आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना संक्रमणपछिको अस्पताल: ‘कालो बादलमा चाँदीको घेरा’

कोरोना संक्रमणपछिको अस्पताल: ‘कालो बादलमा चाँदीको घेरा’

हाल १० जना बिशेषज्ञ डाक्टर छन् । मेडिकल अधिकृतसमेत २३ जना कार्यरत छन् । ४० जना नर्स, ४० कै हाराहारीमा अन्य स्वास्थ्यकर्मी पनि छन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०७७, आइतबार

बागलुङ, ७ बैशाख– तत्कालिन बागलुङ जिल्ला अस्पताललाई २०६६ सालमा धौलागिरी अञ्चल अस्पतालमा बढुवा गरियो । अञ्चल अस्पताल भएपछि बिशेषज्ञसहितको सेवा दिने कानूनी प्रावधान छ । तर लामो समयसम्म यो अस्पतालमा बिशेषज्ञ सेवा प्राप्त भएन ।
अस्पताल बिकास समितिले पटक–पटक प्रयास ग¥यो । त्यतिमात्र हैन तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले पनि बिशेषज्ञ पठाए । तर उनी मन्त्री पदबाट बाहिरिएको दिन आएका बिज्ञहरु फर्के । बिशेषगरी सुबिधा सम्पन्न सहरमा बसेका बिशेषज्ञ डाक्टरले नियुक्तसँगै काजसमेत सँगै लिएर आउने प्रवृत्तिले अस्पताल व्यस्थापन समिति मात्र हैन सेवाग्राही हैरान थिए । बिशेषज्ञ नबसेपछि अत्याबस्यक सेवा पनि दिन नसकेर रिफर सेन्टरमा परिणत भएको थियो । चिकित्सक अभाव हुँदा यहाँ आएपछि चार जिल्ला घुमाएर मात्र प्रसुती व्यथा लागेकाले उपचार पाउने बाध्यता समेत थियो ।
तर पछिल्लो दुइ बर्षमा अस्पतालले भौतिक प्रगती राम्रो गरेको छ । साथै बिशेषज्ञ सहितको सेवा प्रवाह पनि बढाएको छ । व्यवस्थापन पक्ष र अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको सामुहिक प्रयासले अस्पतालमा सुधारका संकेत देखिएका छन् । अहिले अस्पतालमा १० जना बिशेषज्ञसहित २३ डाक्टर बसेर सबैखाले बिशेषज्ञ सेवा दिएका छन् । सेवा बढेकै कारण दैनिक ३ सय बिरामी उपचारमा आउन थालेका छन् ।
एक महिनादेखि नेपालमा कोरोना भाइरसको प्रभाव बढेको छ । भारतबाट आउनेदेखि बिदेशबाट आएका यात्रीबाट संक्रमण भित्रिएपछि बागलुङमा जोखिम पनि बढी छ । बागलुङकै अस्पतालमा दुई जना संक्रमित उपचार गराइरहेका छन् । उनीहरुको नियमित उपचार, हेरचाहको जिम्मादेखि नियमित बिरामीको उपचार र बिशेषज्ञ सेवा प्रवाह गर्ने काम चुनौतीपूर्ण छ । यो अबस्थामा धौलागिरी अञ्चल अस्पतालले आफ्नो नियमित साख जोगाएको छ । साथै यही चुनौतीपूर्ण अबस्थामा अस्पतालले थप साधनश्रोत र उपकरण थप गरेको छ । एक साताअघिसम्म हुँदै नभएको अबस्थाबाट यहाँ ३ वटा भेन्टीलेटर जडान भएका छन् । आइसियु कक्ष निर्माणाधिन छ । केही उपकरण आइसकेका छन् । अस्पतालमा एक्सरे, भिडियो एक्सरे, डाएलाएसिस र अपरेशनका सेवा नियमित भैरहेका छन् ।

अञ्चल अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउँदैछौ ।

डा. शैलेन्द्र बिश्वकर्मा पोखरेल
(मेडिकल सुपरिटेन्डेन्ट, धौलागिरी अञ्चल अस्पताल)

छिमेकी पर्वतको कुश्मा घर भएका पोखरेल धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हुन् । ४५ बर्षका पोखरेल तीन बर्षदेखि बागलुङमा कार्यरत छन् । नेपाल मेडिकल कलेजबाट एमबिबिएस र भरतपुर स्वास्थय बिज्ञान प्रतिष्ठानबाट मेडिकल सर्जनको पढाई सकेका पोखरेलले ५ बर्ष भरतपुर अस्पतालमै बिताए । त्यहाँ बस्दा उनले बर्डफ्लु, डेंगु लगायतका महामारीबिरुद्ध सेवामा खटिए । बिभागीय प्रमुखको रुपमा काम गर्दा उनले तत्कालिन महामारी र सरुवा रोगको उपचार र व्यवस्थापनको चुनौती पार लगाएका थिए ।
अहिले उनी अस्पतालको प्रमुखसहित नाक कान घाँटी रोग बिशेषज्ञ पनि हुन् । अस्पतालमा अहिले पनि दैनिक ४ जनासम्म अप्रेशनमार्फत सुत्केरी गराउने काम भैरहेको छ । अन्य अप्रेशनसहित बालरोग, सर्जन, हाडजोर्नी लगायत तत्कालको आवस्यकताका लागि व्यवस्थापकीय काम पनि भएको छ । डाक्टरहरु काममा खटाउने उनको मुख्य काम हो । मौषमी ज्वरो, रुघाखोकी र दुर्घटनाका बिरामीको उपचार गर्ने काम पनि यहाँ रोकिएको छैन । त्यसमा पोखरेलको नेतृत्व सफल देखिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर बताउँछन् । एक महिनादेखि दैनिकी फेरिनुको साथै कामको जिम्मा बढी भएको पोखरेलले बताए । उनले चौबिसै घण्टाको जिम्मामा बस्नुपर्दा बढी थकित हुने बताउँछन् । ‘नियमित काम भैरहेकै छ, दुई जना कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गराइएकोले थप जिम्मेवारी छ ।’ बिहानै उठेर दैनिक कार्ययोजना बनाउने, ¥यापिड रेस्पोन्स टिमको बैठक बस्ने, कोरोना संक्रमितको अबस्था बुझेर मन्त्रालयमा रिर्पोटिङ गर्ने उनको मुख्य जिम्मा छ ।
दैनिक संक्रमितसँग स्वास्थ्य अबस्था बुझ्ने, सम्बन्धी औषधिका लागि चिकित्सकको टिममा छलफल गर्ने र आबस्यक औषधि चलाउने काममा उनको व्यस्तता छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वका सुरक्षा समिति, दैविप्रकोप समिति लगायतका बैठकमा पुग्ने, संचारमाध्यमको फोन र म्यासेजको जवाफ दिने काम उनको दैनिकीमा पर्छन् । बिरामीका आफन्तको फोन समेत उनैलाई आउ“छ ।
पोखरेलको नेतृत्वपछि हाल १० जना बिशेषज्ञ डाक्टर छन् । मेडिकल अधिकृतसमेत २३ जना कार्यरत छन् । ४० जना नर्स, ४० कै हाराहारीमा अन्य स्वास्थ्यकर्मी पनि छन् । सबैको कार्यालय प्रमुखको रुपमा पोखरेल खटिन्छन् ।
‘जस्तो समस्या आउँछ त्यही उपचार गर्ने अहिलेको पद्दती हो’ पोखरेलले भने, ‘औषधि पत्ता नलागेकोले अन्य बिज्ञको सल्लाहमा औषधि चलाउने गरिएको छ ।’ डा. प्रदिप श्रेष्ठ र ल्याब टेक्नोलोजिष्ट सुरज बराल सहितको टोलीले नियमित बिरामीको उपचार गरिरहन्छन् । बिभाग, मन्त्रालय र इपिडिमियोलोजी महाशाखाका चिकित्सकहरुको सल्लाहमा औषधि दिने गरेको उनले बताए । अस्पतालमा १९ बर्षकी एक युवती र एक ६५ बर्षका महिला थिए । महिला निको भएर घर फर्किएकी छिन् । युवतीलाई सामान्य रुघाखोकी र ज्वरोको औषधि चलाएकोमा महिलालाई दम, रक्तचाप, मुटु, मृगौला लगायतका समस्याका औषधि पनि चलाउनु परेको थियो । ‘भाइरल र व्यक्टेरियाबिरुद्धका औषधि चलाउने र निको पार्ने काम गरिएको छ’ पोखरेल भन्छन्, ‘विश्वभर अध्ययनकै क्रममा रहेको रोगसँग आँफै सचेत भएर लड्नु परेको छ ।’ सामान्य बिरामीभन्दा फरक समस्याले डाक्टर आँफै जोगिने काम गर्नुपरेको उनले बताए ।
‘आँफू र आफ्नो घरपरिवारसहित समाज जोगाउने जिम्मा छ, त्यसमा कुनै त्रुटी नहुने गरी काम गर्नुपरेको छ’ उनले भने, ‘नेपालीको इम्युनिटी पावर बढी भएकोले हत्पति रोगले नच्यापेको हो ।’ बिसीजी खोप लगाएकालाई कोरोना भाइरस संक्रमण कम भएको देखिएकोले अलि ढुक्कले काम गर्न सकेको समेत उनले बताए । विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपाल लगायतका देशमा बिसिजी खोप लगाउने गरिन्छ । बिसिजीको प्रयोजन फरक भएपनि कोरोनाबिरुद्धको लडाइमा सहयोगी भएको चिकित्कसहरुले पत्ता लगाइसकेका छन् । पोखरेल पनि कोरोनाबिरुद्धको लडाईबाट छिट्टै बिजय पाउन सकिने आसा लिएर काम गरिरहेका छन् । भन्छन्, ‘कोरोना भाइरसबिरुद्धको काम गर्दागर्दै सरकारले कोरोना उपचार सेवाको अस्पतालको रुपमा पनि बिकास गर्ने भएको छ ।’
आफ्नो क्षेत्र भएकोले पोखरेलले ७७ जिल्लामा चिनिने चितवन छाडेर बागलुङमा सेवा गरिरहेका छन् । व्यवस्थापनको बिद्यार्थी भएकोले श्रीमती ऋषि बिक पाखेरेलले घर, १२ बर्षकी छोरी र ९ बर्षको छोरा सम्हालेकी छिन् । पाखेरेलले अस्पताल र महामारी बिरुद्धको अभियान हाँकेका छन् । सरकारलाई कोरोना बिशेष अस्पतालको रुपमा स्थापित गर्न पनि उनले लबिङ गरेका छन् । ‘अञ्चल अस्पतालमा बिशेषज्ञ सेवा दिएकै थियौं, अब कोरोना बिशेष अस्पताल पनि बनाउन पहल गरेका छौ’ उनले भने, ‘बिदेशमा काम गर्ने धेरै भएकोले यहाँ नियमित उपचार र परीक्षणको केन्द्रकै रुपमा बिकास गर्ने अनुरोधमा सरकार सकारात्मक छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->