काठमाण्डौ, १८ जेठ– आईतवार देशभरका बिभिन्न प्रयोगशालामा भएका परीक्षणमा १ सय ६६ जनामा कोरोना भाईरसको संक्रमण रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत उनीहरुमा कोरोना पुष्टि भएको जानकारी गराएको हो । नेपालका कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतवार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट थपिएका छन् ।





