बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२० मार्च २०२० : भारतिय महिलाले जितेको दिन

२० मार्च २०२० : भारतिय महिलाले जितेको दिन


  • सज्जन कुमार सिँह
  • चैत्र ९ २०७६, आइतबार

 यो फैसलाले भारतीय भूमिका महिलामा एउटा खुसी मात्र थपेन यसले आउँदा दिनमा महिलामाथि हुने बलात्कार र हिँसाका घटनालाई पनि न्युनिकरण गर्ने विश्वासका रुपमा पनि लिइएको छ ।

२०२० मार्च २० गतेको बिहान निर्भयाकी आमा आशादेवी र उनका बाबा बद्रिनाथ सिँहको बेचैन मुहारमा एउटा झुल्का खुसीको किरण झुल्कयो । उनीहरुको ७ बर्ष ३ महिना ४ दिनको कठिन त्याग, संघर्ष र न्यायका निम्ति गरेको पैरवीले मुर्तरुप पाएको दिन थियो । उनीहरुलाइ खुसीभन्दा पनि सान्त्वना मिलेको दिन बन्यो २० मार्च २०२० को बिहान । जुन दिन उनकी प्यारी छोरी निर्भयाका बलात्कारी र हत्याराहरुको पनि अन्तिम दिन बन्यो । छोरीसँग छुट्टिएका यी दिनहरुमा उनको परिवारले न्यायका लागि भोगेको पिडा र संघर्ष विश्व समुदायले पनि थाहा पाएको छ । सात बर्षअघि सामुहिक बलात्कारपछि हत्या भएकी आफ्नी २३ बर्षिय छोरी निर्भया सिँहको न्यायका लागि गुज्रिएका ती कहालीलाग्दा दिनहरु सम्झिएर आमा आशा क्यामेराका अगाडि बोल्दै थिइन् । यो दिन मेरी छोरीले न्याय पाएको दिन हो । उनको भनाइसँग एउटा खुसी, भय र छोरी गुमाउँदाका पिडाहरु पनि मिसिएका थिए । उनले मिडियासँग भनिन्– ‘आजको दिन भारतीय महिलाहरुले जित हासिल गरेको दिन । अर्थात् छोरी निर्विया दिवश ।’

सज्जन कुमार सिँह

सज्जन कुमार सिँह

अकल्पनिय घटनाले खारिएकी आशा
हामी परिस्थितीका दासी हौ । समय र परिस्थितीको जालमा नहिँडी सुख छैन । आफ्नो अस्तित्व र अन्यायको विरुद्धमा आवाज उठाउन सकिएन भने मान्छे भएर जन्मिनु व्यर्थ छ । आशा कुमारीलाई जिवनमा कहिल्यै यस्तो घटना घट्ला भन्ने कल्पना थिएन । पुरातन पुरुषवादी भारतीय समाजमा बालबालिका बलात्कारका घटना सामान्य थिए । ती घटनाहरु समचारमा उनीहरुले सुन्थे तर खासै वास्ता हुँदैनथ्यो । जब त्यो घटना आफ्नै घरमा र आफैमाथि परिदियो तब मात्र थाहा भयो त्यसले दिने मानसिक पिडा कस्तो हुन्छ भनेर ।
छोरीमाथिको यो दर्दानाक अत्याचारको विरुद्धमा लाग्नु उनलाई बाध्यता थियो । यो अन्याय सहेर बस्नु भनेको आफ्ना छोरी र सिँगो भारतीय महिलाहरु मथिको अन्याय हो । अपराध सहनु अर्को ठुलो अपराध भन्ने लागेर उनले आफ्नो मन दरिलो पारिन् । चुप लागेर बस्योभने एउटा आमाबाबु हुनुको भुमिका के ? अनि आफ्ना छोरी जस्तै यो पिडा भोग्न बाध्य हजारौ चेली सुुरक्षित कसरी हुन्छन् ? यी तमान प्रश्नहरुले उनलाई न रातमा सुत्न दियो नत दिनमा चैन दियो । आफ्नी निर्दोष छोरी माथिको यो ज्याददीले आशालाई आगो बनाएर छाड्यो । उनको अभियानले आम भारतीयको दिमागमा पनि आगो लगायो कि ‘हत्याराहरुलाई फाँसी दे’ भन्ने आवाज थपिदै गए ।
देशमा अझै न्याय मरेको छैन अनि सत्यको जित एकदिन हुन्छ भन्ने ठानेर उनी न्यायलयका ढोका ढक्ढकाउन पुगिन् । विभिन्न मिडियाहरुमा आफ्ना पिडा र छोरीमाथि भएको कारुणिक अत्याचार देखाएर भारतीयहरुको मन जितिन् । उनका पछि आम महिला, पत्रकार, अधिकारकर्मी र सिँगो भारत नै लाग्यो ।
प्रत्येक दिन महिलाहरु बलात्कार हुने क्रम बढेर गएको थियो । मानवअधिकारको अन्तराष्ट्रिय संस्थाहरुले पनि दक्षिण एशियामा सबैभन्दा महिला बलात्कृत हुने देशमा भारत परेको थियो । यस्ता घटनाले सिँगो भारतको छवि पनि अन्तराष्ट्रिय रुपमा धमिलो बनेको थियो । यी घटनाले सदन, सरकार सडक तातेपछि भारतीय प्रधानमन्त्रीले नै ‘छोरी बचाउ, छोरी पढाउ’ भन्ने अभियाननै सुरु गरे । महिलामाथिको अत्याचार र हिँसाका लागि निर्भया माथिको यो घटना समाधानका लागि पनि अवसर थियो । न्याय पाउन त्यति सजिलो थिएन, निर्भयाका परिवारलाई दोषी पक्षले निकै ठुलाठुला हत्कण्डाहरु अपनाए । केही दोषीका परिवारको मृत्युलाई जोडेर समेत केसलाई बंग्याउन खोजियो । विभिन्न डरधम्की देखाइयो । ७ साल ३ महिनामा ४ दिन उनकी आमा प्रत्येक दिन मर्दैबाँच्दै गरिन, तै पनि उनीहरु न्यायको दौडमा एकतरहले दौडिरहे ।
चार जनलाइ मृत्युदण्ड
निर्भयाका तर्फबाट बहस गर्ने वकिल सिमा कुशवाहाका अनुसार दोषी चारै जनालाई बिहान ३ बजे उच्च अदालतले मृत्युदण्डको फैसला गरेको जानकारी दिँदा निर्भयाका बाबाआमालाई एउटा संसार जिते जस्तै महसुस भयो । निर्भयाका गाउँमा लड्डु बाँडियो र यो खुसीलाई मनाइयो पनि । बिहानको ३ बजे तिहाँड जेलमा चारजना दोषीलाई मृत्युदण्डका लागि लैजादै गर्दा उता निर्भयाकी आमाले मिडियामा भन्दै थिइन् । आम चेलीबेटीको मुहारमा एउटा खुसी छाउने छ र देश र कानुनप्रति नागरिकको विश्वास हुनेछ । धन्यवाद भारतीय कानुन, न्यायलय अनि न्यायमुर्तिहरु । हाम्रो देशमा कानुन अझै मरेको छैन अनि न्यायलयप्रति नागरिकको विश्वास अझै चुलिएर जाने छ । उनको यो आवाजले सिँगो भारतीय न्यायलय, न्याय प्रकृया अनि न्यायप्रति नागरिकको आशालाई बोलेको थियो । यो फैसलाले भारतीय भूमिका महिलामा एउटा खुसी मात्र थपेन यसले आउँदा दिनमा महिलामाथि हुने बलात्कार र हिँसाका घटनालाई पनि न्युनिकरण गर्ने विश्वासका रुपमा पनि लिइएको छ । एउटी आमाले आफ्नी छोरीप्रतिको जिम्मेवारी बल्ल आज पुरा गरेकी छिन् । मेरी छोरीको भड्किरहेको आत्माले आज थोरै भएपनि शान्ति पाएकी छे ।
यसरी भएको थियो घटना
मेडिकल साइन्सकी विद्यार्थी निर्भया राती साढे ९ बजे साथीका साथ चार्टर बसमा चढेकी थिइन् । उनलाई न कसैप्रति भय थियो नत चिन्ता नै । सधैजसोः उनी ढुक्कसँग बस चढेकी निर्भयाले त्यो रात राजधानीको मुल सडकमै यो हविगत बेहर्नुप¥यो । उनी गाडीमा चढ्नुभन्दा पहिले नै ती मान्छेहरु गाडीमा चढिसकेका थिए । उनी गाडीमा चढिसकेपछि त्यहाँ रहेका ६ जना केटाहरुले उनीलाई जिस्काउने, चिमोट्ने जस्ता निच काम गरे । त्यसको प्रतिकारमा उत्रिन उनलाई सम्भव थिएन । उनलाई अमानवीय यातनासहित पालैपालो बसभित्र बलात्कार गरियो र बसमुनि फ्कियो । सुनसान रातमा उनको विलाप सुन्ने कोही थिएन । यो घटनाले भारतको सामाजिक परिवेश र पुरुषहरुको सोचको मुकुण्डो उतारिदियो । देशको राजधानीमा भएको यस्तो घटनाले त्यहाँको सुरक्षा व्यवस्थालाई पनि गिज्यायो । घटनाले देशभर डरत्रास थपियो ।
यसरी दिईयो मृत्युदण्ड
दोषी चारजना पवन गुप्ता, विनय शर्मा, मुकेश सिँह, अक्षय कुमारलाई २० मार्च २०२० को बिहान ५ बजेर ३० मिनेट जाँदा दिल्लीस्थित तिहाडँ जेलमा मृत्युदण्ड दिइएको थियो । दोषी ६ जना भएपनि एकजना नाबालक भएकोले उनलाई सुधार गृहमा राखिएको छभने एक जना दोषीले यसअघि नै जेलमा आत्महत्या गरेका थिए । मृत्युदण्ड दिने अघिल्लो रात नै चारजनामा बेचइनी थपिएको थियो । उनीहरु रातभरी सुत्न सकेका थिएनन् । उनीहरुले आफ्ना तर्फबाट वकालत गरेका वकिल एपि सिँहलाई मृत्युदण्डबाहेक अन्य जुनकुनै कारबाही गर्नका लागि आग्रह गरेकोबारे वकिल एपि सिँहले बताएका थिए । वकिल सिँहले चारजनाको मृत्युदण्ड भारतीय कानुन विपरित रहेको जोडतोडले उठाए । एउट ज्यानको बद्ला ५÷६ जनाको ज्यान लिने यो कस्तो व्यवस्था ? धनी र उच्च बलशाली मान्छेलाई फाँसी दिनबाट रोक्न सक्ने तर गरिब, निमुखालाई फाँसीमा झुन्डाउने फैसलाले संविधान र देशको इमेजलाई विश्वसमुदायमा धमिल्याउने बताए । आम नागरिकले वकिल सिँहलाई निर्भयाको ठाउँमा तिम्री आफ्नी छोरी भएको भएपनि यस्तै बहस गथ्र्यो भनेर प्रश्न गर्दा समेत उनले आफूले आफ्नो पेशाको मर्म सधै पालन गर्ने प्रतिक्रिया दिए । मृत्युदण्डका लागि रातीमा अदालत खुलाएर रातमा फैसला गर्नुमा पनि सिँहले बिमती जनाएका थिए ।
मृत्युदण्डको सन्देश
भारतीय भुमिमा महिलामाथिको बलात्कार र हिँसाका लागि यो एउटा सचेत पार्ने घटना त बन्यो । यसले पुरुषहरुलाई मानसिक रुपमा सचेत हुन त संयमित बनाउने छ । तर, मान्छेको शरीरलाई फाँसी चढाउनुभन्दा बढि उसको सोच, चेतनालाई बढि फाँसीमा चढाउनुपर्छ । भित्रैदेखि मानवअधिकार, महिलाप्रतिको सम्मान र व्यवहारका लागि सरकार तथा प्रत्येक घरघरबाट अभियान थाल्नुपर्छ । मृत्युदण्ड भन्न सजिलो जति छ यसको प्रकृया र यसले दिने अन्य सन्देश चाहिँ भयानक हुन्छ । अब सबै पुरुषहरुको सोच बद्लियोस् । महिलाहरुलाई निर्धक्क भएर हिड्न, डुल्न स्वतन्त्र होस् । आउँदा दिनमा यस्ता घटनाहरु कहिँकतै नघटुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->