शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आइतबार २१३ संक्रमित थपिए, संख्या ३४४८ पुग्यो

आइतबार २१३ संक्रमित थपिए, संख्या ३४४८ पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७७, आइतबार

काठमाडौं, २५ जेठ– आइतवार देशभर कोरोना भाइरसका २१३ जना बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमितहरुको विवरण सार्वजनिक गरेका हुन् ।  यससँगै देशभर संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । देवकोटाका अनुसार पछिल्लो पटक १०२ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४६७ पुगेको छ ।  हालसम्म देशभरका ७१ जिल्लामा कोरोना फैलिएको छ । क्‍वारेन्टाइनमा पनि एक लाखभन्दा धेरै मानिसहरु रहेका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तेह्र पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->