शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुग्यो

पछिल्लो पटक कोरोना संक्रमित भेटिने नयाँ जिल्ला नुवाकोटसँगै कोरोना संक्रमण फैलिएर ४२ जिल्लामा पुगेको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०७७, आइतबार

काठमाडौं, ११ जेठ– नेपालमा कोरोना संक्रमितहरुको संख्या ६ सय ३ पुगेको छ । आइतबार एकैदिन १९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । जस अनुसार पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुमा नयाँ संक्रमित भेटिएका छन् ।
यसैगरी, गुल्मीको मदानेमा पनि एकजना संक्रमित भेटिएका छन् । पछिल्लो पटक कोरोना संक्रमित भेटिने नयाँ जिल्ला नुवाकोट भएको छ । यससँगै कोरोना संक्रमण फैलिएर ४२ जिल्लामा पुगेको छ । ककनी गाउँपालिका–३ का एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षणका भएको थियो । जसमा अरुको रिपोर्ट नेगेटिभ आएपनि उनको पोजेटिभ आएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार, हालसम्म कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ८७ पुगेको छ । पछिल्लो पटक बुटवलबाट १० जना र पर्साको वीरगञ्जबाट ७ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->