शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तीव्र गतिमा फैलिँदै कोरोना, सोमबारै थपिए २२६ संक्रमित

तीव्र गतिमा फैलिँदै कोरोना, सोमबारै थपिए २२६ संक्रमित

नेपालमा संक्रमितको संख्या १७९८ पुग्यो, २२१ जना उपचारपछि घर फर्किए


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७७, सोमबार

काठमाण्डौ, १९ जेठ– पछिल्लो केही दिन यता सार्वजनिक भएका तथ्यांकहरुले नेपालमा कोरोना संक्रमणको गति तिब्ररुपमा फैलिएको देखाएका छन् । नेपालमा सोमबार २२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका छन् । पछिल्लो एक सतायता दैनिक तीन अंकको बृद्धि देखिन थालेको हो । देवकोटाका अनुसार सोमबार थपिएका नयाँ संक्रमितहरुमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । नयाँ संक्रमितहरुमा एक वर्षीया बालिकादेखि ६५ वर्षीयसम्म रहेका छन् ।
कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापा बाह्रदशीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशलामा पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका तीनजना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ आएको छ । जसमा अधिकांश दैलेखका रहेका छन् ।
प्रदेश अस्पताल तथा पशुपंक्षी प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका १६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी सल्यानको बनगाड कुपिण्डेका १० जनामा संक्रमण देखिएको छ । त्यसैगरी सल्यानको बनगाड कुपिण्डेका १० जनामा संक्रमण देखिएको छ । त्यस्तै सुर्खेतका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ । धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा २० जनाको पोजेटिभ आएको छ । जसमा कपलिवस्तुका २ छन् । रौतहटका १७ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जना पोजेटिभ आएको छ । जसमा सातैजना बाँके डुढुवाका पुरुष रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । तुलसीपुर उपमहानगरपालिकाका ५ जनासहित नौजनामा संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा धनुषा धननौजीका ४ जना, हंसपुरका २ जना र प्रदेश अस्पतालका १ जना रहेका छन् ।
त्यसैगरी शिवराज कपिलवस्तुका १२ जनामा संक्रमण पुष्टि भएको छ । कपिलवस्तुकै हरिहरपुरका ८ जनामा संक्रमण देखिएको छ । कपिलवस्तुकै महाराजगञ्जका २ जनामा पनि कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको रंगिलाल माविका ११ जनालाई कोरोना पुष्टि भएको छ ।
त्यसैगरी कपिलवस्तु चन्द्रौटा माविका ३ जना र अन्य दुईजनाम पनि संक्रमण देखिएको छ । महोत्तरीका २ जना, मकवानपुरका १ जना, सर्लाहीको जनमावि क्वारेन्टाइनका ५ जना महिलामा पनि संक्रमण देखिएको छ । त्यसैगरी सर्लाही जनता मावि क्वारेन्टाइनमा का ३३ जनामा संक्रमण पुष्टि भएको छ ।
सिरहाको सूर्यनारायण माविका ५ जनामा पनि कोरोना देखिएको छ । त्यस्तै सेती अस्पतालमा १८ जना पोजेटिभ भेटिएका छन् । जसमा अछामकी १ वर्षीया बालिका पनि छन् । त्यसैगरी कैलालीका १४ जना संक्रमित छन्। जसमा तीन महिला पनि छन् । बैतडीका १ जना, डोटीका १ जना र कञ्चनपुरका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->