चर्चित नेपाली उखान हात्ती आयो हात्ति आयो फुस्स भनेझै , बनेको छ स्ववियु निर्वाचन । , स्ववियु विद्यार्थी ले बिद्यार्थीकै लागि जन्माएको, सबै बिद्यार्थीको मतद्वार चुनिने एउटा बैधानिक साझा सस्था हो । बिद्यार्थीको हकहित रक्षाका लागि,बिधार्थीका दैनिक जिवनमा आइपर्ने समस्यालाई प्रशासन सङ्ग सहजीकरण गर्न ,आम बिद्यार्थीहरुको मागको सम्बोधनका लागि आवाज बिहिन बिद्यार्थी को आवाज लिएर क्याम्पसमा प्रशासनलाई घचघचाउने, बिधार्थिको विपक्षमा क्याम्पस प्रशासनले गरेका गलत निर्यणलाई सुल्झाउन क्याम्पसका हरेक बिकृती र बिसङ्गतिको अन्त्य गर्दै तमाम बिद्यार्थी को हकहितको काम गर्ने, बिद्यार्थीको अभिभावक र प्रतिनिधिमुलक संस्था हो । यसरी बौद्धिकताको जगमा रहेर देशमा भएको राजनैतिक शक्तिहरुको मनोमानी विरुद्ध खवरदारी गर्न, नया पुस्तालाई राजनीति प्रती रुचि जगाउन, राजनैतिक चेतनालाई देशका कुना कन्दरसम्म पुर्याउन, शिक्षा क्षेत्रका तमाम बिकृती र बिसङ्गतिको अन्त्य गर्दै प्रतिभा पलायन रोक्न ,शैक्षिक क्यालेन्डर निर्माण गरि लागू गर्न, बिश्वविधालयमा कार्यरत कर्मचारी र प्राध्यापकलाई आफ्नो कर्तव्य प्रती बफादार बनाउन,पाठयक्रमलाइ ,समयानुकूल परिमार्जन गर्न ,विश्वमा भएको घटना हरुको तातो बहस संचालक गर्न,देश निर्माणका लागि मार्गचित्र कोर्न, राजनीतिक बहस गर्न, चेतना जगाउन, र नयाँ नेतृत्व विकाससङ्गै शैक्षिक सुधार गरि बिद्यार्थीको अत्तिरिक्त क्षमता बिकास एवं क्याम्पस प्रशासनलाई बिद्यार्थीमैत्री बनाउन स्ववियु निर्वाचन अपरिहार्य आवश्यक छ।
बिडम्वनाको बिषय आज स्ववियु संङ्कटमा छ । विभिन्न तत्वहरु आज स्ववियु विघटन गर्न लागिपरेका छ्न। बिद्यार्थी एउटा बौद्धिक जगत हो ।जस्लाई जागरुक भएको देख्न चाहेका छैनन । जसमा स्वयम् बिद्यार्थी सङ्गठन समेत किन स्ववियु प्रती चासो दिएका छैनन । किन बिद्यार्थी प्रती जफावदेही नभएर मातृ पार्टिको पठपुतली बनेका छन । दलाल सङ्ग साठगाठ गरेर आफ्नो स्वार्थमा लिप्त छन । स्ववियु बिरासत हेर्दा त्यति सजिलो छैन । जस्को प्राप्ति गर्न ठूलो त्याग तपस्या , बलिदान खर्चिएको छ । राष्ट्रियता, जनतन्त्र र जनपक्षीय शिक्षाप्रणालिका लागि आफ्नो जीवन बचाउने बिकल्पलाई अस्विकार गर्दै खाली हात निरंकुश पन्चायत र तानाशाहि राणा को बम बारुद ज्यादती सङ्ग मुकाविला गर्दै । तिनिहरुलाइ चुनौती दिदै भिडेर प्राप्त भएको हो । त्यसैले आज नेपाली बिद्यार्थी आन्दोलन गौरवपुर्ण छ । नेपाल का हरेक राजनीतिक परिवर्तन को श्रेय बिद्यार्थी आन्दोलनलाई जान्छ । जहाँ नेपाली राष्ट्रिय स्वाधीनताको लडाइँमा बिद्यार्थी आन्दोलन अत्यन्तै प्रभावपुर्ण हस्तक्षेप गर्दै कत्ती पनि बिचलित नभइ गतिशिल ढ्ङ्गले अनवरत रुपमा लडयो । त्यसैले नेपाली राजनीतिको इतिहासमा नेपाली बिद्यार्थी आन्दोलन हटाउदा खल्लो हुन्छ । यो या त्यो सङ्गठन नभनौ सम्पुर्ण बिद्यार्थी को एकता ले यी सबै परिवर्तन सम्भव भए । निरङ्कुश पन्चायत बिद्यार्थी आन्दोलन समक्ष हार्यो । जसले पन्चायत शासनमा पनि स्ववियु सम्भव भयो ।
बि।स २०१७ पुस १ गते सुरु भएको पन्चायती ब्यबस्थाले राजनैतिक दलहरूलाई प्रतिबन्ध लगाउदै कसैलाई पनि राजनीतिक कार्यमा सहभागी हुन दिदैनथ्यो ।त्यो अवस्थामा राजनैतिक दल आफ्नो खुल्ला कार्यक्रम बिद्यार्थीको माध्यमबाट जनता माझ लैजाने गरेको पाइन्छ । पन्चायती ब्यबस्थामा समग्र बिद्यार्थीले पन्चायतको बिरोध गरे ।समग्र बिद्यार्थीहरु पन्चायत ब्यब्स्थाको विरुद्धमा उत्रन लागे । त्यही समय बि।स २०२० सालमा बिश्वबिद्धालयले अनाधिकृत रुपमा दुई बिद्यार्थी हरुलाइ कारवाही गर्यो । सो कार्वाही विरुद्ध बिद्यार्थी जमात मुलतः स्ववियु खोल्न पाउनुपर्ने नारासहित आन्दोलित बन्यो परिणाम स्वरुप बिद्यार्थी कार्वाही र निष्काशीत मात्र भएनन स्वतन्त्र बिद्यार्थी युनियनको स्थापना पनि भयो र २०२० भदौ २० मा त्रिविमा स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचन भयो । त्रिविको नियमावली हरेक २(२ बर्षमा स्ववियु निर्वाचन हुनुपर्ने उल्लेख छ । २०२० सालपछि २९ ३० सम्म स्ववियु निर्वाचन भएको पाइन्छ। त्यसपछि सङ्घ सस्था ऐन अन्तर्गत सम्पुर्ण बिद्यार्थी सङगठन र स्ववियु माथी प्रतिबन्ध लगाएर पन्चायती ब्यबस्था निरङ्कुशताको परकाष्ठमा उत्रियो ।
तर बिद्यार्थी आन्दोलन कत्ती पनि बिचलित नभैइ निरङकुशता बिरुद्ध लडिरह्यो । जसवाट निरङ्कुश पन्चायती शासन थर्कमान हुन पुग्यो ।२०३६ सालमा पाकिस्तानि प्रधानमन्त्री जुल्फिकर अलि भुटोलाइ फासी दिइएको विरुद्धमा पाकिस्तानि बिद्यार्थीहरुले आन्दोलन चर्काय , सो आन्दोलनको समर्थन गर्दै नेपाली बिद्यार्थीले स्ववियु खोल्न पाउने सहित २६ बुदे माग पेश गर्दै आन्दोलन चर्काए जसबाट पन्चायत सरकारले जनमत सङ्ग्रह घोषणा र स्ववियु निर्वाचनको ब्यबस्था गर्यो र २०३६ भदौ २० मा स्ववियु निर्वाचन समपन्न भयो ।यसरी स्ववियु पुन जन्म भए र अस्तित्वमा आएको पाइन्छ ।
स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन को इतिहासलाई हेर्दा २०३६ पछि हरेक दुई दुई बर्षमा २०६५ सम्म स्ववियु निर्वाचनले निरन्तरता पाएको पाइन्छ । तर २०६५ पछि भने फेरि लामो समय स्ववियु चुनाव हुन सकेन करिब ८ बर्ष पछि २०७३ फागुनमा १८ गते केही क्याम्पस मा मात्रै स्ववियु निर्वाचन लामो समय पछि समपन्न भयो । यो निकै दुखलाग्दो बिषय हो । बिडम्बना के अब हामी यत्रो परिवर्तन, भएर आएको लोकतान्त्रिक, गणतन्त्र, को प्राप्ती पछि चुनाव नगर्ने । अनि हाम्रो गौरवशालि इतिहास र प्रादुभावको चरणमा भएको त्यगा , तपस्या र बलिदान लाई लात्ती हान्ने । हामि त्यत्रो परिवर्तन ल्याउन सक्नेले फेरि स्ववियु ल्याउन नसकेर चुनाव नगरेर निकम्मापन प्रदर्सन गर्ने ।
हामिले हाम्रो अस्तित्व रक्षामा किन ध्यान दिदैनौ । बिद्यार्थी संगठनका नेता चर्को चर्को थोत्रा गाला बजाएर स्ववियु को नारा ल्याउने र एक अर्कालाई गाली गरेर पुग्छ । के हामी तयार छौ त ? हामी तयार भए को छैन । हामी एकजुट भए यत्रो निरङ्कुश शासन ढ्ल्यो । भने जाबो त्रि । सङ्ग सक्दैनौं ।
के हामी तयार छौ त ? बिद्यार्थी सङ्गठन तयार छन ?अखिल तयार छ ? ने वि सङ्ग तयार छ ? यदि छन भने चुनाव किन नहुने ?तयार छैनन भने गौरवपुर्ण इतिहासको गाथा किन गाउने । निरंतरता दिन नसके त्यो गाथा को गाएर के अर्थ । छ अर्थ ? होइन कि सरकार दोषी ? हामि चाहे सरकारलाई बाध्य पार्न सक्दैनौं । कि हामि ब्यक्तिगत स्वार्थको लागि मातृ पार्टीको कठपुतली बन्नि ।हो हामी तयार छैनौ । हामी बिद्यार्थी शक्ति एकजुट बनौ तयार हौँ । सम्भव छ हाम्रो इतिहासलाई निरन्तर दिउँ । बिद्यार्थी जिवनमै राजनीतिक नेतृत्वको मिनि संसदको रुपमा अभ्यास गर्न जुटौ । त् नयाँ पुस्तालाई राजनीतिक अभ्यासको प्लेटफर्म उपलब्ध गराउन तदारुकता साथ स्ववियु निर्वाचनको पहलमा जुटौ । हामी तयार होऔ । त्रि वि लाई घुडा टेकाउन सकिन्छ । स्ववियु सम्भव छ ।
अन्त्यमा हामी सबै एकजुट भएर बिद्यार्थी आन्दोलनको गौरवशाली इतिहासलाई निरन्तरता दिनुको बिकल्प छैन । जस्ले मात्रै बिद्यार्थी आन्दोलनको , भावी पिढिको र आम बिद्यार्थी को सम्मान हुनेछ । देश बिकास , सुशासन र समृद्धि को बाटोमा लाग्नेछ । राजनैतिक नेता जन्माउने नर्सरि को प्लेट फर्म तयार गर्नेछ । ज्ञान लाई व्यबहार र सिपलाई उत्पादन सङ्ग जोड्ने शिक्षाको ब्यबस्था गर्नेछ । परिवर्तनका लागि ज्यानको आहुती दिने वीर शहिदको सम्मान हुनेछ । जस्का लागि हामी तयार होऔ ।
लेखक अनेरास्ववियू मा आवद्ध छ्न ।




