शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

क्वारेनटाइन लैजाँदै गर्दा भिरबाट हाम फालेका व्यक्तिको रिपोर्ट नेगेटिभ

क्वारेनटाइन लैजाँदै गर्दा भिरबाट हाम फालेका व्यक्तिको रिपोर्ट नेगेटिभ


  • ढोरपाटन संवाददाता
  • असार २ २०७७, मंगलबार

पर्वत, २ असार– क्वारेनटाइनमा राख्न लैजाँदै गर्दा भिरबाट हाम फालेका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बागलुङको बागलुङ नगरपालिका १३ पैयूँपाटा घर भएका ३९ वर्षीय चन्द्रबहादुर नेपालीको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो ।
भारतबाट नेपाल फर्किने क्रममा सुनौलीबाट लु २ ख ४२२० नम्बरको गाडीमा गृह जिल्ला बागलुङको क्वारेन्टाइनतर्पm लैजाँदै गरेको अवस्थामा नेपालीले सोमबार बिहान ६ बजे पर्वतको कुस्मा नगरपालिका ८ चुवा स्थित पोखरा बागलुङ सडक खण्डबाट हाम फालेका थिए । सडकबाट झण्डै ६० मिटर तल पुग्दा टाउकोमा गम्भीर चोट लागेका उनलाई पर्वत अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी हस्पिटलमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । बाटोमै निधन भएका उनमा कोरोना सङ्क्रमण रहे नरहेको पत्ता लगाउन पोखरा नै लगेर स्वाब सङ्कलन गरी परीक्षणका लागि सोमबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा मङ्गलवार उनमा कोरोना सङ्क्रमण नरहेको पुष्टि भएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।
चुवामा आइपुगेपछि गाडिका चालकले सडकको अवस्थाका कारण अगाडी जान नसक्ने भनी गाडी रोकेको मौकामा नेपालीले बाहिर निस्केर भिरबाट हाम फालेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->