शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो, शुक्रबार ५० थपिए

कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो, शुक्रबार ५० थपिए


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०७७, शुक्रबार

काठमाडौं, ९ जेठ– नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । शुक्रबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लोपटक बाँकेमा र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । बैतडीको शिवनाथका २२ वर्षीय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षीय पुरुष र कैलालीका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । यसैगरी, बाँकेमा १३ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरूमा कोरोना पोजेटिभ देखिएको हो । बाँके नरैनापुरका १३ जना र राप्तीका एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै, मोरङका ४१ वर्षीय पुरुषमा पनि पोजेटिभ देखिएको छ । यसैगरी, शुक्रबार एकैदिन २१ जना उपचारपछि घर फर्किएपछि नेपालमा कोरोना निको हुनेको संख्या ७० पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->