बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नियात्रा: हाचिको भेट्न सिबुया

नियात्रा: हाचिको भेट्न सिबुया


  • मीनराज बसन्त
  • चैत्र १५ २०७६, शनिबार

एकः
केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाखोटाङका जनप्रतिनिधिले छाडा कुकुरलाई व्यवस्थितगर्ने भन्दै धोबी–धुलाइ गरेको भिडियो सामाजिक सञ्जालमाभाइरल भयो । पसलजस्तो देखिने घरको अगाडि उभिएको कुकुरलाई एकजनाले डोरी लगाई नियन्त्रणमा लिन्छन् । र,अर्कोले चिर्पटले मरणासन्न हुने गरी चुट्छन् । बीचमाभाग्न, बाँच्न कुकुर उफ्रिन्छ । तर नियन्त्रणमा परेपछि सक्दैन । लगातारको प्रहारपछि ऊ ढल्छ । ढलेपछिपनिप्रहारको सिलसिला रोकिँदैन । अन्त्यमामर्‍यो भन्ठानेपछि उसलाई घिसार्दै लगिन्छ । कुनै फिल्मी दृश्यजस्तो लाग्ने (फिल्ममापनि यस्तो कहाँ हुन्छ र ?) निर्मम तर यथार्थ घटनाको साक्षीउक्त भिडियो हेरेपछि मेरा आँसु थामिएनन् । अलिकोमल स्वभावको र भावुकजो छु ।

दुईः
‘यो कुकुर होइन, मेरो छोरा हो’ यो कुरा व्यवसायीअमनतामाङले भनेकाहुन् । बीबीसी नेपालीसँग भिडियो कुराकानीगर्दै आफ्नो टिबेटन म्यास्टिफ जातको कुकुरबारे उनले यसो भनेकाथिए । तीनमहिनाको हुँदा चीनबाट मगाउँदात्यसको मूल्यउतिबेलासाढे दुई लाख रुपैयाँथियो । उक्त कुकुरकालागिखानामामात्रमासिक३५ हजारसम्मखर्च हुँदो रहेछ । भ्याक्सिनदेखि साबुन–स्याम्पुसम्म बजेट छुट्याउने अमनले म्यास्टिफ आफ्नो परिवार रहेको र उसकालागिपनिआफूले कमाउनु पर्छ भनेको सुन्दा फेरि कुकुरप्रति प्रेम र सम्मानपनिजाग्यो ।

माथिकायीदुवै फरक प्रकृति र सन्दर्भका घटना हुन् । यस्तै घटनाले मलाई हाचिकोको सम्झना गराउँछ । सडकछेउछाउमा जब अपहेलित, घाइते वामायालु कुकुर देख्छु, त्यतिखेर पनि सम्झनाहाचिकोकै आउँछ । सबै कुकुरलाई हाचिकोको सङ्ज्ञा दिन त मिल्दैन, तर प्राकृतिक संरचना एउटै देख्दात्यसको झल्को आउनु अन्यथाहोइन ।

०००

हिजोआजकिताब र फिल्म मेरो वुद्धिबिलासका साधनबनिरहेका छन् । तर यीदुवै फरकफरक कुरा हुन्भन्ने कुरामाम सचेत छु । धेरै अर्थमामलाई फिल्मभन्दाकिताब नै प्रिय लाग्छन् । मन पर्छन् । किताबबाट आउने सुबास, त्यसको स्पर्श र किताब पढेर गर्न सकिने कल्पना सायदै फिल्म हेरेर गर्न सकिएला । तर फिल्मले हाम्रो कल्पनाशक्तिको आयतनलाई खुम्चाइरहेको पनि एउटा कोणबाट सत्य हो । स्टिफनकिङको भाषामाभन्ने हो किताब र फिल्मभनेका स्याउ र सुन्तला जस्तै हुन् । दुवै फलफूल त हुन्, तर स्वादबिलकुलै फरक । किङको यो भनाइप्रति मेरो आंशिक सहमति छ ।किनकि स्याउको स्वादकालागि सुन्तलाखानु मूर्खतासिवाय अरू केहीहुँदैन ।

कहिलेकाहीँकिताबले जस्तै फिल्मले पनिदर्शकभित्र हुटहुटी जगाइदिने काम गर्छ । त्यसका केहीपात्र, चयनित स्थान र दृश्यले दर्शकलाई कतिबेलात्यहाँपुगूँभन्ने बनाइदिन्छ । किताबको सन्दर्भमा कुरा गर्दा, त्यहाँकाशब्दलाई पाठक आफैंले सेट निर्माण गर्दै, कल्पनागर्दै, पढ्नुपर्ने हुन्छ । अमेरिकीगीत–सङ्गीतकार ट्रेन्ट रेज्नर भन्छन्, ‘‘फिल्मभन्दाकिताब नै उत्तमहुन् । किनकितपाईंले सेटको निर्माण त्यसरी नै गर्नुहुन्छ, जसरी हेर्न चाहनुहुन्छ ।’’

यस्तै क्रममा केहीफिल्म हेरेपछि मलाई तत्तत् स्थानसम्मपुग्ने तीव्र आकाङ्क्षापलायो । तपाईंहरूलाई पनि यस्तो भएको हुनसक्छवा हुन्छ होलापनि । उसो त सबै फिल्म हेरेर वाकिताब पढेर निर्देशित–लिखित स्थानसम्मपुग्न सम्भवहुँदैन । नहुँदानहुँदै पनि मन भने पुग्छ ।अनि शरीर पुग्न चाहन्छ । जब दुई फिल्म– ‘हाचिको’ र ‘माझी द माउन्टेन म्यान’ हेरेँ त्यसपछि जीवनको कुनै कालखण्डमा क्रमशःहाचिको आफ्नो प्रोफेसरलाई नित्यपर्खिरहने स्टेसन सिबुया, जापान र दशरथ माझीले कडा परिश्रमका साथहम्मरले चट्टानी पहाड काटेर निकालेको सडक एवम् गाउँ हेर्न बिहारस्थित गेहलौर जाने मन भयो । तीदुई स्थानमा एकपटक पुग्छु भन्ने आफैंसँग सङ्कल्पगरेँ । थाहा छैन, कसरी यस्तो मीठो सपनाको माकुरे जालोमाअल्झिएँ ।

सौभाग्य नै भन्नुपर्छ ! दूरी, खर्च अनिआवत–जावतको हिसाबले नजिक पर्ने गेहलौरभन्दापहिले टोकियो, जापानपुगेँ । त्यहाँपुगेपछिकम्तीमासिबुयानपुगूँ, यो हुनै सक्दैनथ्यो । बरू विविधकारणले हिरोसिमा–नागासाकीपुग्न सकिनँ । डिज्नी ल्यान्डर स्काई ट्री घुम्न भ्याइनँ । तर हाचिको भेट्न सिबुयापुगेरै छोडेँ ।

रियलहाचीको

सन् १९२३ माओदाते सहरनजिकै अकिताप्रिफेक्चरमाजन्मेको अकिताजातको कुकुर हो, हाचिको । हाचिको अर्थात् एउटा बफादार कुकुर । जापानमावफादारीको पर्याय बनिसकेको हाचिकोलाई हिदेसाबुरो उएनोले सिबुयास्थितआफ्नो घर ल्याएर पालेकाथिए । उनी टोकियोस्थिततत्कालीनइम्पेरियल विश्व–विद्यालयकाप्राध्यापकथिए । जब उएनो दैनिकविश्व–विद्यालयजान्थे,हाचिको उनलाई छोड्न सिबुया स्टेसनसम्मपुग्थ्यो । घर फर्किंदा पनित्यहीँपुगेर हाचिको आफ्नो मालिकको प्रतीक्षागरिबस्थ्यो । यसरी उनीहरू सँगै घर फर्किन्थे ।

सन् १९२५ को एक दिन । ब्रेन ह्यामरेजकाकारण विश्व–विद्यालयमै उएनोको मृत्यु हुन्छ । बिहानमालिकलाई छोडेको हाचिको दिउँसो लिनउही पुरानो ठाउँ पुग्छ । पर्खिन्छ, पर्खिन्छ तर उएनो फर्केर आउँदैनन् ।

यसबीचमाथुप्रै वसन्त ऋतु बहार बोकेर आउँछन् । थुप्रै शिशिरले उजाडेर लैजान्छन् । हिउँ खस्छ । पानी पर्छ । तर हाचिको भने मालिकफर्कने समयमा स्टेसन पुग्न छोड्दैन । यसरी उसले नौ वर्ष नौ महिना१५ दिनपर्खाइमै गुजार्छ । र, मार्च १९३५ (११वर्षको उमेर) माउसको मृत्यु हुन्छ । धैरेपछि गएर हाचिकोको मालिकप्रतिको प्रेम, बफादारी र विश्वासलाई लिएर १९८७माजापानमै फिल्मबन्यो, हाचिको मोनोगातरी (हाचिको किंवदन्ती) । बक्सअफिसमात्यो वर्षको सर्वाधिक हिट फिल्म । जसलाई काजुयोसी ओकुयामा र ज्युनइचीसिन्दोले मिलेर बनाए । यसमा सेइजिरो कोयामाको निर्देशनथियो ।

फिल्म र फिल्म

सन् २००९ मा रिलिजभएको फिल्महो– हाचीः अ डग्स टेल । सन् १९८७माबनेको ‘हाचिको मोनोगातरी’को अङ्ग्रेजी भर्जन मानिन्छ । जसलाई लेजस हलस्ट्रोमले निर्देशन गरेका छन् । तर जापानीजबाट अङ्ग्रेजीमागएसँगै फिल्ममा केही फरकपनपनि देखिन्छ । (यहाँनेर दुवै फिल्मको कथासारांश लेखेर यो लेख तन्काउनचाहिनँ ।) हामीमध्ये धेरैले ‘हाचीः अ डग्स टेल’ त हेर्‍यौं होला । तर ओरिजिनल ‘हाचिको मोनोगातरी’ हेरेका छैनौ कि ! मैले पनि जापानबाट फर्केपछि मात्रै हेरेको हुँ । जब यो हेरेँलाग्यो, वास्तविककथानक हेरेकोझैंलाग्यो । जस्तो किजापानिज भर्जनमाअकिताजातिको कुकुर प्रोफेसरलाई उपहारस्वरुप घरमै पु¥याइएको छ भने अङ्ग्रेजी भर्जनमाजाँदाबीच बाटोमा टोकरी खसेर त्यसबाट ऊ निस्केर भागेको छ । यस्तै दुवै फिल्मको कथा उठान र बैठान पनिअलगअलगतरिकाले गरिएको छ । यीबाहेक धेरैकुरा रिमेक गरिएको फिल्ममा छुटेको महसुस हुन्छ ।

सिबुया स्टेसन

मृत्युपछि हाचिकोको प्रशंसा चारैतर्फ फैलियो । मृत्युपूर्व पनि, प्रोफेसरलाई कुरिरहेको बेला ‘आसाहीसिम्बुन’नामकपत्रिकामा ऊ छापियो । उसबारे सुनेर त्यहाँका स्थानीयले पैसा जम्मा गरे । र, सिबुया स्टेसन बाहिर स्ट्याचु बनाए । तर दोस्रो विश्व युद्धको समयमात्यो छिन्नभिन्न भयो । त्यसपछि सन् १९४८ मा फेरि त्यसको पुनःनिर्माण भयो । आजसिबुयाहाचिकोको सम्झनालाई जोगाइराख्ने ठाउँ मात्रै होइनपर्यटकीय स्थलपनिबनेको छ । यस्तै प्रत्येक वर्ष मार्च ८ कादिन ‘च्युकेन हाचिको मातसुरी’ समारोह हुँदोरहेछ । हाचिकोप्रति सम्मानव्यक्तगर्दै जीवन्त प्रेम, अटुट विश्वास र जीवनभरको साथकालागिकसमपनिखाइने कुरा त्यहीँपुगेर थाहाभयो ।

०००

फराकिलो ठाउँ । अर्ध चन्द्राकारमा सामूहिक रुपमा बस्ने कुर्सी । वरिपरि साकुराका वृक्षहरू । र, बीचमा मस्टो आकारमा ठडिएको एउटा उँचो चौको । त्यसैमाथि पछाडिका दुई खुट्टामारी अगाडिका दुई खुट्टा टेकेर उभिएको छ हाचिको याने किउसको स्ट्याचु । हेर्दा आँखाचिम्लिएजस्तो लाग्ने । बोलाउँदाबोल्छ जस्तो पनि । रङमा स्वर्ण–खैरो । त्यसकै तलजापानीभाषामा लेखिएको छ– च्युकेन हाचिको । अर्थात् बफादार कुकुर, हाचिको । यो दृश्यसिबुया स्टेसनबाहिरको हो ।

अप्रिलअन्तिम साता म सिबुयापुग्दाहिउँ परिरहेको थिएन । बरू चरक्कचर्किएको थियो घाम । न त्यहाँफिल्ममा देखिएको जस्तो हाचिको बस्ने गोलो चौतारी थियो न त्यो पुरानो संरचना । पछि पो थाहापाएँउक्तफिल्मवुनसकेट रोड–आइल्यान्डमा छायाङ्कन भएको रहेछ । सिबुयामाखोजेर के पाइन्थ्यो र ? तर पनिसिबुयाका रेल–पटरी देख्दाहिउँले ढपक्क ढाकिएको सम्झिएँ । रोकिएका रेल देख्दाकतै त्यसको मुनिहाचिको लुकेको छ किभन्ने पनिलाग्यो । किनकिफिल्ममात्यही दृश्य बढी जीवन्त देखाइएको छ ।

त्यसै त जापानव्यस्त देश । व्यस्त मान्छे र तिनैकाकारण अतिव्यस्तबनिरहेका हरेक स्टेसन । गोल्डेन विकचलिरहेकोले गर्दा पनिहोला, भीडभाड झेलिनसक्नुको थियो । त्यही भीड छिचोलेर हाचिकोको स्ट्याचुअगाडि उभिएँ । र, एउटा फोटो खिचाएँ । मेरा लागि यो स्वर्णिम पलथियो जीवनको । अनि साथीरूसँग फर्किएँ ।  तर हाचीको भने आफ्नो मालिकलाईअझै पनिपर्खिरहेकै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->