइन्छ । गणतन्त्रमा नागरिकको छोरा शाषक बन्छ भनेर चिच्चाउनेहरु नै आज राजा कै शिखो गर्दै सलामी खानैपर्ने इच्छाको ठुाले घैटो आफैभित्र बनाउदै छन् । उनीहरुलाइ त्यो कार्टुन जस्तो बनेर सलामी खानै पर्ने त्यस्तो के बाध्यता के छ ? हामीले लामो समयदेखि व्यवस्था फेर्नका लागि भन्दै गरेको आन्दोलन,युद्ध र बलिदानीको अर्थ त्यहि थियो ?
यति न्यूनतम गलत कुरामा पनि चेत राख्न नसक्ने प्रतिनिधीको मस्तिस्क भित्र कुन चाहि रसायन बनेको छ ? नागरिकलाइ कर र नियमको दायरामा विभिन्न खाले निर्णय पास गर्ने गाउपालिका, नगरपालिकाले यस्ता गलत चिज रोक्ने बारे नियमकानुन बनाउन सक्दैन ?
अधिकाँस नागरिकले बाटोलाइ विकास ठान्छन् । राष्ट्रिय रुपमा त अझै पानी जहाज र रेललाइ मात्र विकास भनेर हाम्रा प्रम ज्यूले धेरै समय नागरिकलाइ गज्जबको आश्वासन बाढ्नु भयो । प्राय बजेट जति बाटोले खाएको छ र बाटो खन्ने ठेकेदारहरु सँग जनप्रतिनिधीको हिमचिम राम्रै बढेको पाइन्छ । जनप्रतिनिधीहरुले आजभोली ढोजरका साहु बनेका छन् । उनीहरुले बजेकट छुट्याएका बाटाका कमिसनले उनीहरुले डोजर खरिद गर्ने गज्जबको विकास र सिस्टम विकास भएको छ ।
धेरै प्रतिनिधीहरुले भित्री रुपमा डोजरका साहुका रुपमा परिचित हुदै छन् ।
नागरिकलाइ मुख्य मार्गदर्शन मान्ने र देशलाइ सम्वृद्धीको दिशामा लैजाने उद्धेश्य लिएका जनप्रतिनिधीलाइ कर्मचारिले रिघाएका छन् । मेयर उपमेयरले भाषणमा बोलेका योजनाहरु कर्मचारीले प्रकृया पुगेन भन्दै लागु गर्न मान्दैनन् । बागलुङ नगरपालिकाका कर्मचारी अझै महाराजा जस्त रहेछन् । एकदिन यसो त्यतातिर छिरेको प्राय कोठा खाली र भएका कर्मचारी पनि कोहि मोवाइल व्यस्त, कोहि अनावश्यक व्यक्तिसँग अफिसमा चिया खादै गफ हाक्दै बसेको देखे । मेयरले निर्णय गरेका र अहएका काम गर्न समेत उनीहरुले आनाकानी गरेको देखियो । के कर्मचारीलाइ व्यवस्थापन गर्ने, कामको दायरामा ल्याउने क्षमता हाम्रा प्रतिनिधीसँग छैन ? नागरिकहरुलाइ जानकारी दिने एउटा नागरिक सुचना डेक्स सम्म व्यवस्थापन गर्न सकिन्न । कर्मचारीले दिने विविध झन्झट दुखबारे त्यहाँ पुग्ने नागरिकको गुनासो सुन्ने कसैलाइ फुर्सद छैन । नगर प्रहरी छ भन्ने सुनेको तर नगर प्रहरीलाइ ड्रेसमा सजिएको देख्ने हाम्रो रहर पुरा कहिले होला ? प्रहरीलाइ ड्राइभर बनाएर हिडाल्नुको सट्टा उनीहरुलाइ नगरको जिम्मेवारी दिनुपर्ने थियो कि ?
केहि कर्मचारी र निश्चित मान्छेको घेराबन्दी र उनीहरुको भन्दा बढि कुरा नागरिकको सुन्ने बानिको विकास भएमा यसले आफ्ना कमीकमजोरीलाइ समेत पहिचान गर्ने अवसर मिल्थ्यो । केहि झुण्डहरुको भुलभुलैयाबाट बाहिर निस्केर सबै जनप्रतिनिधीले नागरिकले लाहछाप लगाएर पठाएको त्यो जिम्मेवारी नभुलौ । किनकी यो अवसर फेरि आउन पनि सक्छ नआउन पनि सक्छ ।
नागरिकको जिवन स्तर अनुसार कै साधारण बन्दा तपाइलाइ कसैले नराम्रो मान्दैन । नागरिकहरुसँग छलफल गर्दा तपाइहरुलाइ सानो हुनुहुन्न ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->