काठमाण्डौ, २४ जेठ– नेपालमा शनिबार एकै दिन ३२३ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या तीन हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यस कुराको जानकारी दिएका हुन् । यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ। हालसम्म देशका ७० जिल्लामा कोरोना फैलिएको छ । मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितहरुमा ३७ जना महिला रहेका छन् ।





