`

स्वास्थ्य उपकरणहरुमा ठट्टा गर्न मिल्छ ?


  • दुर्गा भण्डारी
  • बिहिबार, चैत्र २०, २०७६

संसारका २०३ देश नोवल कोरोना भाइरस (कोभिड–१९) को चपेटामा पर्दा संक्रमित हुनेहरुको संख्या ८ लाख ६० हजार १ सय ७० पुगेको छ । मृत्यु हुनेको संख्या ४२ हजार ३ सय ४४ छ । कोरोना गत डिसेम्बरको अन्यतिर चीनको बुआन शहरबाट सुरु भयो । चीनले दुई महिनामा कोरोना नियन्त्रण ग¥यो । सहरलाई लकडाउन गरियो । यद्यपी,त्यह ५० लाखजतिले सहर भने छाडेका थिए । चीन सरकारले संक्रमण अन्यत्र फैलन नदिन ट्रेस गरेर आफ्नै ठाउँमा ल्याएर राख्यो । कोरोना अन्य देशमा फैलन नदिन विदेशी नागरिकलाई पनि चीनमै उपचार प्रबन्ध मिलायो । तर, इटली, फ्रान्स, ब्रिटन स्पेन, अमेरिकालगायतका देशले अत्तालिएर आफ्ना नागरिकहरुलाई प्लेन चार्टर्ड गरेर लगे । नेपालले बुआनमा रहेका नेपाली विद्यार्थीहरुलाई ल्याउन ढिलो गरेकोमा यहाका संचारमाद्यमहरुले कोकोहोलो मच्चाए । नेपालले पनि विद्यार्थी सुरक्षित र व्यवस्थित गरी ल्याएर क्वारेन्टाइनमा राख्यो । कसैको पनि रिर्पोट पोजेटिभ देखिएन ।
बुहान संक्रमित हुँदा पश्चिमासहितका अन्य मुलुकहरु निश्चिन्त अवस्थामा थिए । अहिले कोभिड–१९ बाट युरोपका धेरै मुलुक, र अमेरिका नराम्ररी प्रभावित भएको छ । यो रोगबारे यी विकसित र शक्तिशाली देशहरुले भयङ्कर ठूलो हेलचक्र्याइँ गरे, जयको कारण अहिले विश्वका विपन्न मुलुकहरु आर्थिक चपेटामा परेका छन् । यी देशहरुले नेपालको जति पनि सतर्कता अपनाएनन् । बुआनलगायत कोरोना संक्रमण भएको ठाउँबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा हैन, स्वतन्त्र हिँडडुल गर्न दिइयो । अमेरिकाले त लामो समयसम्म पनि यो कोभिड–१९ लाई पेन्डोमिक (महामारी) मानेन । फस्वरुप आज अमेरिकामा मृत्युहुनेको संख्या चीनको भन्दा पनि बढ्दै आएको छ । अमेरिकामा करिब दुईलाख जति संक्रमित र मृत्यु हुनेको संख्या ४ हजार ४२ पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकलाख मानिसको मृत्यु भएमा कम क्षति भएको मान्नुपर्ने अभिव्यक्ति दिएका छन् । वास्तवमा अमेरिका लगायतका युरोपेली मुलुकहरुको दम्भका कारण नोवेल कोरोना भाइरस कोभिड–१९ बाट संसार नै त्रसित बन्नुपरेको अवस्था छ । ती मुलुकहरुलाई ‘हाम्रो राम्रो स्वास्थ्य प्रणाली छ पैसा छ हामीलाई केही हुँदैन’ भन्ने घमण्ड पलाएको हो । अर्को कुरा, ती मुलुकहरु पूँजिवादी भएको कारणले आर्थिक गतिबिधि ठप्प पार्नु हुँदैन मान्यता रह्यो । युरोप र अमेरिका बाहेकका देशबाट यस्ता महामारी फैलिएको अवस्था हुन्थ्यो भने त्यो देशमा स्वास्थ्य अधिकार र मानव अधिकारका कुराहरु जोडतोडले उठ्ने गर्दथ्यो । तर, युरोपका शक्तिशाली राष्ट्रहरु कहलिएका ब्रिटेन, इटली, फ्रान्स, स्पेन र महाशक्ति अमेरिकामा कोरोनाका कारण मान्छे उपचार नपाएर मरेकाम¥यै छन् । तर, खोइ त उनीहरुको मानव अधिकार ? उनीहरुलाई नागरिरकभन्दा पैसा प्यारो हुने भयो । व्यापार व्यवसाय वा बजार ठप्प पार्नुहुन्न भन्ने मान्यताका कारण आफ्ना नारिक र संसारभरका नागरिकलाई नै यो रोग फैलाउने काम भयो अहिले सिंगो विश्व यो पेण्डोमिकबाट अछुतो छैन ।
महामारीकै बेलामा नेपालमा खासगरी दुईवटा प्रवृत्ति देखा परेका छन् । पहिलो, प्रवृत्तिमा राजनीतिक स्वास्र्थ लुकेको छ । सरकारले केही गर्न नसकेकोे कुप्रचार गरेर सरकारलाई कमजोर पार्ने प्रवृत्ति । सरकारकै पार्टी पंक्तिका स्वार्थी नेता÷ कार्यकर्ताहरु र प्रतिपक्षीहरु पनि सलबलाएका छन् । सरकारले गरेको अथक प्रयत्नलाई केही गर्न सकेन भनेर हौवा फिजाउने र फोहरी राजनीति गर्नेहरुले नागरिकलाई त्रसित पारेका छन् । यो संवेदनहीन कुरा हो । सत्तारुढ पार्टी कै केही नेताहरुले विपक्षी नेतालाई उचालेर सर्वदलीय सरकार बनाउनुपर्छ भन्नेसम्मका अभिव्यक्ति आउन थालेका छन् । विगतमा सर्वदलिय सरकार कै कारण भागबण्डामा मुलुकले यो दुर्गति भोग्नुप¥यो । स्वास्थ्य संस्थाहरु राम्रो बनाउनुपर्छ, मानव संसाधनलाई महत्व दिएर काम गर्नुपर्छ भन्ने चेत आएन । यस्तो महामारीको बेलामा प्रतिबद्ध (डेडिकेटेड) संस्थाहरु नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी काम लाग्ने र उनीहरुले चलाएका अस्पताहरु, सरकारी अस्पतालहरु डाक्टरहरुमा मात्रै नेपाली भावना हुने कुरालाई मनन् गर्न जरुरी थियो । हामीले निजी अस्पतालहरुलाई प्रोत्साहन ग¥यौँ. । सामुदायिक र सरकारी अस्पतालको राम्रो ब्यवस्थापन गर्न चुक्यौँ । जस्को कारण अहिले नतिजा भोग्नु परिरहेको छ । विगतमा मिलजुली सरकारले पारेका भ्वाङहरु अहिले यो सरकार टाल्ने प्रयत्न गर्दागर्दै कुर्लिनुको कुनै अर्थ छैन । यो सरकारले गर्न नसकेका काम अर्को सरकारले कहिल्यै गर्नै सक्दैन । यी खुराफाती नेताहरुलाई नागरिको माया होइन, सरकारले गरेका लोकप्रिय कामहरुलाई प्रतिरोध गर्न र कसरी हुन्छ असफल देखाउनु छ । सरकारले कोरोना भाइरस नियन्त्रण गर्न प्रसस्तै समय पाएको थियो । सरकार सचेत पनि थियो । तर सत्तारुढ पार्टीकै नेताहरुले लामो समय राजनैतिक लकडाउन (बन्दाबन्दी) गरे । पदमा खिचातानी गरे । एउटै पार्टी भए पनि भागबण्डा गर्ने बानी हटेन । अहिले संकटको बेलामा पनि भागबण्डाको कुरा उठाउने प्रवृत्ति देखिएको छ । यो जनतालाई कहिल्यै स्वीकार्य हुँदैन ।
दोस्रो, संवेदनशील अवस्थामा भएको कमाउ धन्दा । गुणस्तरहीन माक्र्स र पीपीई बनाएर बेच्ने, कालो बजारी गर्ने तथा कृतिम अभाव उत्पन्न गराई ठग्ने प्रवृत्ति बढेको छ । निर्वाचितहरु केहीले बिभिन्न समूहका नाममा े गुडस्तरहीन माक्र्स र पीपीई तथा स्यानीटाइजर बनाएर बिक्री गर्ने धन्दा चलाएका छन् । आफूलाई समाजसेवी दावी गर्दै सामाजिक संजालमा राख्ने र गुणस्तरहीन माक्स, कपडाको माक्स महंगो मूल्यमा धमाधम बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको छ । उपभोक्ताको चेतना दोहन गर्ने प्रवृत्ति बढ्दा उपभोक्ता अधिकारकर्मीहरु र स्थानीय प्रशासन चुप लागेर बसेको देखिन्छ । सामान्य अवस्थामा भए यो माक्सले पनि काम गर्दथ्यो । तर, यो विशेष अवस्थामा स्वास्थ्य उपकरणहरुमा ठट्टा गर्न मिल्छ ? अझ, कपडाको गुणस्तरहीन माक्स लगाएपछि सतप्रतिशत सुरक्षित भइन्छ भन्ने कुप्रचार सामाजिक संजालमा गर्ने गरिन्छ । कपडाको गाउन बनाउँदैमा पीपिइ हुँदैन, त्यसले डब्लूएचओको मापदण्ड पूरा गरेको हुनुपर्छ ।
डब्ल्यूएचओले तोकेकोे मापदण्ड अनुसारको पीपीई स्वास्थ्यकर्मीले लगाउने, व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) हो । यो विश्वसनीय कम्पनीको उत्पादन र गुणस्तरीय हुनुपर्छ । सबैले पीपीई बनाउन पाउने भए युरोप र अमेरिकामा यस्को ब्यापक उत्पादन हुन्थ्यो होला । आज युरोका देशहरु, अमेरिकामा किन माक्सको र पीपीईको अभाव सृजना हुन्थ्यो ? डब्लूएचओले कोभिड–१९को बिरामीसित सीधै सम्पर्कमा रहने डाक्टर वा अरु स्वास्थ्यकर्मीले एन–९५ (अमेरिकी स्ट्यान्डर्ड) वा एफएफपी–२ (यूरोपियन स्ट्यान्डर्ड) वा सोभन्दा माथिको मास्क लगाउनको लागि सुझाव दिएको छ । आम नागरिक, कर्मचारी वा कोभिड–१९ को सीधा सम्पर्कमा नरहने स्वास्थ्यकर्मीले मेडिकल मास्क लगाउँदा हुन्छ । कोभिड–१९ भाइरस हाम्रो शरीरमा नाक, मुखका साथै आँखाबाट छिर्नसक्ने हुँदा नाकमुख र आखा सँधै जोगाउनुपर्छ । नाक, मुख र आँखामा हात लैजानुभन्दा अगाडी राम्ररी साबुनपानीले धुनु पर्छ ।
एन–९५ स्ट्यान्डर्ड भन्नाले ०.३ माइक्रोनसम्मका कणहरुलाई ९५ प्रतिशत रोक्नसक्ने मास्क हो । जुन सर्जिकल या मेडिकल मास्कबाट सम्भव हुँदैन । एन–९५ ले अत्यन्तै साना कण जस्तै ः कोभिड–१९को जीवाणुलाई पनि फिल्टर गर्न सक्छ । तर, यो मास्क अहिले बजारमा अभाव छ । विकसित राष्ट्रमा समेत यसको अभाव छ । नेपाल सरकारले अहिले चाइनाबाट कोभिड–१९ का बिरामीहरुलाई उपचार गर्ने डाक्टरहरुका लागि प्रयोग एन ९५ माक्स, सर्जिकल माक्स, पीपीई र किटहरु पठाइदिएको छ । पीपीई सेटमा नाइट्रेलको पञ्जा, डिस्पोजÞेबल पोलीकोटेड गाउन वा पानी नछिर्ने (वाटर रेजिस्टन्ट) गाउन, जुत्ताको कभर र अझै महत्वपूर्ण आँखाको सुरक्षाका लागि आई प्रोटेक्टिभ गगल्स हुनुपर्छ । किनकि आँखाबाट पनि कोभिड–१९ भाइरस हाम्रो शरीरभित्र छिर्न सक्छ । त्यसले हचुवाको भरमा मेडिकल उपकरणहरु बनाएर ब्यापार गर्नाले झन ठूलो दुर्घटना ननिम्त्याउला भन्न सकिन्न । यो संवेदनशील घडीमा सस्तो खालको ठट्टा मजाक क्षम्य हुँदैन । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology