शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तनहुँमा पहिलो कोरोना संक्रमित

तनहुँमा पहिलो कोरोना संक्रमित

एकैदिन गण्डकीमा थपिए तीन जना, संक्रमितको संख्या २४ पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७७, आइतबार

पोखरा, १८ जेठ– गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङ्जाको गल्याङ नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैगरी तनहुँ जिल्ला, ऋषिङ गाउँपालिका ठेगाना भै सोहि गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका २८ वर्षका एक जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरुलाई अहिले सम्बन्धित जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ निर्देशनालायले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार बागलुमा ८ जना स्याङ्गजामा ७ जना म्याग्दी, लमजुङ र तनहुँमा एक एक जना नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ६ जना रहेका छन् । त्यस्तै ३ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->