शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण

नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण

गण्डकीमा संक्रमितको संख्या १९२ पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७७, शुक्रबार

पोखरा, ३० जेठ– गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणका क्रममा नवलपरासी जिल्लाको सुस्ता पुर्वमा थप ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपरासी सुस्तापुर्व हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १८, ३२, ५८ र ५९ का ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ निर्देशनलयले जनाएको छ ।
संक्रमितहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको छ ।
शुक्रबार बिहान मात्रै गण्डकीमा ३७ जनामा संक्रमण देखिएको थियो । गण्डकी प्रदेशमा स्याङजामा ६० जना, बागलुङ जिल्लामा ४० जना, नवलपुरमा ४२ जना, गोरखामा १५ जना, पर्वतमा २२ जना, कास्कीमा ५ जना, तनहुँमा चार जना, म्यादीमा तीन जना र लमजुङमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ एउटा पनि संक्रमित व्यक्ति देखिएका छन्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->