काठमाण्डौ, २१ जेठ– पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । बुधबार तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा पहिलो पटक कोरोना देखिएसँगै देशभर ६४ जिल्लामा कोरोना संक्रमण पुगेको छ । संक्रमित मध्ये अधिकांश पुरुष रहेको मन्त्रालयका प्रबक्ता विकास देवकोटाले बताए । जसमध्ये २ हजार १ सय ३० पुरुष र १ सय ७० जना महिला रहेका छन् ।





