काठमाडौं, ७ जेठ – बुधबार थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। जसमध्ये पुरुष ३५८ र महिला ६९ जना छन्। बुधबार बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासीका संक्रमित छन्।
बुधबार संक्रमित हुने तीन वर्षीय बालकसहित ४८ वर्षीय पुरुषसम्म छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार सातजना महिला र १८ पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । यसरी पोजिटिभ देखिनेमा बाँकेका ६, धनकुटाका पाँच, कपिलवस्तुका १३ र नवलपरासी पश्चिमका एकजनामा संक्रमण देखिएको हो ।
प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडीटी ७५ हजार ७२ जनाको कोरोना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार चार सय ८८ र आरडीटी ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गरिएको छ। अहिलेसम्म नेपालमा क्वारेन्टाइनमा २३ हजार दुई सय २ जना छन्।
कोसी अस्पतालमा रहेका आठ जना पुरुषको पीसआिर नतितजा नेगेटिभ आएपछि २९ देखि ३३ दिनदेखि स्पतालमा रहेका डिस्चार्ज भउका छन्। डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ। मृतकको संख्या भने २ छ।





