शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एकैदिन थपिए ७२ बिरामी, संक्रमितको संख्या ६७५ पुग्यो

एकैदिन थपिए ७२ बिरामी, संक्रमितको संख्या ६७५ पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०७७, सोमबार

काठमाडौं, १२ जेठ– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणबाट सोमबार ७२ जना थपिएसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार, धनुषा, कपिलवस्तु, काठमाडौं, बारामा संक्रमित भेटिएका हुन् । काठमाडौंमा तीनजना कोरोना संक्रमित भेटिएका छन् । त्यसैगरी रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखमा नयाँ संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषा नगराइन नपरगापालिकाका ३ जना पुरुष, कपिलवस्तु शिवराज नगरपालिका ३ जना पुरुष, काठमाडौं टोखा र बुढानिलकण्ठका ३ जना पुरुष, बारा कलैया कोटवालीका २ जना पुरुष र रौतहट २६ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्ती डाक्नेश्वरी नगरपालिकाका २ जना पुरुषमा कोरोना देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बर्दिया बाँसगढीका १ जना र बाँकेका ४ जनामा कोरोना देखिएको हो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बारामा गडीमाईमा २१ जना पुरुषमा कोरोना देखिएको हो । त्यसैगरि भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका र ढुंगेश्वर गाउँपालिकिाका एक जना महिलासहित ५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै गुराँस गाउँपालिकामा २ जना पुरुषमा कोरोना देखिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->