`

‘के नीजि, के सरकारी ! कोरोनाविरुद्ध लड्न जुटेका छौं’


  • डा. विनोदविन्दु शर्मा प्रमुख, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय
  • बुधबार, बैशाख ३१, २०७७
कोरोना संक्रमितको संख्या दिनहँु बढ्दो छ । मंगलबार मात्रै ८३ जना नयाँ कोरोना संक्रमित भेटिए । यो संख्या अझै बढ्ने अनुमान गरिकै छ । गण्डकी प्रदेशमा पनि दुई कोरोना संक्रमित भेटिएका थिए । उनीहरु अहिले निको भएर घर फर्किसकेका छन् । महामारी अझै बढ्ने संकेतको बिचमा गण्डकीमा यसको तयारी कस्तो छ ? कोरोना रोकथामको लागि तयारी सकरी गरिदै छ ? स्वास्थ सामग्रीको अवस्था कस्तो छ ? लगायतका विषयमाथि केन्द्रित रहेर ढोरपाटनकर्मी श्याम राना मगरले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर विनोदविन्दु शर्मासँग लामो कुराकानी गरे । प्रस्तुत छ, उनै शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश : (सम्पादक)

कोरोना अस्पताल गण्डकीले अहिले के कसरी आफ्नो काम गरिरहेको छ ?
अहिले स्टाफ तयारी गर्न लागिरहेका छौं । गण्डकी प्रदेशको मुख्यालय पोखरामा १९ वटा सरकारी, प्राइभेट, मेडिकल कलेज, अस्पताल सबैलाई जोेडेर २ हजार ४ सय ३७ जनाको लिस्ट बनाएका छौं । त्यो लिस्टलाई एकमुस्टिकरण गर्ने र तिनीहरुलाई पेश गर्ने काम भई रहेको छ ।
अर्को, गण्डकी प्रदेशको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानलाई ‘कोभिड अस्पताल’ भनेर सरकारले छुट्याएको छ । त्यहाँ १० वटा बेडको आइसोलेसन वार्ड बनाएका छौं । भेन्टिलेटर, मोनिटर तयारी अवस्थामा राखेका छौं । मानसिक रुपमा पनि अस्पताल कोभिडको उपचारको लागि तयार भएर बसेको छ । अहिले अस्पताल खाली छ । तर, तयारी अवस्थामा छ । र, हामीले त्यो कोभिड अस्पताललाई साथ सहयोग गर्ने क्रममा आपूर्तिको अवस्था सहज पार्ने, प्रदेशका अरु संरचनाहरु जस्तै अन्य अस्पताललाई के सहयोग गर्न सकिन्छ । हाम्रो प्रदेशका अरु जिल्ला अस्पतालहरुलाई के गर्न सकिन्छ । त्यहाँको रिसोर्सलाई पनि कसरी मोबिलाइजेसन गर्ने भनेर काम गरिरहेका छौं ।
कोरोना अस्पतालमा स्वास्थ्य सामग्रीहरु पर्याप्त मात्रमा छन् त ?
केशहरु धेरै देखिए भने स्वास्य सामग्रीको पर्याप्तता छैन । तर, अहिलेको अवस्थामा पर्याप्त नै छ । टेस्टको अवस्था, नमुना संकलन गर्नका लागि जे चाहिन्छ । त्यो सबै थोक उपलब्ध छ अहिलेसम्म ।
गण्डकी प्रदेश सरकारले ‘कोभिड अस्पताल’को रुपमा अघि सारेको अस्पताल प्रदेशकै ठूलो अस्पताल पनि हो । यो अस्पताललाई कोरोना उपचार अस्पताल बनाई सकेपछि त, यहाँ उपचार गर्न आउने अरु बिरामीहरु स्वास्थ्य सेवाबाट बञ्चित हुदैन र ?
एउटा पक्ष त्यो पनि हो । तर, व्यवहारिक पक्ष के हो भने, कोभिडको पेसेन्ट आउने बित्तिकै त्यहाँ विभिन्न चिजको आवश्यकता पर्ने गर्छ । उदाहरणको लागि, कोभिडका बिरामीमा जटिलता बढ्दै गयो भने भेन्टिलेटरमा राख्नु पर्ने हुन्छ । आइसियुमा राख्नु पर्ने हुन सक्छ । भेन्टिलेटर र आइसियु भएको सरकारी अस्पताल भनेको गण्डकी अस्पताल नै हो । पोखरा स्वास्थ वि ज्ञान प्रतिष्ठान मात्रै हो । जुन, संघ सरकार र प्रदेश सरकार दुवै तहका सरकारले सोचेर, विचार गरेर मात्रै कोभिड अस्पतालको रुपमा घोषणा गरेका छन । हामी कहाँ पहिले नै केशेजहरु आउने, गर्भमेन्टले जनताको स्वास्थ्यको रक्षा गर्ने जिम्मेवारी हुँदाहुँदै, प्राइभेट अस्पतालमा लैजाउ, प्राइभेट मेडिकल कलेजमा देखाउ भन्ने भन्दा पनि हामी पहिलो लेभलमा, फ्रन्टलाइनमा बस्नुपर्छ । जुन सधै हुने गरेको छ । हाम्रा सरकारी स्वास्थ निकायले सधै । जब जब महामारि फैलिन्छ, स्वास्थ्यमा जतिबेला विभिन्न जटिलताहरु आउछन् । हाम्रा स्वास्थकर्मीहरु, हाम्रा स्वास्थ्य संरचनाहरुले पहिलो लाइनमा बसेर सेवा गरीरहेका छन् ।
मैले फेरि पनि अन्डरलाइन गरे, यो गण्डकी प्रदेशभरि सरकारी अस्पतालमा कही पनि आइसियुको सेवा छैन । र, कोभिडको केशमा आइसियुको व्यवस्था भएको अस्पताल चाहिन्छ । त्यसको लागि प्राइभेट अस्पताल भन्दा हामीले यो अस्पताल छानेको कारण हो । तपाईलाई थाहा छ, बागलुङको अस्पताल, जहाँ कोभिडका दुई बिरामी भेटिएका थिए । त्यहाँ तुरुन्त, केश देखिई सकेपछि, पहिलो भेन्टिलेटर राती पु¥यायौं । अर्को दोस्रो भेन्टिलेटर लग्यौं । काठमाडौंबाट दुईवटा मगायौं । आइसियुको व्यवस्था पनि ग¥यौं । गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ खर्च गरेर त्यहाँ आइसियू खडा गरेको छ । त्यसैलाई आधार बनाएर गण्डकी प्रदेश सरकाले सबै जिल्लामा आइसियुको व्यवस्था हुनुपर्छ भनेर नीतिगत निर्णय गरि सकेको छ । त्यसको लागि १४ करोेड लगानीको जरुरी छ । त्यसको लागि सरकार पनि तयार छ ।
अब, जिम्मेवारी स्वास्थकर्मीको हो । हाम्रो जिम्मेवारी के छ भने, जिल्लालाई चलायमान कसरी बनाउने ? जिल्लाका स्वास्थकर्मीलाई तालिमको व्यवस्था गरी तयार गर्ने अवस्था छ । र, हामी मानसिक रुपमा तयार हुन जिल्लासँग पनि समन्वय गरिरहेका छौं । प्रत्येक जिल्लाको ५ जना डाक्टरलाई तालिम दिने काम गर्यौ । दुई जना मेडिकल अफिसर, दुई जना नर्सिङ स्टाफ, एक जना एसिस्टेन्टलाई ल्याएर यहाँ ट्रेनिङ दिने काम गर्यौ । ताकी, कुनै केश देखियो भने जिल्लामै म्यानेज गर्न सकियोस् । त्यो गर्न सकियो भनेर यो कोभिड हस्पिटल भनेर गण्डकी अस्पताललाई तोकिएको छ । यसलाई व्यवस्थापन गर्न लोडहरु जिल्लामै मिलाउन सकिन्छ । सबै जिल्लाका केशहरु यहाँ ल्याउनै पर्दैन । त्यो ल्याउँदा पनि संक्रमण हुने डर बढी हुन्छ । त्यसकारण जिल्लामा देखिएको केश जिल्लामै हेर्ने हो । जिल्लामा आइसियूको व्यवस्था हुन सकोस् । भएका स्टाफलाई टे«निङ दिन सकियोस् । त्यसरी व्यवस्थापन गर्न सक्यौं भने केशलाई म्यानेज गर्न सकिन्छ भनेर हामीले भनिरहेका छौं ।
तपाईले भन्नु भयो गण्डकी अस्पताललाई कोभिड अस्पतालको रुपमा तोकियो । यो स्वभाविक निर्णय हो । गर्भमेन्ट अस्पताल । व्यवस्थित अस्पताल । यो हाम्रो पहिलो आइकन पनि हो । यो यति व्यवस्थित छ कि, खालि अस्पतालको रुपमा मात्रै नभएर यो एउटा एकेडेमीको रुपमा पनि छ । यहाँको प्रदेशकै जनशक्तिलाई हामीले ट्रेन्ड गर्ने हो । उहाँहरुलाई कुशल बनाउने ठाउँ हो । त्यसकारण, गण्डकी अस्पतालले यो महामारीलाई साँच्चिकै मौकाको रुपमा लिएर काम गर्दैछ । त्यसकारण, यो अस्पताललाई कोभिड अस्पताल बनाइयो । तपाईले भनेको अर्को पक्ष, यहाँबाट जटिल सेवा लिई रहेका बिरामीहरु छन्, उहाँहरुको लागि यहाँ मनिपाल छ, गण्डकी मेडिकल कलेज छ, फेवासिटी छ, मेट्रोसिटी छ, चरक अस्पताल छ । अरु थुप्रो प्राइभेट अस्पताल छन् । जहाँ हामीले सहकार्य गर्न सक्छौं । के सरकारी ? के प्राइभेट ? के मेडिकल ? के हस्पिटल ? सबै एकजुट भएर लागि परेका छौं । हामी एकसाथ छौं । कसैको दुई मत छैन ।
यति ठूलो अस्पताललाई कोभिड अस्पताल नबाइदिएको भए हुन्थ्यो भन्ने शुभचिन्ता हो । तर, हामी सबै एकाकार भएर, एउटै फेजमा काम गरिरहेका छौं । एउटै अभियानमा छौं । त्यसैले यहाँ धेरै समस्या हुँदैन ।
त्यो भए, कोभिड बाहेकका अन्य बिरामीको उपचार हुँदैनन् यहा ?
हैन, भईरहेका छन् । डायलाइसिसको उपचार भईरहेको छ । यदि, हामीले कोभिडको केश हेर्न थाल्यौं भने डायलाइसिस गर्ने बिरामीलाई हामी बाहिर लैजान्छौं । सुत्केरी गराउने सेवा, मातृ शिशु अस्पतालमा लैजान्छौं । अरु, विशिष्टि सेवा छन् । यहाँको अरु अस्पतालमा लैजान्छौं । जहाँ जनताले दुख पाउँदैनन् । जनताले सरकारी रेटमा बाहिर पनि सेवा हुनेगरी व्यवस्था गछौं । र, यो अस्पताललाई कोभिडको अस्पताल भनेर जसरी सरकारले तोकेको छ । त्यही मान्यता अनुसार हामीले काम अघि बढाउँछौं ।
कोभिड उपचारमा खटिनको लागि सरकारबाट कत्तिको सहयोग पाईरहनु भएको छ ?
संघ र प्रदेश सरकारको हिसाबले हेर्ने हो भने, अत्यन्तै एकाकार भएर काम भइरहेको छ । संघ सरकारबाट दैनिक सम्पर्कमा आइरहनु भएको छ । प्रदेश सरकारको हेर्ने हो भने प्रदेश सरकार स्वास्थ्यमा यो जस्तो अनप्रेसिडेन्ट, कहिले पनि नभएको हो । राम्रो इन्भायोर्मेन्ट भईरहेको छ । उदाहरणको लागि अहिलेसम्म गण्डकी अस्पतालमा बाहेक कुनै पनि जिल्लामा आइसियु थिएन । अहिले हन्ड्रेड पर्सेन्ट जिल्लामा आइसियू राख्ने भनेर गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । जसको लागि १४ करोड रुपैयाँ भन्दा बढीको लगानी लाग्छ । त्यसको लागि प्रदेश सरकार तयार छ । अब, हामीले गर्न मात्रै सक्नु प¥यो । हामीलाई कुनै समस्या छैन ।
कोभिड उपचारमा खटिने कर्मचारीको मनोबल उच्च राख्नको लागि गण्डकी प्रदेश सरकारले, संघ सरकारले जति दिएको छ । त्यसमा २५ पतिशत थप गरेको छ । विभिन्न लेभलमा काम गर्ने कर्मचारी हुनुहुन्छ । तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता दिने भनेको छ । चुनौतिपूर्ण काम गर्ने कर्मचारीलाई ७५ प्रतिशत दिने भएको छ । कोभिड संक्रमण भएको बिरामीलाई स्याहार गर्ने कर्मचारीलाई हन्ड्रेड प्रसेन्ट खाइपाइ आएको तलबबाट भत्ता दिने ब्यवस्था छ ।
स्वास्थ्यकर्मीलाई उपचार गर्ने क्रममा कोभिड लाग्यो भने त्यसको निशुल्क उपचार गर्ने कुरा छ । प्लस कसैको ज्यान गयो भने बिमाको रकममा ३० लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यति मात्रै होइन । गण्डकी प्रदेश सरकारले स्थानीय तहमा काम गर्नको लागि ५८ गाउँपालिकामा ५÷५ लाख रुपैयाँको राहत कोष उपलब्ध गराएको छ । गण्डकी प्रदेशमा कोही भोको पेट बस्न नपरोस् भन्ने उद्देश्यले ५८ गाउँपालिकामा ५÷५ लाख, २६ नगरपालिकामा १० लाख, महानगरपालिकामा १ करोड रुपैयाँ अनुदान दिएको छ । अर्को, जिल्लाका सुरक्षा निकाय, प्रशासनिक संरचनालाई दुरुस्त राख्न विशेष अनुदान दिएको छ । त्यही भएर गण्डकी प्रदेश सरकारले कोरोना उपचारको लागि जुन इन्भायोर्मेन्ट बनाएको छ । यो अत्यन्तै सह्रानिय छ । अरु प्रदेशहरुको लागि पनि यो नमु्ना बनेको छ ।
कोभिड टेस्ट गर्ने किटको अभाव भयो भन्ने पनि थियो । पाँच नम्बर प्रदेशबाट पनि कोरोना जाँच्न गण्डकी प्रदेशमा ल्याइने कुरा थिए । के छ यसको पछिल्लो अवस्था ?
तपाईलाई थाहै छ । यहाँ हामीले पिसिआर टेस्ट सुरु गरि सकेपछि, ७ सय २४ को नमुना संकलन गरेका छौं । ६८ वटा स्याम्पल गुल्मीको पनि कलेक्सन भएको छ । हामी कहाँ हुने टेस्टको विश्वसनीयता पनि राम्रो छ । हामी अत्यन्तै व्यवस्थित रुपमा परिक्षण गरिरहेका छौं ।
त्यही विश्वसनीय भएकै कारण पनि पाँच नम्बर प्रदेशले काठमाडौं नपठाएर हामी कहाँ पठाएको छ । त्यो हामीले टेस्ट गरेर पनि उहाँहरुलाइ रिजल्ट बताई सकेका छौं । अर्को, ७२४ मध्ये ६९५ जनाको हिजो बेलुकासम्मको रिपोर्ट नेगेटिभ आएको छ । २ जना संक्रमित भनेको बागलुङका हुन् । उहाँहरु निको भएर गई सक्नुभयो । र, २७ जनाको रिपोर्ट आउन बाँकी छ । यसरी हामीले अरु प्रदेशलाई पनि सपोर्ट गरिरहेका छौं । यो कोभिड विरुद्धको लडाईमा भलै हामीसँग टेस्टको किटमा कमि हुँदै गईरहेको छ । यो संक्रमणलाई रोकथाम गर्न गण्डकी प्रदेश मात्रै अघि हिडेर पुग्दैन । हामी सातै प्रदेशसँगै हिड्नुपर्छ ।
अत्यावश्यक क्षेत्रमा सरकारले लकडाउन खुकुलो त पा¥यो । तर, अनावश्यक भिडभाड पनि जम्मा भएको हामी देख्न सक्छौं । यो पनि एउटा खतराकै संकेत होइन र !
यो एक हिसाबले जोखिम त जोखिम नै हो । तर, सरकारको जिम्मेवारीको हिसाबले हेर्ने हो भने, लगभग ५० दिनको हाराहारीमा हामी लकडाउनमा छौं । यस्तो अवस्थामा जनताको चुल्होको अवस्था के छ ? मुख्यमन्त्री कार्यालयका कार्यक्रम पनि प्रभावित छन् । विकास निर्माणका काम ठप्प छन् । त्यसैले पनि अत्यन्तै सचेतनाका साथ गण्डकी प्रदेश सरकारले लकडाउन खुकुलो पारेको छ । प्रदेश छिर्ने नाकामा थप कडाई गर्ने, भित्र खुकुलो पार्ने ताकी निर्माण र अति आवश्यक क्षेत्रमा थोरै खुकुलोपना ल्याइयोस् । अलिकति सहजता क्रियट होस् भनेर यो सरकारले जिम्मेवारीपूर्ण निर्णय गरेको हो । तर, अहिले हामीले अत्यन्तै कन्सियस भएर पनि हेर्नुपर्छ । यसले कतै संक्रमण त निम्त्याउदैन ? सरकार पनि यसमा पूर्ण रुपमा सचेत छ ।
एकपटक निको भईसकेका बिरामीमा पनि कोभिड देखिन्छ भनेर भनिएको छ । हाम्रो प्रदेशमा पनि दुई जना संक्रमितहरु निको भएर घर फर्कि सक्नु भएको छ । उहाँहरुको अवस्था कस्तो छ ? स्वास्थ जाँच दोहो¥याएर भएको छ ?
कोभिड आफैंमा नयाँ प्रकृतिको रोग हो । त्यसैले पनि यसलाई नोवेल कोरोना भाइरस भनिएको छ । तथ्यांकहरु अझैसम्म पनि सतहमा आईसकेका छैनन् । वैज्ञानिकहरु यसको अध्ययनमा लागि रहेका छन् । कोभिड संक्रमण भई सकेपछि लङटर्म इफेक्ट के हुन्छ ? बच्चाबच्चिमा के हुन्छ ? ठूलो मान्छे, गर्भवतीमा के हुन्छ ? यो विषयमा धेरै कुराकानी पनि भईरहेका छन् । निको भई सकेका बिरामीमा पनि यो भाइरस देखिने कुरा छ । बागलुङको केशमा उहाँहरु घर फर्कि सकेपछि पनि हामीले भेरिफाई गरेका छौं । उहाँहरुमा त्यस्तो केही छैन ।
सम्भावित थप जोखिम विरुद्ध लड्न के कस्ता तयारी गरिरहनु भएको छ ?
स्वास्थ्यको हिसाबले हेर्दा मैले अघि पनि भनि सके, प्रत्येक जिल्लामा आइसियू बेड हुनुपर्छ भनेर सरकारले निर्णय गरेको छ । त्यसको लागि हामीले प्रत्येक जिल्लामा ५ जना स्वास्थकर्मीलाई तालिम दिदै छौं । तालिम लिईसकेका स्वास्थकर्मीलाई सपोर्ट गर्नको लागि प्रत्येक जिल्लाको लागि ५÷५ जनाको टिम बनाएका छौं । त्यो टिमले जिल्लालाई हेर्ने गर्छ । अर्को कुरा परिक्षणको दायरा बढाउनुपर्ने भनेको हुनाले पनि सरकारको त्यो सोचाइलाई कार्यान्वयनमा लैजाने चरणमा छ । अहिलेसम्म हामीले दुई दुई जनालाई तालिम दिने भनेका थियौं । अब हामीले एउटै जिल्लामा १० देखि २० जनासम्मको स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरेका छौं । अरु स्वास्थ्यकर्मीलाई पनि तालिम दिदै छौं । विभिन्न प्रोटोकलहरु बनाएका छौं । र, पोखरामा रहेका २४ जना विज्ञ डाक्टरहरलाई लिएर ११ वटै जिल्लामा पुगेर हामीले ट्रेनिङ दिएर आईसकेका छौं ।
आपूर्तिको अवस्था सुधार गर्दैछौं । टेस्टको अवस्था सुधार गर्दैैछौं । र, जिल्लामा आइसियूको अवस्था सुधार गर्दैछौं । अरु, थप तयारी के गर्नुपर्छ त्यो विषयमा पनि हामी बहस छलफल गर्दैछौं । अहिलेको अवस्थामा सबैलाई सूचना चाहिईरहेको छ । त्यो सूचना दिनको लागि प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक दिन पाँच वटा फम्र्याटमा सूचना उपलब्ध गराउदै आएको छ । प्रेस रिलिज निकाल्छौं । वेब पेज अपडेट गर्छाै । मोबाइल एपबाट सूचना जाकारी गराउँछौं । दिनभर भएका कामको समाचार पत्र पनि निकाली रहेका छौं । सबै नागरिकसामु सूचना पुगोस् भन्ने पनि हाम्रो उद्देश्यले काम गरिरहेका छौ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology