हजारौं जुनी सम्म जन्मन पाउँ भगवान नेपालमा, मात्र हैन यसपाली ।
गर्व छ मलाई, हाम्रो देश नेपाल र हामी नेपाली ।।
सबैले भन्छन्, भाषा धर्म नेपालको राम्रो ।
गर्वका साथ भन्नुपर्छ, हामी नेपाली र नेपाल देश हाम्रो ।।
जता हे¥यो त्यतै प्राकृतिक सौन्दर्यले भरिएको छ नेपाल, खुसी छौं नेपाली ।
हजारौं पर्यटक भीत्र्याउने, आँट लिएर बसेका छौं यसपाली ।।
भन्छन् नेपाली सबले, हिमाल, पहाड, तराई ।
कोही छैनौ,ं पराई ।।
गौतम बुद्ध जन्मेको देश, भनेर नेपाललाई चिन्छन् ।
नेपाल घुम्न आउने पर्यटकले, बुद्धको नाममा एउटा थान्का किन्छन् ।।
लक्ष्मी प्रसाद देवकोटा जस्ता, महाकवि जन्मे यो देशमा ।
हामी नेपाली रमाउँछौं, आफ्नै भाषा भेषमा ।।
रुद्रेपिपल माध्यमिक विद्यालय कक्षा–८ ‘ख’
लोकतन्त्र र सुशासन
नेपालका संवैधानिक निकायहरुले स्वतन्त्र रुपमा काम गर्ने र सरकारी तहबाट भएका क्रियाकलापको स्वतन्त्र अनुसन्धान गर्ने अधिकार पाएका छन् । तर पछिल्लो समय सरकारको छायाको रुपमा संवैधानिक निकाय पर्न थालेका छन् ।
अदालत, अख्तियार, प्रहरी, सम्पत्ति शुद्धिकरण बिभाग लगायतका धेरै संस्थाहरु सरकारको निर्याय कुरेर बस्ने गरेको भेटिन्छ । उनीहरुलाई राज्यले आबस्यक बजेट बिनियोजन गरिदिने र दरबन्दी दिने गर्छ । तोकिएको काममा स्वतन्त्र भएर कामगर्नुपर्नेमा सरकारको मुख ताक्ने प्रवृत्ति बढ्नुले देशमा सुशासनको सही व्यवस्थापन हुन नसकेको देखाउँछ । त्यतिमात्र होइन राजनीतिक भागबण्डाको आधारमा नियुक्ती भएकोले ती दलहरुप्रति उत्तरदायी बन्ने प्रवृत्तिपनि हावी छ ।
प्रधानन्यायाधिसले भाषण गर्दा स्वतन्त्रता र निश्पक्षता कायम गर्नुपर्छ, जनताको चाहना अनुसार काम गर्नु प¥यो भनेर आग्रह गरेको कारणले कतै न्यायालयपनि स्वतन्त्र बन्न नसकेको हो की भन्ने आभास भएको छ । देशको सर्वोच्च मध्येको चौथो बरियताको प्रधानन्यायाधिसले गर्ने भाषण देखि राजनीतिक भागभण्डामा प्रवेश गरेका सरकारी निकायका प्रमुखले बोल्ने भाषा समेत आग्रहमा आधारित बन्न थालेपछि आम जनताले कस्तो आस गर्न सक्छन ?
पछिल्लो समय अख्तियारका प्रमुख भैसकेका व्यक्ति समेत भ्रष्ट्राचारमा पर्नु, प्रहरीको महानिरिक्षक, आर्मीको चिफ र मन्त्री भैसकेका र बहालवाला मन्त्री समेत भ्रष्ट्राचारकै मुद्दामा मुछिने बिषयले देशमा सुशासन होइन, भ्रष्ट्राचार संस्थागत भएको छ भन्ने पनि देखाउँछ । यसरी भ्रष्ट्राचार मौलाएउँदा राज्यका संयन्त्रहरु समेत मौन बस्ने, प्रतिपक्षले आबाज उठाउन नसक्ने अबस्था किन आयो ? बहुदलीय व्यवस्था, लोकतन्त्र र गणतन्त्र, त्यतिले नपुगेर समावेशी बिकास र अधिकारका लागि संघियता जस्ता क्षेत्रमा हामी प्रवेश गरिसकेका छौं । तर हाम्रा दैनिक आनीबानी र व्यवहारहरु जनताको पक्षमा भन्दा बिपक्षमा किन सक्रिय भैरहेका छन् ? यो बिषयमा अब कसले आबाज उठाउने हो ?
राज्य संजाचनको जिम्मा लिएको सरकार र स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न नागरिकले त्यस्ता प्रवृत्तिमा अब आँखा चिम्लने हो भने देशको ढुकुटी रित्तिनेछ । त्यतिमात्र होइन राज्य टाट पल्टिनेछ । अनि व्यक्तिहरु धनी बनेर सात पुस्ता सम्म पुग्ने व्यवस्था हुनेछ । त्यस्तो अबस्थामा नेपालको अर्थव्यवस्था धरासायी बन्ने त निश्चित छ । हाम्रो युवा पुस्ताले कसरी आफ्नो दैनिकी पुरा गर्छ ? त्यसबारेमा सोच्ने बेला भैसकेको छ । अब कसलाई स्वच्छ छविको भन्ने ? आम जनताले अब नेता, कर्मचारी र सवैधानिक निकायका अगुवालाई समेत कसरी चिन्ने ? राजाको पालामा खर्च धेरै भयो, सुशासन भएन, निरंकुशता मौलायो, जनताले अधिकार पाएनन् भनेर आन्दोलन गरेका जनता, आफ्नो ज्यान आहुती दिएका शहिद र घाईते तथा बेपत्ताका परिवारले नेतृत्वलाई हेर्ने दृष्टीकोण अब के होला ? यस्ता धेरै समस्यामा सरकारले निर्मम भएर कदम चाल्नुपर्ने बेला आएको छ । केही घटना बिषेशमा कदम चालेको देखिएपनि केही घटनामा आँखा चिम्लेको पनि देखिन्छ । काम गरेझै गरेर धेरै घटना र बिषयलाई ओझेलमा पार्ने काम भयो भने कुनैदिन देशकै अस्तित्व संकटमा पर्ने निश्चित छ । सुशासनबाटै लोकतन्त्र संस्थागत गर्ने अभियानमा सबैको चासो बढाउन ढीला भैसक्यो की ?





