काठमाण्डौ, ११ असार– कोभिड–१९ संक्रमणबाट बिहिबार थप एक जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको हो । अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको जिल्ला जनस्वास्थ्य ललितपुरका प्रमुख खगेश्वर गेलाले बताए । चितवन घर भएका उनी ललितपुरको महालक्ष्मी स्थानमा बस्दै आएका थिए । मिर्गौला प्रत्यारोपण गरिएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा राखेर उपचार हुँदै आएको थियो । शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।





