शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भारतबाट आएका पर्वतका ५ जना कोरोना संक्रमित

भारतबाट आएका पर्वतका ५ जना कोरोना संक्रमित


  • Dhorpatan News
  • जेष्ठ २० २०७७, मंगलबार
पर्वत, २० जेठ – पर्वत जिल्लामा पनि पहिलो पटक कोभिड १९ को संक्रमण भएको पुष्टी भएको छ । भारतबाट उद्धार गरी ल्याइएका ५ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएपछि छिमेकी जिल्ला बागलुङ र म्याग्दीमा कोरोना संक्रमितहरु भेटिँदा पनि सुरक्षित रहेको पर्वत समेत संक्रमित भएको हो । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतबाट उद्धार गरेर ल्याएपछि सदरमुकाम कुस्माको क्वारेन्टाईनमा राखिएकाहरुमा कोरोना संक्रमण रहेको पुष्टी भएको हो ।संक्रमण भएकाहरुमा फलेवास नगरपालिकाका २ जना र महाशिला गाउँपालिकाका ३ जना रहेका छन् । संक्रमितहरु सबै जना पुरुष हुन भने उनीहरु १९ देखि ४० बर्ष उमेर समूह भित्रका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा. देवकोटाले बताएका छन् ।
उनीहरु सबै जनालाई सदरमुकाम कुस्मा बजार स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्थापना गरिएको पर्वत कोरोना अस्पताल (अस्थायी) को आईसोलेटेड हलमा राखेर उपचार गरिने छ । डा. देवकोटाका अनुसार पाँचै जनालाई पर्वत कोरोना अस्पतालमा लैजाने तयारी भइरहेको छ । कोरोना परीक्षणको लागि पछिल्लो पटक स्वाब लिइएका ३९ जनाको समूहमा कोरोना संक्रमणको पुष्टी भएको हो ।
पर्वतमा नयाँ संक्रमितहरु भेटीएपछि देशका ६० जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->