काठमाण्डौ, २७ जेठ– नेपालमा मंलवार सम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंलवार कोरोना पुष्टि भएकाह ३ सय २३ जनामा केही अहिले सम्म कोरोना संक्रमण नदेखिएका जिल्लाका समेत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलवार ३ सय २३ जनामा कोरोना संक्रमण रहेकोबारे बताइएको छ। थपिएका चितवन, धादिङ बागलुङ म्याग्दी तथा धनुषालगायत जिल्लाका छन् ।





