काठमाण्डौ, १३ जेठ– नेपालमा ९० जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना संक्रमित थपिएका छन् । संक्रमितहरुमा रौतहट, जुम्ला, बारासहितका रहेका छन् । रौतहटमा मात्रै २० जना कोरोना संक्रमित थपिएका छन् । सिरहामा चारजना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा एकजना पुरुष संक्रमित भेटिएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा सातजनामा कोरोना संक्रमण देखिएको हो । पोखरामा गरिएको परीक्षणमा स्याङ्जा वालिङका दुईजनामा कोरोना संक्रमण पाइएको छ ।
सुर्खेतमा मात्रै १२ जना संक्रमित भेटिएका छन् । सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका ८ जनामा संक्रमण देखिएको छ । त्यस्तै भेरीगंगा र सिम्काबाट दुई दुईजना संक्रमित थपिएका छन् । यस्तै बाँकेको नेपालगञ्जमा पनि सातजना संक्रमित थपिएका छन् । बाँकेको डुढुवाबाट चारजना कोरोना संक्रमित भेटिएका छन् । राप्ती सोनारीमा पनि कोरोना संक्रमित भेटिएका छन् । दाङको राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पनि थप संक्रमित भेटिएका छन् । कपिलवस्तुको यशोधराका २४ जना संक्रमित भेटिएका छन् । त्यहाँ एक बालिकासहित २४ जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ जना पुगेको छ । यसबीचमा १५५ जना संक्रमित पनि उपचार गरेर घर फर्किएका छन् । हालसम्म ४६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।





