बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

छोरी रुयासालाई चिठी – ४

छोरी रुयासालाई चिठी – ४


  • याम थापा मगर
  • फाल्गुन १५ २०७६, बिहिबार

पढौ र पढन सिकाऔ भन्ने अभियानलाई सार्थकतामा रुपान्तरण गर्नका लागि ज्ञान नै शक्ति हो भन्ने कथन शान्तिपुर्ण विश्वमा सत्य सावित हुँदै गएको छ । सुचना प्रविधिको युगमा ज्ञान शक्ति मात्र होइन धन,इज्जत अनि खुशी र सुख भएको छ । सबैभन्दा सजिलो ज्ञान प्राप्त गर्ने माध्यमहरु मध्ये सर्बोकृष्ट माध्यम पुुस्तकहरुको अध्ययन हो भन्ने विश्वास दिलाउन बालबालिकालाई जरुरी भएको कुरा कुलतमा ग्रस्त युवा जमातमो भिड देख्दा ढिला भएको छ भन्ने अनुभूति हुन्छ । मानव विकासको क्रममा धेरै पहिलेका विद्धानहरुले अधिकांश ज्ञान आफैले मेहेनत र खोजीबाट पत्ता लगाउनु पर्दथ्यो तर अहिले अरु विद्धानहरुले पत्ता लगाएको ज्ञान शुरु गरेर धेरै भन्दा धेरै ज्ञान निकै छोटो समयमा लिन सकिने भएकोले छोटो जिवनको लामो प्रभाव र उपलब्धीका लागि किटान गर्न जरुरी भएकोले नपढी ज्ञानबाट वञ्चित हुनुलाई देशको नागरिक समाजमा अब्बल दर्जा सभ्यतामा लिप्त हुन सकिदैन ।

पुस्तक पढ्ने बानीले विश्वका विभिन्न कला सँस्कृति तथा मानव इतिहासका बारेमा अवगत हुनु सबल पक्ष हो । जीवन रहुन्जेल पुस्तकले बाँच्ने कला सिकाउँछ भने जीवनको पश्चात मृत्यु व्यक्तिलाई सम्झिने आधार दिने पुस्तकलाई नजिकको आत्मीय साथी बनाउँने विश्व व्यापी अभियान र जागरण बढाउनका लागि सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्को महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवसको महत्व र उद्धेश्यलाई प्रत्येक विद्यार्थी,युवा माझमा पुरयाउन जरुरी छ । नेपालमा औपचारिक रुपमा वि.स.१८६९ भाद्र १५ गतेबाट पुस्तकालयको प्रारम्भ गरिएकोले पुस्तकालय ज्ञानको भण्डारलाई सस्थागत विकास गराउन अभियान थालनी गरी अभियन्ता बन्न छोरीलाई आग्रह गर्दछु । पढाइले मान्छेको जीवनलाई अब्बल र सकारात्मक दिशामा परिर्वतन गर्नमा गोरेटो निर्माण गर्ने भएकोले नेपालमा वि.स. २०६५ साल भाद्र १५ गने पुस्तकालय दिवस मनाउन थालिएको जानकारी,महत्व,प्रभाव र अन्तक्र्रिया युवा जमातलाई अनुभुति गराउन ढिला गर्नु हुदैन ।

उमेर र योग्यता अनुसारको पाठयपुस्तक बाहेक अतिरिक्त पुस्तक स्वअध्ययनले व्यक्तित्व विकासमा टेवा दिलाई सन्दर्भ सामाग्री संकलन गर्नमा सहयोगी बन्दछ । खोजी गरी अध्ययन गर्नमा सहयोगी बन्दै चरित्र निर्माणमा बौद्धिक खुराकको श्रोत शिक्षा नै बन्दछ । बहु भाषिक क्षमता समेत प्रतिस्पर्धाको युगमा जरुरी भएको छ । विश्वका धेरै भन्दा धेरै भाषा पढनु,मनन गर्नु र व्याख्या गरेर अध्ययनलाई सहज बनाउन पछिल्लो समयमा विश्व ग्रामको सोचले जरुरी भएको छ । पछिल्लो समयमा शिक्षक विना विद्यार्थीले सिक्न सक्दछ तर शिक्षकले विद्यार्थी विना अरुलाई सिकाउन सक्दैन भन्ने मान्यताको विस्तार हुदै छ । तर विद्यार्थीहरु शास्त्तीय मान्यतामा बुझक्कड भएकोले गुरु र शिक्षक विनाको अध्ययनलाई आत्मसात गर्नमा हिच्किचाउँछन् । सिकाइलाई प्राकृतिक तरिकाले निरन्तर रुपमा बढाइ विद्यार्थीलाई विषयमा डुब्ने बनाउनु नै असल नागरिकको पुर्वाधार निर्माण गर्नु हो । वर्तमान युगलाई व्यवस्थापन युग समेत भन्ने गर्नेहरुले २४ घण्टामा कम्तीमा ४,५ घण्टा दैनिक रुपमा अध्ययनका लागि व्यवस्थापन गरे पछि काफी मात्रामा पुग्दछ ।

छोरी रुयासाले अप्ठयारो शब्दको अर्थ सोधेमा बाबालाई नआउन सक्दछ तर शब्दको अर्थ बुझाउने शिक्षक बाहेकको सुचना प्रविधिको साहार लिइ गुगलले बताइदिन सक्दछ । एप्लीकेशन,इबुक,अफ लाइन डिक्सनरी,गुगलको माध्यम हो भनेर बुझाउन सक्ने भएको छु । मोबाइलले केटा केटी बिग्रेका छन् भन्ने चलन चल्तीको भनाईलाई मोबाइलले केटा केटी सप्रेका,क्षमताबान,अप टु डेट, प्रविधि मैत्री भै प्रतिस्पर्धी भएका छन् भन्ने गराइदिए मात्र पुग्दछ । विगत दश वर्ष भन्दा पहिलेका शिक्षण विधिहरुमा फरकपन आउन थालेको छ । सिकाइका माध्यम,शैली,तरिका बहु आयामिक भएका छन् । हिजो शिक्षकमा केन्द्रित हुने शिक्षण प्रणालीमा विकसित भै बहुआयामिकतामा विकसित भएकोले बालबालिकाहरु छिटो भन्दा छिटो घुलमिल हुन सक्दछन । खानेकुराको भोकोपना सबैमा पाइन्छ । हरेक बालबालिकाले भोकमा कुनै न कुनै खाना खाएका नै हुन्छन । भोक मेटाएका हुन्छन् । विश्वमा भोक मरी विरुद्धको आन्दोलन गर्दै विश्वबाट गरिबीको सापेक्षता र निरपेक्षता हटाउने अभियानमा लागेको पाइन्छ । तर अब मेरो छोरीमा सधै भोको भइ रहने इच्छा शक्तिको सृजना गरी भोक रुपी शिक्षा,दिक्षा,ज्ञान आर्जनमा लगाउनु नै बहुत ठुलो उपलब्धी हुने छ । ताकी ज्ञानको भोको बनाएमा बाँकी शोक,रोग,तिसर्नाको अभाव स्वत पूर्ति स्वयले नै गर्ने छ ।

लगनशीलता नै सफलताको लागि खुदकिलाहरु मध्ये एक हो । लगनशिलतालाई आत्मसाथ गर्ने उत्प्रेरणाका माध्यमलाई मैले लेखन शिप, भिडियो,फेसबुक स्टाटस,किताब संकलन र दैनिक जिवन शैलीमा अभ्यस्त बनाइ रहेको छु । आशा छ प्रतिफल पाउनका लागि लगनशिलता,परिश्रम,लगाव,कार्य सम्पादन,कार्य विवरण उच्चतम जिवन शैली निर्माणका लागि लक्ष्य, उद्धेश्य बोकेको हुनु पर्दछ नै । अहिले गाउँ रित्तिदै गएको,देशको अर्थतन्त्र रेमिटेन्सले धानेको,देशबाट प्रतिभा पलायन भएको,कृषि प्रधान देशमा कृषि पेशा उपेक्षामा परेको,जलश्रोतको विश्वमा दोश्रो धनी देशमा विजुली र पानीको अभाव झेलेको,राजनीतिक संस्कारलाई तिलाञ्जली दिएको संस्कारमा पद्धती खोज्ने परिपाटीका बारेमा सात्क्षकार हुनु पर्दछ । भोलिको भविष्यमा खेलवाड गर्नेहरु कुलत,कुसस्कारमा फस्ने देखि सावधान हुन जरुरी छ । वस्तुगत घटना विश्लेषणमा तार्किकता पेश गर्न जरुरी छ ।

लेखेका विषय वस्तुलाई आर्दश बाक्य मानेर जन्तर बनाई निरन्तर जतनका साथ लिनु है । सुखको अनुभुति निरन्तर दिने र दुख तथा संघर्षका दिनलाई तिलान्जली दिन लागि रहनु है । बाबा,आमाको छोरीका अलावा,गाउँ,जिल्ला हुँदै नेपालको छोरी हुन् पाइलालाई निरन्तर चालि रहनु है । असल साथीहरुको संगत गर्नु असल पुस्तकको अध्ययन जत्तिकै हो । असल साथीहरु विभिन्न जाति,भाषा,क्षेत्र,भुगोल,सामाजिक संस्कार,विभिन्न राजनीतिक संस्कारका बनाउन जान्नु है । अन्ध भक्त सोच,नीतिले लोकतान्त्रिक परिपाटीलाई नै खिल्ली उडाएको छ । लोकतान्त्रिक पद्धती सिकाउनेले लोकतन्त्रलाई कुल्चेरले नेतृत्व लिएको र भाषण गरेको देख्दा उदेक लाग्ने तर्क सहितको विश्लेषण गर्ने क्षमताको विकास स्वयले गर्नुको विकल्प छैन । आत्म निर्भर र आत्म संघर्षका लागि स्वावलम्वीे नागरीक बन्नु है नै छोरी रुयासाको लागि उपयोगीगी सन्देश हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->