शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थप ३० जनामा कोरोना संक्रमण, संख्या ४८७ पुग्यो

थप ३० जनामा कोरोना संक्रमण, संख्या ४८७ पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०७७, शुक्रबार

काठमाडौं, ९ जेठ– शुक्रबार बिहान थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन् । चितवनको भरतपुर महानगरपालिका–६ का ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टि भएको छ । बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३ र नवलपरासी सुस्ता पूर्वका एकजना छन् । उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म तीन जनाको मृत्यु भएको छ । यसैबीच, शुक्रबारै बाँकेका पहिलो कोरोना संक्रमितसहित २१ जना निको भएका छन् । उनीहरुको पछिल्लो कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->