बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीले गुमाएको प्रतिभा

गण्डकीले गुमाएको प्रतिभा


  • दुर्गा भण्डारी
  • फाल्गुन १५ २०७६, बिहिबार

गत बर्ष आज कै दिन अर्थात २०७५ फागन १५ गते, दिउसै अध्यारो र उराठ लाग्दो बनेको थियो । पानी झमझम परेकोले जाडो पनि निकै नै थियो । हुन त मौसमलाई किन दोष मौसम त आफ्नै चक्र अनुसार चल्छ । तर त्यो दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को इतिहासमा मै दुखद र पीडादायी थियो । अझ भन्नु पर्दा कास्कीबासीका लागी झन कहाली लाग्दो बन्यो । गत साल फागुन १५ गते का दिन म आफ्नै लेख्ने काममा ब्यस्त थिएं । समाचार पनि हेर्दै थिएं । समाचार हेर्दा हेर्दै तात्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको भन्ने तर एकिन भइनसकेको समाचार फैलियो । हामीले सामाजिक संजालमा आफ्नै मनलाई ढाडस दिदै केहि पनि नहोस भनेर प्राथना ग¥यौं । तर हाम्रो प्राथना क्षणभर मै गलत साबित भयो हामीलाई त्यो घटनाले दुखित बनायो । फागुन ९ गते मात्रै पत्रकारमहासंघको केन्द्रिय बिधान अधिबेशनमा सबैका प्रिय नेता रबिन्द्र अधिकारीसंग भेट भएको थियो । रबिन्द्र अधिकारीको निधनले शुभचिन्तक, साथीहरु, सिंगो पार्टी, नेता, कार्यकर्ता र मतदाता सबैलाई यस घटनाले मर्माहत बनायो । परिवारका सदस्यहरु आमा, बुवा, श्रीमति बिद्या, छोरा बिराज ,कान्छो छोरा सवराज बहिनी बिमला भाई दिपन्द्र लगायत सबै जनालाई मर्माहत बनायो । होनहार युवा नेता रबिन्द्रको निधनको खवर जो कोहिले पनि बिश्वास गर्न सक्दैनथ्यो । तर पनि त्यो यर्थात थियो । रबिन्द्रको निधनमा समबेदना दिन आउने जो कोहिका आखा रसाउथे । जिवनसाथीको निधन, त्यो पीडादायी क्षणमा पनि रबिन्द्र पत्नी बिद्या भट्टराई भने दहे मन गरेर आफुलाई सम्हाल्दै आउनु भएको थियो । उहालाई देख्दा सबैको पीडा कम हुन्थ्यो ।
लेखक

सबैको मनमा छाएका प्रिय नेता रबिन्द्र अधिकारीले कसैलाई नराम्रो बचन लगाए, नराम्रो ब्यवहार गरे वा कसैको चित्त दुखाए भन्ने गुनासो बिरोधी राजनैतिक धारका ब्यक्तिहरुबाट समेत सुन्न पाईएको छैन । सबैलाई मिलाएर लैजाने खुबी भएका रबिन्द्र अडान लिनु पर्ने बेलामा अडिक भएर बस्नु पनि हुन्थ्यो । सबैसंग मिल्ने मिजासिला भन्दैमा उहामा जुझारुपना नभएको भने होईन । प्रगतिशिल र क्रान्तिकारी स्वभाव भएकै कारण बिभिन्न समयमा भएका आन्दोलनहरुको नेतृत्व गरेकै कारणले उहालाई यो उचाइमा पु¥याएको हो ।
सबैका प्रिय पात्र रबीन्द्र अधिकारीसंग मेरो पहिलो भेट २०५२ सालमा भएको थियो । उहा त्रिभुवन बिश्वबिद्यालय स्वतन्त्र बिद्यार्थी युनियनको सभापती हुनुहुन्थ्यो । पहिलोपटक रबीन्द्र हामी कहा आउदा मेरो श्रीमान् पुण्य पौडेले परिचय गराउनु भएको थियो । उहाले सानै उमेरमा बिद्यार्थीको केन्दीय राजनीतिमा पकड जमाउनु भएको थियो । मलाई उहा भित्रको ज्ञान र अदम्य क्षमता देखेर अचम्म लाग्ने गर्दथ्यो । सायद आज उहा रहनु भएको भए मुलुक हाक्न सक्ने प्रमुख ब्यक्तिको हैसियत बन्थ्यो हो । रबीन्द्र अधिकारीमा जस्तोसुकै प्रतिकुल परिस्थीति पनि सम्हाल्न सक्ने क्षमता थियो । शुभचिन्तक, कार्यकर्ता तथा परिवारका सदस्यहरु सबैका समस्याको समाधान खोज्न सक्ने सकारात्मक सोच थियो । दाजु रबीन्द्रले बिगतमा बिभिन्न समयमा अफठेरो परिस्थीतिमा हौसला प्रदान गरेको स्मरण गर्दै भन्छिन् बहिनी बिमला अधिकारी ‘दाईको हसिलो अनुहार सधैं स्मृतिमा आईरहन्छ । अफ्ठेरो परिस्थीतिमा पनि दाईले समाधानका उपायहरु खोजी हाल्नुहुन्थ्यो हामीलाई जटिल लागेको कुरा उहाले सहज बनाउनुहुनथ्यो । उहलाई देख्ने बित्तिकै पोजेटिभ भाइब्रेशन हुन्थ्यो । ’ जेठा छोरा बिराज पनि बाबालाई स्मरण गर्दै भन्छन् ‘बाबा भौतिक रुपमा नभए पनि उहाको सादगी, सरलता उहाले जुनसुकै काम पनि पुरै समय दिने बानीले मलाई समेत अभिप्रेरित गरेको छ । बाबाले गरेको राजनीतिमा मलाई पनि चासो लाग्दथ्यो । मलाई पनि राजनीतिमा आउन निकै इन्टे«स छ । मलाई पनि स्टडी सकिए पछि राजनीतिमा लागेर देशको सेवा गर्न मन छ ।’ रबीन्द्र अधिकारीले बाबुको, दाजुको भूमिकामा छोडेको ब्यक्तिगत, राजनैतिक, र मनोबैज्ञानिक प्रभावले छोरा र उनका पुस्तालाई समेत राजनीति गर्न प्रेरित गरेको छ ।
२०२६ साल बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मीएका अधिकारी आफ्नो गाऊंकै श्री ब्रह्म ज्योति प्रा.बी. शान्ति पंधेरा गैरागाउबाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि. बरपाण्डेथुमबाट माध्यामिक शिक्षा हासिल गरेका गर्नुभएको थियो । २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरे देखि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय मात्रै रहनुभएन २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष हुदै २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापतिमा निर्वाचित हुनु भएको थियो । २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्नू भएका अधिकारी कै पालामा बिद्यार्थीले सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट, साहाज्यादा पारस बिरुद्ध हस्ताक्षर संकलन, कालापानी मार्च जस्ता लोकप्रिय काम भएका थिए । २०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका अधिकारी २०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिब र ०६३ मा पनि पुनः सचिबमा निर्वाचित हुनुभएको थियो । सायद रबिन्द्र कम उमेरमा एमाले कास्की हाक्ने नेता थिए । सायद त्यसबेला एमाले कास्कीको नेतृत्वमा रबिन्द्रको आगम, केहि नेताहरुका लागि स्विकार्य थिएन होला । म पत्रकार भएको हैसियतले बिभिन्न मीडियाले उहा बिरुद्ध नभएका कुरा लेखेको प्रति मलाई पहिलोपटक गुनासो पोख्नु भएको थियो । रबिन्द्र अधिकारीले पार्टी राजनीतिमा आन्तरिक र बाह्य उतारचडावहरु पार गर्दै आफुलाई राष्ट्रिय राजनीतिको एक महत्पूर्ण पात्रको रुपमा उभ्याउनु भएको थियो ।
स्वर्गिय अधिकारी ०६२|०६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्दको लडाइ लड्दा पटक–पटक गरी पांच महिना जेल पनि पर्नुभयो । पार्टीको राष्ट्रीय परिषद् सदस्य, हुदै केन्द्रीय सदस्य बनेर नेतृत्वमा छांउनु भएका रबिन्द्र २०६४ देखि २०७० साल सम्म निरन्तर संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनु भयो । निर्वाचित भए पछि संसदमा रबिन्द्रले खेल्नु भएको सक्रिय भूमिकाका कारण सार्बजनिक लेखा र बिकास समितिको सभापति रहेर महत्वपूर्ण काम गरेर देखाउने अवसर मिल्यो । जसको कारण राष्ट्रिय राजनीतिको केन्द्र भागमा उहाको उचाई बढ्यो । २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं २ बाट निर्वाचित भएपछि अधिकारी, नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेर एयपोर्ट निमार्ण र स्तरोन्नतीका लागि अहोरात्र खटिरहदा अकल्पनिय रुपमा यस संसारबाटै बिदा हुनु प¥यो । अव हामीले युवा,बिकासप्रेमी नेता रबीन्द्र यस्ता थिए भनेर स्मृतिमा मात्रै पाउने गर्छौ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->